मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Wednesday, January 4, 2012

Friday, December 23, 2011

Facebook Smileys/Emoticons code

तलको कोड फेसबुक स्माइलीज कोड हो । जसलाई तपाई फेसबुकको च्याट बक्समा टाइप गरि ढुक्कसँग आफ्नो मनोभावना व्यक्त गर्न सक्नुहेनेछ ।
                   तालिकालाई ठूलो पारि हेर्नको लागि त्यसैमा (तालिकामै) क्लिक गर्नुहोला...

Saturday, December 3, 2011

गोत्रहररू

    गोत्र मानिसहरुको वास्तविक कुल छुट्याउने एउटा भरपर्दो आधार हो । नेपालमा र भारतमा हिन्दूहरु धर्मावलम्बीहरुको संख्या अत्याधिक छ । तिनीहरु आफू विभित्र ऋषिमुनीका सन्तान भएको कुरामा पनि त्यत्तिकै विश्वास गर्दछन् । त्यसैले उनीहरुका थरहरू पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित विभित्र गोत्रमा बाँडिएका हुन्छन् । हिन्दूसंस्कृति अनुसार एउटै गोत्रका थरबीच बिहावारी गर्न उचित ठानिँदैन । नेपालमा चाहीँ खास गरि बाहुन तथा क्षेत्री जातका मानिसहरू बाहेक अरूले आफ्नो गोत्रको खासै परवाह गरेको भने पाइँदैन ।

Tuesday, November 29, 2011

तपाईंको उमेर कति भो ?

    हुन त तपाईलाई आफ्नो उमेर थाहै छ होला । तपाईं आफ्नो उमेर वर्षमा त भन्न सक्नु हुन्छ होला तर तपाईलाई महिना, दिन, घण्टा, मिनेट, सेकेण्ड चाहीँ भन्न निकै गाह्रो पर्छ है । तर धन्दा नमान्नुस्, त्यसको लागि तल दिइएको सफ्टवेयर प्रयोग गर्न सक्नुहुन्छ ।

Monday, November 14, 2011

कम्प्युटर भिजन सिन्ड्रोम (CVS)

   वर्तमान युग विज्ञान, प्रविधि र सूचनाको युग हो । विज्ञानले विभिन्न क्षेत्रमा गरेको आशातीत प्रगतिले यस युग सुविधासम्पन्नयुक्त बन्न पुगेको छ । द्रुतदर र अकल्पनिय वैज्ञानिक विकासक्रमले विशेषगरी सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व सफलता हात लगेको छ । यसै कारण अहिले विश्व दिनप्रतिदिन साँघुरिदै गएकोमा कसैको दुईमत छैन । सूचना प्रविधिको क्षेत्रमा भएको यस किसिमको आश्चर्यजनक अपलब्धीहरुमध्ये कम्प्युटर सर्वश्रेष्ठ उपलब्धी हो भन्दा अत्युक्ति नहोला । आज कम्प्युटरको प्रयोग विश्वको कुन क्षेत्र वा कुनामा नभएको होला र ? कम्प्युटरको यत्र तत्र सर्वत्र प्रयोगले हाम्रो देश नेपाल आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा पछि परे पनि सूचना प्रविधिको क्षेत्रमा कमजोर छैन । किनकि आज कम्प्युटरको प्रयोग  नेपालका कुन सरकारी, गैह्सरकारी र निजि संघसंस्थामा प्रयोग भएको छैन र ? वित्तिय, स्वास्थ्य, व्यापारिक, शैक्षिक संस्थादेखि लिएर यसको प्रयोग नितान्त निजि काममा समेत भएको छ । त्यसैले नेपाल प्रविधिको विश्वव्यापीकरणको प्रभावबाट कत्ति पनि अछुतो छैन । 

Sunday, October 23, 2011

के तपाईको पासवर्ड सुरक्षित छ ?

   हिजोआज साइबर अपराधका घटनाहरु दिनानुदिन तीब्र गतिमा बढ्दै गइरहेका छन् । जसको उदाहरण विभिन्न पत्रपत्रिकाहरुमा दिनहुँ छापिएका छन् । अहिले बैंक तथा वित्तीय संस्थाका अनलाइन कारोबार, व्यक्तिगत इमेल र सामाजिक सञ्जाल साइटमा प्रयोग हुने पासवर्ड ह्याकरहरूको निशानामा परेका छन् । नेपालमा ई–कारोबार र सामाजिक सञ्जालको प्रयोगमा वृद्धि सँगसँगै प्रयोगकर्ताहरू पासवर्ड चोरीको नराम्ररी शिकार बन्दै आएका छन् । यसरी पासवर्ड चोरी भएको अवस्थामा कतिपयको नैतिक, भैतिक र आर्थिक क्षति समेत भएको छ । अन्य भौतिक सामानहरुको चोरीको सम्बन्धमा त पुलिसले उजरी दर्ता गर्ला तर पार्सवर्ड चोरीको बारेमा पुलिसलाई तालिममा केही कुरा पनि सिकाइएको हुँदैन । त्यसैले काठमाडौँको हनुमानढोका पुलिस चौकीमा रहेको आइटी सेल बाहेकले नेपालमा पार्सवर्ड चोरी भएको उजुरी समेत दर्ता गर्दैन ।
   विशेषगरी नेपाली सेलिब्रेटी र असफल प्रेमिकाहरु यसप्रकारको अपराधबाट अत्यन्तै प्रताडित छन् । यस्ता अपराधहरुबाट कति ठगिएका छन्, कति बेइज्जतीको शिकार भएका छन् भने कति त आत्महत्या गर्न समेत बाध्य भएका छन् । गलत सूचना र विवरण सम्प्रेषण गरी सम्बन्धित व्यक्तिको चरित्रहत्या गर्ने उद्देश्यले पनि कैयौँ यस्ता अपराध हुने गरेका छन् । त्यसैले बेलैमा होस पुर्‍याउनुहोस् कतै तपाईको पासवर्ड पनि असुरक्षित त छैन।

Monday, September 19, 2011

युनिकोड नेपाली (Roman 2 Unicode)

DOCTYPE html> प्रीति टु युनिकोड कन्भर्टर

प्रीति टु युनिकोड कन्भर्टर



युनिकोड नेपाली (Virtual Keyboard)

यो अनलाइन भर्चुअल किबोर्ड सफ्टवेयर हो, जसमा नेपाली युनिकोडमा अक्षरहरू लेखिन्छन् । जुन प्रयोग गर्न अति नै सरल छ ।  त्यसैले यसलाई कुनै पनि मिडिया, ब्राउजरहरूमा इमेलिङ्ग(emailing) र च्याटिङ्ग(chatting) तथा अन्य प्रयोजनमा उपयोग गर्न सकिन्छ ।

यसलाई कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा

Sunday, September 18, 2011

नेपाली युनिकोड (Preeti 2 Unicode)

यो अनलाइन नेपाली युनिकोड कन्भर्टर सफ्टवेयर हो, जुन प्रयोग गर्न अति नै सरल छ । यस सफ्टवेयरले Preeti, Sagarmatha, Kantipur, ... जस्ता थुप्रै नेपाली फन्टहरूमा लेखिएका अक्षरहरूलाई नेपाली युनिकोडमा परिवर्तन गर्दछ । त्यसैले यसलाई कुनै पनि मिडिया, ब्राउजरहरूमा इमेलिङ्ग(emailing) र च्याटिङ्ग(chatting) तथा अन्य प्रयोजनमा उपयोग गर्न सकिन्छ ।

यसलाई कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा

नेपाली युनिकोड (Romanized 2 Unicode)

DOCTYPE html> प्रीति टु युनिकोड कन्भर्टर

प्रीति टु युनिकोड कन्भर्टर



Saturday, September 17, 2011

GPRS Configuration Manual

GPRS (General Packet Radio Service) offer 'always-on', higher capacity, Internet-based content and packet-based data services. GPRS enables services such as Internet browsing, e-mail on the move, multimedia messages. GPRS offers complete solutions through which you can always stay online and get connected with family, friends. 

How to Access GPRS?
Following are the pre requisites to utilize GPRS on your handset

1. GPRS compatible handset or mobile devices
2. Service activated on your mobile number
3. Respective handset / mobile GPRS settings on your handset  

Thursday, September 15, 2011

नयाँ लोड सेडिङ्ग तालिका

नेपाल विद्युत  प्राधिकरणले मिति २०६९÷१०÷१० गते बुधबारदेखि अघोषित रुपमा कम कम गर्दै आएको लोड सेडिङ्ग अब मिति  २०६९/१० /२१  गते  आइतबारदेखि लागू हुने गरी नयाँ लोड सेडिङ्ग तालिका प्रकाशित गरेको छ । उक्त तालिका अनुसार अब दिनको १२ घण्टा लोड सेडिङ्ग हुने भएको छ ।

Load Shedding Schedule  यसप्रकार छ :-
तालिकालाई ठूलो पारि हेर्नको लागि त्यसैमा (तालिकामै) क्लिक गर्नुहोला...
नेपाल विद्युत प्राधिकरणले नयाँ लोड सेडिङ्ग तालिका प्रकाशित गर्ने बित्तिकै माथिको तालिकालाई पनि नियमित अपडेट गरिनेछ...

Wednesday, September 14, 2011

कक्षा १२ को परीक्षाफल प्रकाशित

गत वैशाखमा सञ्चालित कक्षा १२ अर्न्तगतका व्यवस्थापन, मानविकी र शिक्षाशात्र संकायको परीक्षाफल आज प्रकाशित भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार यस वर्ष ४५.५६% विद्यार्थी उत्तीर्ण भएका छन् । परिषद्का अनुसार नियमिततर्फ २ लाख ३६ हजार ३ सय ३२ विद्यार्थीमध्ये एक लाख ५६ हजार ४ सय २५ विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिकतर्फ  भने १ लाख १२ हजार ६ सय ५९ विद्यार्थीमध्ये ५० हजार ४ सय ८२ उत्तीर्ण भएका छन् । यस वर्षको उत्तीर्ण प्रतिशत चाहीँ गत वर्षकोभन्दा ४.५६ प्रतिशत बढी हो ।

Thursday, September 8, 2011

"वासु स्मृति दिवस"

   माओवादी जनयुद्घको मोर्चामा नेतृत्वदायी भूमिका बहन गर्ने क्रममा उच्चतहको शहादत प्राप्त बैकल्पिक पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले (वासु) को विशेष सम्मानमा १२ औँ "वासु स्मृति दिवस" यहि भाद्र २३ गते शुक्रबार ऐतिहासिक जिल्ला गोरखाको हरमटारी स्थित खेलकुद मैदानमा हुन गइरहेको छ ।  उक्त स्मृति सभालाई सम्बोधन गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष, तीन उपाध्यक्ष र महासचिव सहित ५ जना उच्चतम् पदाधिकारी उपस्थित हुने बिशेष कार्यक्रम पनि  तय भएको  छ ।

Thursday, September 1, 2011

हार्दिक बधाई



 नेपालका ३५ औँ प्रधानमन्त्री एवम् गणतन्त्र नेपालका चौथो प्रधानमन्त्री बन्न सफल  डा. बाबुराम भट्टराईलाई हार्दिक बधाई तथा कार्यकालको पूण॑ सफलताको शुभकामना !

Monday, August 8, 2011

नेपाली fonts

अहिले नेपाली भाषाका धेरै फन्टहरू (fonts) बनिसकेका छन् । तीनै नेपाली भाषाका फन्टहरू मध्ये केही फन्टका डाउनलोड लिङ्क तल दिइएको छ । त्यसैले आफूलाई चाहिएको तलको फन्टमा क्लिक गरि तपाईले आवश्यक फन्ट एकै क्लिकमा Download गर्न सक्नुहुनेछ । याद गर्नुहोस् तलका फन्टहरू मध्ये प्रिति, सगरमाथा, कान्तिपुर ... सर्वाधिक लोकप्रिय फन्टहरू हुन् ।

Aakar                           Aakriti                        Amrit Kuriti                   Annapurn Regular    
Annapurna Plain           ARAP11                    Bahunbad                     Bhaktapur Regular
DevanagariBoldR         Devanagari                 Everest                         Gauri Regular
Gorkhali Normal          Gorkhapatra               Himalayabold Regular    Himali Fontasy
Himallbold Regular       Himalli Regualr           Himal                             Himchuli Bold    
Kanchan Regular          Kanchan                    Kanjirowa                     Kantipur In Preeti
Kantipur Regular          Kasturi                       Kathmandu Regular      Lakshmi Regular
Makalu Regular            Mangal Bold               Preeti Heavy                  Preeti
Rukmini Regular         Rukminibold                 Rukmini                        Sagarmatha Reg.   
Sama                           Sudarshan                   SuDaR                         Surya
Suryodaya                   Urbashi                       Urmila 

Monday, July 18, 2011

Love Meter : Check your Love

"तपाई अरूलाई कति माया गर्नुहुन्छ ?" त्यो त तपाईलाई नै थाहा होला । तर "अरूले तपाईलाई कति माया गर्छन् ?" त्यो भने थाहा नहुन पनि सक्छ है । तसर्थः अरूले आफूलाई कति माया गर्दा रहेछन् भन्ने कुरा थाहा पाउन तलको Love Meter Test बाट गर्नुहोस् ।

Saturday, June 25, 2011

मेरो पढ्ने कोठा (निबन्ध)

      सामान्यतयाः अध्ययनका लागि अध्येताले शान्त ठाउँलाई रुचाउँछन्, एकान्त मन पराउँछन्, सुनसान ठाउँ चाहन्छन्। तर विद्यालयीय जीवनमा गरिने अध्ययनका लागि भने एकान्त नै चाहिन्छ भन्ने छैन। स्वाध्ययनका लागि भने एकान्त सबैको रोजाइ बन्न सक्छ। मलाई पनि विद्यालय र विश्वविद्यालयमा भर्ना भएर अध्ययन गर्दा एकान्तको जरुरत नभएपनि स्वाध्ययनका लागि भने एकान्तै मन पर्छ। त्यसैले मैले आफ्नो ज्ञानको भोक र सोखले गर्दा अध्ययनका लागि एउटा बन्ध तर शान्त कोठाको व्यवस्था गरेको छु। जहाँ धेरै वसन्त बिताएको पनि छु। त्यहीँबाट कनिकुथी गरेरै भएपनि आफ्नो ज्ञानको भोक र सोख तृप्ति गर्ने गरेको छु। जसलाई म मेरो पढ्ने कोठा भन्न चाहन्छु। 

Thursday, June 23, 2011

नेपाली अक्षरका कि(key)हरू

के तपाईलाई नेपाली अक्षरमा टाइप गर्न आउँछ ? हजुर यदि आउँदैन भने तलको कि(key) हेर्नुहोस् अनि मज्जाले प्रिति फन्ट(preeti Font) प्रयोग गरी नेपाली अक्षरमा टाइप गर्नुहोस् ।

 आकार, इकार, उकार, ओकार, औकार, एकार, रेफ, शिरविन्दु, चन्द्रविन्दु र विर्सगहरू :
 f  =  F
{  =  Shift + [
  m  =  M
   ]  =  ]
 }  =  Shift + ]
 f]   =   F + ]
f} = F + Shift + ]
 F  =  Shift + F
 +  =  Shift + =
 M  =  Shift +M
  l   =  L
 L  =  Shift + L
  '   =   '
  "   = Shift + '
   [  =   [


Monday, June 20, 2011

एसएलसीको परीक्षाफल प्रकाशित

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष चैत १० देखि १८ गतेसम्म लिएको एसएलसीको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष २ लाख ३० हजार ४ सय ९९ जना परीक्षार्थी उतिर्ण भएका छन् ।
जसमध्ये नियमिततर्फ– ५५.५% अर्थात २ लाख २० हजार ७ सय ६६ परीक्षार्थी उतिर्ण भएका छन् । यो गतवर्षको तुलनामा ८ दशमलव ८१ प्रतिशत कम हो ।