मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Thursday, November 29, 2012

एसएलसी (2069) को समयतालिका प्रकाशित

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले २०६९ सालको एसएलसी परीक्षा (नियमित तथा एक्जेम्टेड) को समयतालिकासम्बन्धी सूचना प्रकाशित गरिसकेको छ । उक्त परीक्षाको तालिका यसप्रकार छ :
SLC Exam Routine - 2069
Exam Time :- 8:00am – 11:00am                                                                                               
Date
Day
Subjects
2069/12/01
Thursday
English
2069/12/02
Friday
Nepali
2069/12/04
Saturday
Math
2069/12/05
Monday
   Science 
2069/12/06
Tuesday
Social Studies
2069/12/07
Wednesday
EPH
2069/12/08
Thursday
Opt. I
2069/12/09
Friday
Opt. II

नोट : परीक्षासम्बन्धी कुनै कुरा स्पष्ट नभएमा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी (नोटिस बोर्ड नम्बर : १६१८०१६६३११४६, अथवा फोन नम्बरहरु ६६३०७३९, ६६३०८१९, ६६३००७०, ६६३११४६) मा सम्पर्क गर्न सकिनेछ । यो विवरण यहाँ  पनि हेर्न सकिनेछ ।

Tuesday, July 10, 2012

विशेष परीक्षा(Special Curriculum 2069)को परीक्षाफल प्रकाशित

उच्च माध्यमिक शिक्षा परिषदले १० महिने तालिमप्राप्त झण्डै १८ हजार शिक्षकका लागि तयार पारिएको विशेष पाठ्यक्रमको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । उक्त परीक्षा २०६८ कात्तिक १७ देखि २३ गतेसम्म भएको थियो । 
सरकारले एसएलसी मात्रै उत्तीर्ण गरी १० महिने तालिम लिएका शिक्षकहरुलाई छोटो र सहज प्रकि्रयाबाट कक्षोन्नती गर्ने भन्दै २०६५ सालबाट विशेष पाठ्यक्रम र कक्षाको व्यवस्था गरेको थियो । त्यतिवेला शैक्षिक जनशक्ति विकास केन्द्रको पहलमा १० महिने तालिमप्राप्त शिक्षकलाई कक्षा ११ को मान्यता दिदैँ कक्षा १२ को मात्रै परीक्षा दिए पुग्ने व्यवस्था गरेको थियो ।

Wednesday, June 13, 2012

एसएलसी (2068) को परीक्षाफल प्रकाशित

Pls dial 1600 (NTC SLC Result inquiry system) ! 
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष चैत ७ देखि १६ गतेसम्म लिएको एसएलसीको परीक्षाफल आज प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष   १ लाख ९७ हजार ६ सय ३८  जना परीक्षार्थी उतिर्ण भएका छन् ।
जसमध्ये नियमिततर्फ–  ४७.१६ % अर्थात् १ लाख ९७ हजार ६ सय ३८   परीक्षार्थी उतिर्ण भएका छन् । यो गतवर्षको तुलनामा  ८.३४  प्रतिशत कम हो ।
नियमिततर्फ विशिष्ट श्रेणीमा–  १७ हजार ७ सय ६०,
                       प्रथम श्रेणीमा–  ७७ हजार २५७,
                       द्धितीय श्रेणीमा–  ९३ हजार ८३०  र
                       तृतीय श्रेणीमा–  ८ हजार ७९१  जना उतिर्ण भएका छन् ।

यसैगरी यसवर्ष आंशिकतर्फ  १० हजार ५ सय ९५  अर्थात्  १३.७०  प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन् ।

Thursday, January 12, 2012

दरौंदी मोटरेवल पुलको निर्माण कार्य सम्पन्न

विगत चार वर्ष अघि देखि गोरखा नगरपालिकाको छेवेटार र खोप्लाङ गाविस जोड्ने  एक मात्र निमार्णधिन दरौंदी मोटरेवल पुलको निर्माण कार्य  हालै मात्र सम्पन्न भएपछि गत शुक्रबार दिउँसो गोरखा क्षेत्र नं. २ का सभासद् समेत रहेका प्रधानमन्त्री डा. बावुराम भट्टराईले पहिले रिवन काटेर र त्यसपछि आफ्नो मुस्ताङ म्याक्स गाडी पुल माथी ओहोर दोहोर गराएर उद्घाटन गरेका छन् । पुलको उद्घाटन सँगै उक्त पुल सवारि साधन आवत जावतका लागी पनि शुक्रबारबाटै खुला गरिएको छ । २०६५ जेठबाट निर्माण कार्य शुरु भएको गोरखा सदरमुकाम र पश्चिमी क्षेत्र नं. २ लाई जोड्न दरौंदी नदि माथि बनेको उक्त पुलको लम्बाई ८७ मिटर लामो छ ।

Thursday, September 15, 2011

नयाँ लोड सेडिङ्ग तालिका

नेपाल विद्युत  प्राधिकरणले मिति २०६९÷१०÷१० गते बुधबारदेखि अघोषित रुपमा कम कम गर्दै आएको लोड सेडिङ्ग अब मिति  २०६९/ /  गते  आइतबारदेखि लागू हुने गरी नयाँ लोड सेडिङ्ग तालिका प्रकाशित गरेको छ । उक्त तालिका अनुसार अब दिनको १२ घण्टा लोड सेडिङ्ग हुने भएको छ ।

Load Shedding Schedule  यसप्रकार छ :-
तालिकालाई ठूलो पारि हेर्नको लागि त्यसैमा (तालिकामै) क्लिक गर्नुहोला...
नेपाल विद्युत प्राधिकरणले नयाँ लोड सेडिङ्ग तालिका प्रकाशित गर्ने बित्तिकै माथिको तालिकालाई पनि नियमित अपडेट गरिनेछ...

Wednesday, September 14, 2011

कक्षा १२ को परीक्षाफल प्रकाशित

गत वैशाखमा सञ्चालित कक्षा १२ अर्न्तगतका व्यवस्थापन, मानविकी र शिक्षाशात्र संकायको परीक्षाफल आज प्रकाशित भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार यस वर्ष ४५.५६% विद्यार्थी उत्तीर्ण भएका छन् । परिषद्का अनुसार नियमिततर्फ २ लाख ३६ हजार ३ सय ३२ विद्यार्थीमध्ये एक लाख ५६ हजार ४ सय २५ विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिकतर्फ  भने १ लाख १२ हजार ६ सय ५९ विद्यार्थीमध्ये ५० हजार ४ सय ८२ उत्तीर्ण भएका छन् । यस वर्षको उत्तीर्ण प्रतिशत चाहीँ गत वर्षकोभन्दा ४.५६ प्रतिशत बढी हो ।

Monday, June 20, 2011

एसएलसीको परीक्षाफल प्रकाशित

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष चैत १० देखि १८ गतेसम्म लिएको एसएलसीको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष २ लाख ३० हजार ४ सय ९९ जना परीक्षार्थी उतिर्ण भएका छन् ।
जसमध्ये नियमिततर्फ– ५५.५% अर्थात २ लाख २० हजार ७ सय ६६ परीक्षार्थी उतिर्ण भएका छन् । यो गतवर्षको तुलनामा ८ दशमलव ८१ प्रतिशत कम हो ।