मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Thursday, March 27, 2025

कैले काँईँ त !


कैले काँईँ त अलिअलि पिउनुपर्छ ।
मनै फाटे लुगा झँईँ सिउनुपर्छ ।।
कैले काँईँ त आँसु पनि पिउनुपर्छ ।
सुख दुःख सम्हालेरै जिउनुपर्छ ।।

कैले काँईँ त बन्धन पनि भुल्नुपर्छ ।
पन्छी जस्तै स्वतन्त्र भई उड्नुपर्छ ।।
कैले काँईँ त संसार पनि चिन्नुपर्छ ।
नयाँ बाटो हिम्मतका साथ हिँड्नुपर्छ ।।

कैले काँईँ त यस्तो गीत गाउनुपर्छ ।
डाँको छोडी रुन सबले पाउनुपर्छ ।।
कैले काँईँ त गह्रौँ मनलाई साट्नुपर्छ।।
कालो बादल आकाशबाटै फाट्नुपर्छ ।।

कैले काँईँ त विषै पिई बाँच्नुपर्छ ।
सारा दुःख पीडा लुकाइ हाँस्नुपर्छ ।।
कैले काँईँ त थोरै रक्सी पिउनुपर्छ ।
पोखि बह खुसी भई जिउनुपर्छ ।।

             --- इश्वरी घिमिरे

Saturday, March 1, 2025

फेसबुकलाई तेस्रो चिठी

प्रिय फेसबुक,
सर्वप्रथम कुशल रही कुशलताको अपेक्षा राख्दै फेरि पनि तिम्रो दीर्घायु र उज्ज्वल भविष्यको कामना गर्दै निश्चल, निर्मल र अटुट माया व्यक्त गर्न चाहन्छु। खै! कुन बिन्दुबाट सुरु गरौं? मेरो मानसपटलमा जिज्ञासा, भावना, सन्तुष्टि र स्नेहका अनेकौं छालहरू उर्लिए पनि खोई कुन्नी किन हो ? सबैको ध्वनि एकसाथ मिलेर शब्दका माध्यमबाट प्रस्फुटित हुन सकिरहेका छैनन्। कति शब्दहरू मनमै अड्केका छन् त, कति भावनाहरू अलमल्लमा परेका छन्। कुनै चिसो बिहानीको मिठो चियाको चुस्कीसँगै तिमीलाई सम्झेर बिताएका समयका सम्झनाहरूले मलाई फेरि गहिरो मुस्कान सँगै कुतकुती लागिहाल्यो। जे होस् तिमीलाई पत्र लेख्ने उत्कृष्ट अभिलाषा मेरो अन्तरात्मामा अंकुरित गराइदिएकोमा समय र परिस्थितिलाई धन्यवाद दिँदै तिमीप्रति आत्मागौरवको अत्यन्तै गहिरो अनुभूति राख्न चाहन्छु।
   प्रिय फेसबुक,
अनन्त समयको निकै लामो अन्तरालपछि एउटा गहिरो र नपढिने प्रेमको भावनाले आज पुनः तेस्रो पत्र लेख्न प्रयासरत छु। थाहा छैन, यस पत्रमा के-के लेख्नेछु, कहाँ गएर टुङ्गिन्छ, र कसरी बिट मार्नेछु। तर एक कुरा स्पष्ट छ, यो पत्र लेख्दै गर्दा मेरा भावना, विचार, दृष्टिकोण, धारणा, जिज्ञासा, सुझाव र मायाका सौगातहरू अवश्य उजागर हुने नै छन्। यो पत्र मेरो भावनाको गहिराइ र समर्पणको एउटा अर्कै स्तरमा पुग्नेछ। हुन त फेसबुक! तिमी जस्तो शक्तिशाली र प्रभावशाली प्लेटफर्मको बारेमा बुझाउनका लागि कुनै विशेष शब्द र वाक्य प्रयोग गर्न सकिँदैन। तिमीलाई बखान गर्ने सबै शब्दहरू अपर्याप्त हुन्छन्, तर पनि म प्रयास गर्छु। जहाँ शब्दहरूले आफ्नो संकल्प बुझाउन सक्नेछन् भन्ने आशा राख्दै ती सम्पूर्ण विचारहरूलाई विलम्ब भए पनि अन्ततः स्पष्ट र प्रभावकारी रूपमा पत्रमार्फत व्यक्त गर्ने जमर्को गर्दछु। जसलाई तिमीले सहज रूपमा ग्रहण गर्नेछौ भन्ने अपेक्षा पनि राख्दछु।

Saturday, June 30, 2012

प्रिय फेसबुक

   खै कताबाट शुरु गरौँ  ! कुशल रहि कुशलताको अपेक्षा राख्दै सर्वप्रथम तिम्रो दिर्घायुको कामना गर्दछु । तिमीले त मलाई पराई भयो, बिर्सियो होला भन्ठानेका हौला । अँह ! मैले त तिमीलाई कहाँ बिर्सन सक्छु र ? आखिर आँखै नखुली एका बिहानै सधैँ तिम्रै मुहार हेर्न अग्रसर हुने मान्छे पो हुँ त म । त्यसैले होला बरु कहिले काँही तिम्रो त्यो सुन्दर मुहार देख्न नपाउँदा मनै कस्तो-कस्तो भएर आउँछ ।  कामको व्यस्तताले केही समय टाठा हुनु परे पनि खै कुन्नी किन हो ! मैले त तिमीलाई आफ्नो मन मस्तिष्कमा सजाइसकेको पो रहेछु । म त तिम्रो मोहनी जालमा परेर उम्कन नसक्ने नै भैसकेछु । ममा तिमीप्रतिको माया यति छ भनेर भनि साध्य छैन । जसलाई दुनियाँको सामु देखाउन पनि म जान्दिनँ ।
   हुन त तिमी भन्दा पहिला नै अर्कुट, ट्रस्टेड वपिनियन, हाइफाईभ, नेटलग जस्ता सामाजिक संजालहरुले पनि यो इन्टरनेटरुपी दुनिँयामा मोहनी जालो नफ्याकेका हैनन् । तिनीहरू माथी पनि मेरो नजर त नपरेको होइन ।  तर खै किन हो किन कुन्नि, आखिर मेरो मन जित्ने त तिमी नै भयौ । हुनत त्यतिबेला अर्कुटले पनि सबैलाई आफ्नो जालमा पारीसकेको थियो। धन्य तिमी आयौ अनि आफ्नो मोहनी महाजालले सबैलाई ढाक्यौ ।

Saturday, June 25, 2011

मेरो पढ्ने कोठा (निबन्ध)

      सामान्यतयाः अध्ययनका लागि अध्येताले शान्त ठाउँलाई रुचाउँछन्, एकान्त मन पराउँछन्, सुनसान ठाउँ चाहन्छन्। तर विद्यालयीय जीवनमा गरिने अध्ययनका लागि भने एकान्त नै चाहिन्छ भन्ने छैन। स्वाध्ययनका लागि भने एकान्त सबैको रोजाइ बन्न सक्छ। मलाई पनि विद्यालय र विश्वविद्यालयमा भर्ना भएर अध्ययन गर्दा एकान्तको जरुरत नभएपनि स्वाध्ययनका लागि भने एकान्तै मन पर्छ। त्यसैले मैले आफ्नो ज्ञानको भोक र सोखले गर्दा अध्ययनका लागि एउटा बन्ध तर शान्त कोठाको व्यवस्था गरेको छु। जहाँ धेरै वसन्त बिताएको पनि छु। त्यहीँबाट कनिकुथी गरेरै भएपनि आफ्नो ज्ञानको भोक र सोख तृप्ति गर्ने गरेको छु। जसलाई म मेरो पढ्ने कोठा भन्न चाहन्छु।