मनै फाटे लुगा झँईँ सिउनुपर्छ ।।
कैले काँईँ त आँसु पनि पिउनुपर्छ ।
सुख दुःख सम्हालेरै जिउनुपर्छ ।।
कैले काँईँ त बन्धन पनि भुल्नुपर्छ ।
पन्छी जस्तै स्वतन्त्र भई उड्नुपर्छ ।।
कैले काँईँ त संसार पनि चिन्नुपर्छ ।
नयाँ बाटो हिम्मतका साथ हिँड्नुपर्छ ।।
कैले काँईँ त यस्तो गीत गाउनुपर्छ ।
डाँको छोडी रुन सबले पाउनुपर्छ ।।
कैले काँईँ त गह्रौँ मनलाई साट्नुपर्छ।।
कालो बादल आकाशबाटै फाट्नुपर्छ ।।
कैले काँईँ त विषै पिई बाँच्नुपर्छ ।
सारा दुःख पीडा लुकाइ हाँस्नुपर्छ ।।
कैले काँईँ त थोरै रक्सी पिउनुपर्छ ।
पोखि बह खुसी भई जिउनुपर्छ ।।
--- इश्वरी घिमिरे
नपिउनेलाई पिउ भन्न त हुन्नथ्यो नि ब्रो 😡 तर मलाई त थोरै दारुले हुन्न करे 😋 हे हे
ReplyDelete😀😀 हा हा ! धन्यवाद ! वास्तवमा दारु होइन; कठिनाइ स्वीकारेर अगाडि बढ्नूस्...😊
Delete