Facebook हिजोआज धेरैको दिनचर्या नै भएको छ भन्दा अत्युक्ति हुनेछैन | तर धेरैको दिनचर्या बनिसकेको यही Facebook ले गर्दा आज धेरैले नोक्सानी पनि व्योहोर्नु परेको छ | Facebook का जति सुबिधा र फाइदाहरु छन् त्यति नै मात्रामा तिनका बेफाइदाहरु पनि छन् | आजकाल दिनहुँ धेरै Facebook Account Hack (ह्याक) हुने गरेका छन् | अस्लिल सामग्रीहरु पोस्ट गरि अरुलाई tag गरिदिने क्रम बढेर पनि धेरै प्रयोगकर्ताहरुले हैरानी बेहोर्नु परेको तीतो यथार्थ हामीसँग छँदै छ | यसर्थः Facebook लाई सुरक्षित राख्न निक्कै गाह्रो हुँदै आइरहेको छ | हुन त FACEBOOK ले यस्ता समस्याबाट बँच्न Security Setting त उपलब्ध गराएको छ तर सबैलाई त्यस बारेमा थाहा नहुन पनि सक्छ । त्यसैले आज म तिनै कुरालाई उल्लेख गर्न गइरहेको छु ।
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
Showing posts with label कम्प्युटर टिप्स. Show all posts
Showing posts with label कम्प्युटर टिप्स. Show all posts
Tuesday, July 17, 2012
फेसबुक सुरक्षाको उपाय
Labels:
कम्प्युटर टिप्स
Tuesday, January 17, 2012
"गूगल क्रोम" ब्राउजरहरूमै सुपर फास्ट
इन्टरनेट संचालन गर्नको लागि आवश्यक पर्ने सफ्वेयरलाई नै ब्राउजर (Browser) भनिन्छ । ब्राउजर एउटा क्लाइन्ट सर्भर पनि हो । जसले हाइपर टेक्स्ट डकुमेन्ट (Hypertext document) सँग सम्बन्ध कायम गराउँछ ।


गूगल क्रोम (Google Chrome), मोजिल्ला फायरफक्स (Mozilla Firefox), इन्टरनेट एक्सप्लोरर (Internet Explorer), ओपेरा (Opera), सिम्पल पाई (Simple Pie), मिनिमो (Minimo), सफारी (Safari), नेटस्केप (Netscape) जस्ता ब्राउजरहरू मध्ये अहिले सर्वाधिक लोकप्रिय ब्राउजर भनेका गूगल क्रोम र मोजिल्ला फायरफक्स नै हुन् ।
यदि तपाईं अहिले पनि माइक्रोसफ्टद्वारा निर्मित इन्टरनेट एक्सप्लोरर प्रयोग गर्नुहुन्छ भने तपाईं सचेत इन्टरनेट प्रयोगकर्ताको हिसाबले लगभग तीन वर्ष पछाडि हुनुहुन्छ । ओपेराको त कुरै छोडौँ । हुन त अहिले पनि विश्वमा लगभग ४० प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले इन्टरनेट एक्सप्लोरर प्रयोग गरेको पाइन्छ । जब कि २००८ सम्ममा लगभग ६८ प्रतिशतले इन्टरनेट एक्सप्लोरर नै चलाउँथे । उता मोबाइल भर्सन ब्राउजर निकालेको ओपेराले भने डेस्कटप भर्सनमा खासै प्रगति गर्न नसके पनि मोबाइलमा इन्टरनेट ब्राउज गर्न भने यसलाई अँझै धेरैले रुचाइरहेका छन् ।
Labels:
कम्प्युटर टिप्स
Friday, January 13, 2012
Facebook Chat मा थप नयाँ सुविधा
के तपाईले फेसबुक च्याट रूममा थपिएको नयाँ सुविधाको बारेमा जानकारी पाउनु भएको छ । हिजो आज तपाईले फेसबुक च्याटिङ्गमा अदलबदल गर्नु भएको छ भने त पक्कै पनि चाल पाउनु भएको होला । छैन भने त्यो सुविधाको बारेमा तपाईलाई थाहा नहुन पनि सक्छ है ।कुरा के भने तपाई फेसबुक चलाउँदा कि अनलाइनमा बस्नुहुन्छ, कि त अफलाइनमा जानुहुन्छ । अनलाइनमा बसौँ भने आफ्ना धेरै मित्रहरूले एकै चोटि च्याटिङ्ग गर्दिएलान् भन्ने डर । त्यस्तो अवस्थामा सबैलाई एकैचोटि सन्देश फर्काउन पनि कठिन हुने; नफर्काऊँ भने बेवास्ता गरेको जस्तो भान हुने । हैन, अफलाइनमै बसौँ भने पनि च्याटिङ्ग नगरि नहुने मान्छेसँग ओझेलमा परिने ।
Labels:
कम्प्युटर टिप्स
Friday, December 23, 2011
Facebook Smileys/Emoticons code
Labels:
कम्प्युटर टिप्स
Sunday, October 23, 2011
के तपाईको पासवर्ड सुरक्षित छ ?
हिजोआज साइबर अपराधका घटनाहरु दिनानुदिन तीब्र गतिमा बढ्दै गइरहेका छन् । जसको उदाहरण विभिन्न पत्रपत्रिकाहरुमा दिनहुँ छापिएका छन् । अहिले बैंक तथा वित्तीय संस्थाका अनलाइन कारोबार, व्यक्तिगत इमेल र सामाजिक सञ्जाल साइटमा प्रयोग हुने पासवर्ड ह्याकरहरूको निशानामा परेका छन् । नेपालमा ई–कारोबार र सामाजिक सञ्जालको प्रयोगमा वृद्धि सँगसँगै प्रयोगकर्ताहरू पासवर्ड चोरीको नराम्ररी शिकार बन्दै आएका छन् । यसरी पासवर्ड चोरी भएको अवस्थामा कतिपयको नैतिक, भैतिक र आर्थिक क्षति समेत भएको छ । अन्य भौतिक सामानहरुको चोरीको सम्बन्धमा त पुलिसले उजरी दर्ता गर्ला तर पार्सवर्ड चोरीको बारेमा पुलिसलाई तालिममा केही कुरा पनि सिकाइएको हुँदैन । त्यसैले काठमाडौँको हनुमानढोका पुलिस चौकीमा रहेको आइटी सेल बाहेकले नेपालमा पार्सवर्ड चोरी भएको उजुरी समेत दर्ता गर्दैन ।
विशेषगरी नेपाली सेलिब्रेटी र असफल प्रेमिकाहरु यसप्रकारको अपराधबाट अत्यन्तै प्रताडित छन् । यस्ता अपराधहरुबाट कति ठगिएका छन्, कति बेइज्जतीको शिकार भएका छन् भने कति त आत्महत्या गर्न समेत बाध्य भएका छन् । गलत सूचना र विवरण सम्प्रेषण गरी सम्बन्धित व्यक्तिको चरित्रहत्या गर्ने उद्देश्यले पनि कैयौँ यस्ता अपराध हुने गरेका छन् । त्यसैले बेलैमा होस पुर्याउनुहोस् कतै तपाईको पासवर्ड पनि असुरक्षित त छैन।
Labels:
कम्प्युटर टिप्स
Monday, September 19, 2011
युनिकोड नेपाली (Roman 2 Unicode)
DOCTYPE html>
प्रीति टु युनिकोड कन्भर्टर
प्रीति टु युनिकोड कन्भर्टर
Labels:
कम्प्युटर टिप्स
युनिकोड नेपाली (Virtual Keyboard)
यो अनलाइन भर्चुअल किबोर्ड सफ्टवेयर हो, जसमा नेपाली युनिकोडमा अक्षरहरू लेखिन्छन् । जुन प्रयोग गर्न अति नै सरल छ । त्यसैले यसलाई कुनै पनि मिडिया, ब्राउजरहरूमा इमेलिङ्ग(emailing) र च्याटिङ्ग(chatting) तथा अन्य प्रयोजनमा उपयोग गर्न सकिन्छ ।
यसलाई कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा
Labels:
कम्प्युटर टिप्स
Sunday, September 18, 2011
नेपाली युनिकोड (Preeti 2 Unicode)
यो अनलाइन नेपाली युनिकोड कन्भर्टर सफ्टवेयर हो, जुन प्रयोग गर्न अति नै सरल छ । यस सफ्टवेयरले Preeti, Sagarmatha, Kantipur, ... जस्ता थुप्रै नेपाली फन्टहरूमा लेखिएका अक्षरहरूलाई नेपाली युनिकोडमा परिवर्तन गर्दछ । त्यसैले यसलाई कुनै पनि मिडिया, ब्राउजरहरूमा इमेलिङ्ग(emailing) र च्याटिङ्ग(chatting) तथा अन्य प्रयोजनमा उपयोग गर्न सकिन्छ ।
यसलाई कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा
Labels:
कम्प्युटर टिप्स
नेपाली युनिकोड (Romanized 2 Unicode)
DOCTYPE html>
प्रीति टु युनिकोड कन्भर्टर
प्रीति टु युनिकोड कन्भर्टर
Labels:
कम्प्युटर टिप्स
Thursday, June 23, 2011
नेपाली अक्षरका कि(key)हरू
के तपाईलाई नेपाली अक्षरमा टाइप गर्न आउँछ ? हजुर यदि आउँदैन भने तलको कि(key) हेर्नुहोस् अनि मज्जाले प्रिति फन्ट(preeti Font) प्रयोग गरी नेपाली अक्षरमा टाइप गर्नुहोस् ।
आकार, इकार, उकार, ओकार, औकार, एकार, रेफ, शिरविन्दु, चन्द्रविन्दु र विर्सगहरू :
{ = Shift + [ | |||
} = Shift + ] | f} = F + Shift + ] | F = Shift + F | |
+ = Shift + = | |||
Labels:
कम्प्युटर टिप्स
Subscribe to:
Posts (Atom)


