Pages

Friday, January 13, 2012

Facebook Chat मा थप नयाँ सुविधा

के तपाईले फेसबुक च्याट रूममा थपिएको नयाँ सुविधाको बारेमा जानकारी पाउनु भएको छ । हिजो आज तपाईले फेसबुक  च्याटिङ्गमा अदलबदल गर्नु भएको छ भने त पक्कै पनि चाल पाउनु भएको होला  । छैन भने त्यो सुविधाको बारेमा तपाईलाई थाहा नहुन पनि सक्छ है ।
कुरा के भने तपाई फेसबुक चलाउँदा कि अनलाइनमा बस्नुहुन्छ, कि त अफलाइनमा जानुहुन्छ । अनलाइनमा बसौँ भने आफ्ना धेरै मित्रहरूले एकै चोटि च्याटिङ्ग गर्दिएलान् भन्ने डर । त्यस्तो अवस्थामा सबैलाई एकैचोटि सन्देश फर्काउन पनि कठिन हुने; नफर्काऊँ भने बेवास्ता गरेको जस्तो भान हुने । हैन, अफलाइनमै बसौँ भने पनि च्याटिङ्ग नगरि नहुने मान्छेसँग ओझेलमा परिने ।
आजकाल फेसबुकको फ्रेन्डस् लिस्टमा धेरै मित्रहरू हुने साथीहरू अनलाइनमा बस्दा त बिजोग नै हुन्छ नि ! मेरा एक जना नजिकका मित्र छन् । उनी यदि फेसकुकको अनलाइनमा बसे भने उनका त जुनसुकै बेला पनि एकैचोटि २५/३० जना साथी अनलाइनमा हुँदा रहेछन् । अनि उनी तुरुन्त अफलाइनमा गैहाल्छन् । तसर्थः यसै समस्यालाई मध्यनजर गर्दै फेसबुकले पछिल्लो पटक सिमित व्यक्तिहरूको लागि अनलाइन र अरू व्यक्तिहरूको लागि अफलाइनमा, त्यसैगरि सिमित व्यक्तिहरूको लागि अफलाइन र अरू व्यक्तिहरूको लागि अनलाइनमा रहने उपयोगी सुविधा ल्याएको छ । त्यसको लागि तपाई तलको प्रक्रिया अपनाउन सक्नुहुन्छ ।

१. सर्वप्रथम च्याटरूम बक्सको माथिल्लो भागमा रहेको सेटिङ्ग बटम मा क्लिक गर्नुहोला । त्यसपछि  त्यहाँ बायाँ चित्रमा देखाइको जस्तो देखिनेछ ।
२. त्यहाँ Advanced Setting... मा क्लिक गरेपछि दायाँ चित्रमा देखाइको जस्तो देखिनेछ ।
३. त्यसपछि उक्त Advanced Chat Settings बक्स भित्र रहेको  All your friends see you except... को अगाडि रहेको Circle  मा Tick Mark लगाई Optional: Enter  names or lists भनिएको कोठाभित्र  आफ्नो फेसबुकको फ्रेन्डस् लिस्टमा भएका साथी / साथीहरूको नाम राखेर तल सेभ गर्नु भो भने तपाई अनलाइनमा भए पनि उनीहरूबाट तपाई अफलाइनमा देखिनुहुन्छ ।
४. त्यसैगरि Advanced Chat Settings बक्स भित्र रहेको Only some friends see you... को अगाडि रहेको Circle मा Tick Mark लगाई Required: Enter names or lists भनिएको कोठाभित्र  आफ्नो फेसबुकको फ्रेन्डस्  लिस्टमा भएका साथी / साथीहरूको नाम  राखेर तल सेभ गर्नु भो  भने तपाई तिनीहरूका लागि मात्र अनलाइनमा र अरूका लागि अफलाइनमा देखिनुहुनेछ ।
५. अथवा No one see you (go offline) को अगाडि रहेको Circle  मा Tick Mark  लगाई  सेभ गर्नु भो भने अब तपाई आफ्ना सबै साथीहरूबाट अफलाइनमा देखिनुहुनेछ । 

1 comment:

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...