इन्टरनेट संचालन गर्नको लागि आवश्यक पर्ने सफ्वेयरलाई नै ब्राउजर (Browser) भनिन्छ । ब्राउजर एउटा क्लाइन्ट सर्भर पनि हो । जसले हाइपर टेक्स्ट डकुमेन्ट (Hypertext document) सँग सम्बन्ध कायम गराउँछ ।


गूगल क्रोम (Google Chrome), मोजिल्ला फायरफक्स (Mozilla Firefox), इन्टरनेट एक्सप्लोरर (Internet Explorer), ओपेरा (Opera), सिम्पल पाई (Simple Pie), मिनिमो (Minimo), सफारी (Safari), नेटस्केप (Netscape) जस्ता ब्राउजरहरू मध्ये अहिले सर्वाधिक लोकप्रिय ब्राउजर भनेका गूगल क्रोम र मोजिल्ला फायरफक्स नै हुन् ।
यदि तपाईं अहिले पनि माइक्रोसफ्टद्वारा निर्मित इन्टरनेट एक्सप्लोरर प्रयोग गर्नुहुन्छ भने तपाईं सचेत इन्टरनेट प्रयोगकर्ताको हिसाबले लगभग तीन वर्ष पछाडि हुनुहुन्छ । ओपेराको त कुरै छोडौँ । हुन त अहिले पनि विश्वमा लगभग ४० प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले इन्टरनेट एक्सप्लोरर प्रयोग गरेको पाइन्छ । जब कि २००८ सम्ममा लगभग ६८ प्रतिशतले इन्टरनेट एक्सप्लोरर नै चलाउँथे । उता मोबाइल भर्सन ब्राउजर निकालेको ओपेराले भने डेस्कटप भर्सनमा खासै प्रगति गर्न नसके पनि मोबाइलमा इन्टरनेट ब्राउज गर्न भने यसलाई अँझै धेरैले रुचाइरहेका छन् ।
सन् २००८ पछि इन्टरनेट मार्केटमा मोजिल्ला फायरफक्स र गूगल क्रोम ब्राउजरहरु एक्कासी चर्चामा आए र धेरैले तिनलाई अत्याधिक रुचाइदिए पनि । अधिकतम् वेब डिजाइनरहरुले फायरफक्स रुचाउने हुदाँ अहिले मोजिल्ला फायरफक्सले केही प्रतिशत थप प्रयोगकर्ता पाएको छ भने गुगल क्रोमले त आफ्नो जादू नै देखाइदिएको छ ।
WebKit टेक्नोलॉजी मा आधारित गूगल क्रोम साधारण डिजाईन र परिष्कृत तरिकबाट बनाइएको ब्राउजर हो । क्रोम चलाउन अत्यन्तै सरल (Simple), वेगवान् (Speedy), अनि कुनै संशोधन वा संयोजन नचाहिने (Compatibility) पनि छ । क्रोम खालि साधारण वेबपेज खोल्नको लागि मात्र बनाइएको सफ्टवेयर होइन, यो त अहिलेको परिवर्तित प्रविधिबाट बनेको मल्टिमिडिया वेबपेजहरू, जाभा स्क्रीप्टका फ्रेमवर्कहरु, सीएसएस र एचटीएमएलका पछिल्ला सँस्करणहरुको हिसाबले पनि उपयुक्त छ ।
हेर्दा भिन्दै आकर्षक डिजाईन रहेको यसमा मेनुबार छैन तर माथिल्लो दाहिने कुनातिरको बटनबाट चाहिने आप्शन सजिलै खोल्न सकिन्छ । यसमा सजिलै एकै पटक धेरै Tab हरु चलाउन मिल्छ । यसमा go back, go forward, Reload, home page जस्ता बटनहरु पनि छन् । साथै दायाँतिर Customize बटन छ, जहाँ सम्पूर्ण Tools हरु छन् । डाउनलोड म्यानेजर पनि साधारण नै छ ।
सुरक्षाको हिसाबले पनि यो अत्यन्तै राम्रो छ । यो पप-अप, मेल्वेर अनि भाइरसबाट पनि सुरक्षित राख्छ । यसले वेबसाइट सुरक्षित छ कि छैन Warning दिन्छ अनि Password save गर्ने नगर्ने पनि अप्सन दिन्छ । यो ब्राउजर डाउनलोड र इन्स्टल गर्न पनि कुनै समस्या छैन । अहिले यसको Latest Version Google Chrome 18.0.1003.1 Beta(24.18mb) हो । जसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । यसमा एक्सटेन्सनहरु इन्स्टल गरेर थप अरु सुबिधाहरु पनि प्रयोग गर्न मिल्छ ।
No comments:
Post a Comment
कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...