मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
विचार, साहित्य, सिर्जना र जानकारीको संगम स्थल यो साझा चौतारी / Sajha Chautari मा तपाईंलाई हार्दिक स्वागत छ......कृपया आफ्नो अमूल्य सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद......यदि तपाईंहरू पनि यो साइटमा भएका विषयवस्तुहरूसँग सम्बन्धित आफ्ना लेख रचनाहरू पोष्ट गर्न चाहनुहुन्छ भने तल View my complete profile मा दिइएको E-mail ठेगानामा पठाउनुहुन अनुरोध गर्दछु ......

Sunday, March 17, 2013

के तपाईं पनि मोबाईलबाटै निशुल्क ईन्टरनेट फोन गर्नुहुन्छ ?

वर्तमान युग विज्ञान र प्रविधिको युग हो भन्दा कुनै अत्युक्ति हुने छैन । अझ सूचनाप्रविधिको क्षेत्रमा त झन् विश्वले निकै ठूलो छलाङ मारिसको छ । नेपालमा पनि सूचना प्रविधिको उच्चतम् विकास भैसकेको छ । यिनै प्रविधिको विकाश सँगसँगै अब तपाई मोबाईल फोनबाटै देश विदेशमा निशुल्क ईन्टरनेट फोन गर्नु सक्नुहुन्छ । दुवै तर्फ प्रविधिको पँहुच छ भने वाईफाई भएको वा राम्रो जिपीआरएस ईन्टनेट सुबिधा भएको मोबाईलबाट तपाई संसारभर निशुल्क कुरा गर्न सक्नु हुन्छ । आउनुहोस् अब यस किसिमको सुबिधा प्रदान गर्ने केही कहलिएका साईटहरुबारे चर्चा गरौँ ।

भाईवर (Viber):
यस एप्लीकेशनको साहायताले भिओआपी (Voice-Over-Internet-Protocal) प्रविधीबाट वाईफाई वा थ्रिजी (3G) प्रविधी नेटवर्कमा आवद्द भएको मोबाईलमा टेलीफोनमा कुरा गरे झै कुरा गर्न सकिन्छ । निशुल्क रुपमामा पाईने यो सफ्टवेयर एन्ड्रोईड (Android), ब्लाकबेरी (Blacj Berry), आईओस (IOS), सिम्बायोन (Symbion), विन्डोज मोबाईल (Windows Mobile), अपरेटिङ्ग सिस्टम (OS). जडान भएको मोबाईलमा ईन्सटल गर्न सकिन्छ । मोबाईलमा यो सफ्टवेयर ईन्सटल भए पछी प्रयोगकर्ताको मोबाईल नम्बरलाई यसले युजरनेम को रुपमा ग्रहण गर्दछ जसले गर्दा एप्लीकेशन सिन्क्रोनाईज (Synchronize) हुने यसको मुख्य सर्भरमा सम्पर्क स्थापित गरी तपाईको मोबाईल कन्ट्याक्ट लिष्टमा भएकाहरु मध्ये कसकसले पहिले नै भाईवर चलाई रहेका छन सो देखाउँछ र ति कन्ट्याक्टहरुसँग तपाई ईन्टरनेटको माध्यमबाट निशुल्क कुरा गर्न सक्नु हुन्छ । यसमा अन्य केही भिओआईपी (VOIP) सफ्टवेयर जस्तो कन्टयाक्ट जोड्न पर्ने, स्वीकृत नहुन्जेल पर्खनु पर्ने ,  छुट्टै सर्म्पर्क सूची बनउनु पर्ने जस्ता झन्झट हुदैन ।

स्काईप (Skype) :
यस सफ्टवेयरको साहायताले ईन्टरनेट कनेक्सनमा रहेका दुई प्रयोगकर्ताहरु कम्प्युटर, मोबाईल फोन ट्याबलेट (Tablet) आदीको प्रयोग गरी एक अर्का सँग कुरा गर्न सकिन्छ । यसको लागी दुबै प्रयोगकर्तासंग स्काईप खाता हुनु जरुरी छ । जुनसुकै उपकरणमा यो सफ्टवेयर ईन्सटल गरीए पनि स्काईप टु स्काईप (Skype-to-Skype) कुरा गर्न पैसा लाग्दैन । अर्थात तपाईले आफ्नो मोबाईलमा स्काईप ईन्सटल गर्नु भएको छ र तपाईले कुरा गर्न चाहेको ब्यक्तीले उसको ल्यापटपमा यो सफ्टवेयर ईन्सटल गरेको छ भने दुई विच निशुल्क कुरा गर्न सकिन्छ । यसको साहायताले ईन्टरनेट नेटवर्कमा नरहेको मोबाईल फोन वा ल्याण्डलाईन टेलीफोनमा पनि कुरा गर्न सकिन्छ तर यसको लागी तोकीएको शुल्क भुक्तान गर्नु पर्दछ ।


ह्वाट्सएप (WhatsApp) :
स्मार्टफोनमा एसएमएस, भिडीयो - अडीयो  (Video - Audio ) फाईल पठाउन, कुरा गर्नको लागी यो कहलिएको एप्लीकेशन हो । तपाई यसलाई एन्ड्रोईड, ब्लाकबेरी , आईओएस, सिम्बायोन , विन्डोज मोबाईल अपरेटिङ्ग जडान भएको जुनसुकै फोनमा ईन्सटल गर्न सक्नु हुन्छ ।  भाईवरमा झै यसमा पनि प्रयोगकर्ताको फोन नम्बर युजरनेम हुने गर्दछ र एप्लीकेशन सिन्क्रोनाईन भएको बखतमा तपाईको कन्ट्याक्ट लिष्टमा भएका कस कसले यो एप्लीकेशन प्रयोग गरीरहेका छन सो देखाउछ । आप्नो कन्ट्याक्ट लिष्टमा भएका ह्वाट्सएप प्रयोगकर्ताहरु अनलाईन देख्नु भयो भने तिनीहरु सँग जहाँ सुकै कुरा गर्दा पनि कुनै प्रकारको शुल्क तिर्नु पर्देन ।


लाईन (Line):
यो पनि भाईवर, ह्वाट्सएप जस्तै फ्रि भिओआईपी एप्लीकेशन हो जसलाई तपाई स्मार्टफोन देखी पर्सनल कम्प्युटरमा समेत ईन्सटल गर्न सक्नु हुन्छ ।


काकाओ टक :
यो पनि धेरै हिसाबले भाईबर , ह्वाटएप, लाईन जस्तै मोबाईल एप्लीकेश हो जसलाई तपाई आईओएस, एन्ड्रोईड, ब्लाकबेरी र विन्डोज मोबाईल अपरेटिङ्ग सिस्टम जडान गरीएको स्मार्टफोनमा ईन्सटल गर्न सक्नु हुन्छ । ईन्टरनेट नेटवर्क भित्र रहेका प्रयोगकर्ताहरु बिच कुरा गर्द कुनै प्रकारको शुल्क भुक्तान गर्नु पर्देन । हाल सम्म पर्सनल कम्प्युटरमा ईन्सटल गर्न मिल्ने सफ्टवेयर प्रयोगमा नरहेको भए पनि मोबाईल प्रयोगकर्ता बिच यसको साउण्डको गुणस्तरको कारणले लोकप्रिय छ ।





आईकल (iCal) :

नाम सुन्दैमा तपाईलाई यो आईफोन वा एप्पल डिभाईसमा मात्र चल्छ होला जस्तो लागेको हुनु पर्छ । तर त्यस्तो हैन तपाई यसलाई एन्ड्रोईड तथा एप्पल अपरेटिङ्ग सिस्टम जडित मोबाईल प्लेटफर्ममा ईन्सटल गरी एकै सफ्टवेयर बाट याहु मेसेन्जर (Yahoo Messanger) , गुगल टक (Google Talk) ,  फेसबुक (Facebook) च्याट लगायत आईसिक्यु (ICQ),  माईस्पेस (MySpace) सुबिधा प्रयोग गर्न सक्नु हुन्छ । यस एप्लीकेशनको प्रयोगले माथी उलेखित प्रदायकहरुको सुविधा प्रयोग गर्न पाउनुको अतिरिक्त निशुल्क भिओआईपी कल गर्न सक्नु हुन्छ ।


No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...