मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
विचार, साहित्य, सिर्जना र जानकारीको संगम स्थल यो साझा चौतारी / Sajha Chautari मा तपाईंलाई हार्दिक स्वागत छ......कृपया आफ्नो अमूल्य सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद......यदि तपाईंहरू पनि यो साइटमा भएका विषयवस्तुहरूसँग सम्बन्धित आफ्ना लेख रचनाहरू पोष्ट गर्न चाहनुहुन्छ भने तल View my complete profile मा दिइएको E-mail ठेगानामा पठाउनुहुन अनुरोध गर्दछु ......

Monday, September 19, 2011

युनिकोड नेपाली (Roman 2 Unicode)

यो अनलाइन नेपाली युनिकोड कन्भर्टर सफ्टवेयर हो, जुन प्रयोग गर्न अति नै सरल छ । यस सफ्टवेयरले रोमनमा लेखिएका अक्षरहरूलाई  Space Bar थिचेपछि नेपाली युनिकोडमा परिवर्तन गर्दछ । त्यसैले यसलाई कुनै पनि मिडिया, ब्राउजरहरूमा इमेलिङ्ग(emailing) र च्याटिङ्ग(chatting) तथा अन्य प्रयोजनमा उपयोग गर्न सकिन्छ ।

यसलाई कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा

माथिको बक्समा रोमनमा लेख्नुहोस् र प्रत्येक शब्द पछि Space Bar थिच्नुहोस् । यसो गर्दा रोमनमा लेखिएको शब्द नेपाली युनिकोडमा रुपान्तरित हुनेछ । ह्रस्व दिर्घ उल्टापाल्टा भएमा सम्बन्धित शब्दमा नै क्लिक गरेर उचित शब्द छान्न सक्नुहुन्छ । तपाईंले एकै ठाउँमा नेपाली र अङ्ग्रेजी शब्दलाई पनि मिसाउन सक्नुहुन्छ । त्यसका लागि Ctrl र U लाई एकैपल्ट दबाउनुहोस् अथवा अङ्ग्रेजी राख्नुपर्ने शब्दहरुलाई मझ्यौला कोष्ठक {} भित्र राख्नुहोस् । जस्तै: yo {software} malai man paryo . = यो software मलाई मन पर्‍यो थप सन्देशहरु... कुनै शब्द त्रुटिपूर्ण रुपमा अर्को शब्दसँग मिसिन पुग्यो भने, छुट्याउनका लागि slash (/) अक्षर प्रयोग गर्नुहोस् । जस्तै pratishatko = प्रतिशत्को, pratishat/ko = प्रतिशतको । शब्दको अन्त्यमा हलन्त राख्नको लागि backslash (\) अक्षर प्रयोग गर्नुहोस् । जस्तै bas = बस, bas\ = बस् । उस्तै सुनिने अक्षरहरुको लागि यसरी टाईप गर्नुहोस्: ta = त, Ta = ट, tha = थ, Tha = ठ, da = द, Da = ड, dha = ध, Dha = ढ, na = न, Na = ण, sha = श, Sha = ष । अरु अक्षरहरुको लागि ठुलोवर्ण वा सानोवर्ण जसरी टाईप गर्नु भए पनि हुन्छ । अन्य बिशेष अक्षरहरुको लागि यसरी टाईप गर्नुहोस्, rri = ऋ, rree = ॠ, yna = ञ , chha = छ, ksha = क्ष, gyna = ज्ञ, * = अनुस्वर (जस्तो: संबिधान), ** = चन्द्रबिन्दु (जस्तो: यहाँ), om = ॐ, ri^ = ्रि (जस्तो: प्रि) आदि आदि…… । त्यसपछि रुपान्तरित  युनिकोड नेपाली अक्षरलाई Cursor को प्रयोग गरि अथवा माथिको बक्स माथि लेखिएको Select All Text  मा क्लिक गरि copy गर्नुहोस् र आवश्यक ठाउँमा paste गर्नुहोस् ।

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...