मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
विचार, साहित्य, सिर्जना र जानकारीको संगम स्थल यो साझा चौतारी / Sajha Chautari मा तपाईंलाई हार्दिक स्वागत छ......कृपया आफ्नो अमूल्य सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद......यदि तपाईंहरू पनि यो साइटमा भएका विषयवस्तुहरूसँग सम्बन्धित आफ्ना लेख रचनाहरू पोष्ट गर्न चाहनुहुन्छ भने तल View my complete profile मा दिइएको E-mail ठेगानामा पठाउनुहुन अनुरोध गर्दछु ......

Sunday, October 23, 2011

के तपाईको पासवर्ड सुरक्षित छ ?

   हिजोआज साइबर अपराधका घटनाहरु दिनानुदिन तीब्र गतिमा बढ्दै गइरहेका छन् । जसको उदाहरण विभिन्न पत्रपत्रिकाहरुमा दिनहुँ छापिएका छन् । अहिले बैंक तथा वित्तीय संस्थाका अनलाइन कारोबार, व्यक्तिगत इमेल र सामाजिक सञ्जाल साइटमा प्रयोग हुने पासवर्ड ह्याकरहरूको निशानामा परेका छन् । नेपालमा ईकारोबार र सामाजिक सञ्जालको प्रयोगमा वृद्धि सँगसँगै प्रयोगकर्ताहरू पासवर्ड चोरीको नराम्ररी शिकार बन्दै आएका छन् । यसरी पासवर्ड चोरी भएको अवस्थामा कतिपयको नैतिक, भैतिक र आर्थिक क्षति समेत भएको छ । अन्य भौतिक सामानहरुको चोरीको सम्बन्धमा त पुलिसले उजरी दर्ता गर्ला तर पार्सवर्ड चोरीको बारेमा पुलिसलाई तालिममा केही कुरा पनि सिकाइएको हुँदैन । त्यसैले काठमाडौँको हनुमानढोका पुलिस चौकीमा रहेको आइटी सेल बाहेकले नेपालमा पार्सवर्ड चोरी भएको उजुरी समेत दर्ता गर्दैन ।
   विशेषगरी नेपाली सेलिब्रेटी र असफल प्रेमिकाहरु यसप्रकारको अपराधबाट अत्यन्तै प्रताडित छन् । यस्ता अपराधहरुबाट कति ठगिएका छन्, कति बेइज्जतीको शिकार भएका छन् भने कति त आत्महत्या गर्न समेत बाध्य भएका छन् । गलत सूचना र विवरण सम्प्रेषण गरी सम्बन्धित व्यक्तिको चरित्रहत्या गर्ने उद्देश्यले पनि कैयौँ यस्ता अपराध हुने गरेका छन् । त्यसैले बेलैमा होस पुर्‍याउनुहोस् कतै तपाईको पासवर्ड पनि असुरक्षित त छैन।
  सामान्यतः व्यावसायिक हृयाकिङ, अव्यावसायिक हृयाकिङ र सिकारु हृयाकिङ गरी हृयाकिङ तीन किसिमका हुन्छन् । डिजिटल सुचना चोरी गरेर अरुलाई बेच्नु र त्यसबाट पैसा कमाउनु व्यावसायिक हृयाकिङको मुख्य  उद्देश्य हो भने सुचना चोरी आफैले उपयोग गर्नु अव्यावसायिक हृयाकिङ उद्देश्य हो र उनीहरु हृयाकिङ गरिने ब्यक्तिको जासुसी पनि गर्ने गर्छन् । उता हृयाकरहरुको खोजी गर्नु नै सिकारु हृयाकरको मुख्य उद्देश्य रहेको हुन्छ । गोप्य कुरा थाहा पाएर साथीहरुबाट ब्ल्याकमेलिङ गर्न खोज्दा खोज्दै सिकारु हृयाकर बन्न प्रेरित भएर अधिकांस हृयाकरले व्यावसायिक हृयाकिङको काम थालेका हुन्छन् ।
   ह्याकिङबाट बँच्नको लागि सकभर अपरिचितको इमेल  नखोल्नु नै बेस हुन्छ । यदि खोलि हाले पनि त्यसमा भनिएका कुराहरुमा कत्तिको विश्वास गर्ने भन्ने कुरामा व्यक्ति स्वयम् चनाखो हुनुपर्छ । अहिले छ्याप्छ्याप्ती इमेल, फेसबुक, मेरोपोष्ट जस्ता सामाजिक सञ्जालहरुमा स्पाम म्यासेज आउने गरेका छन् । अधिकास इमेल हृयाक अनलाइन फर्महरु भर्दा हुने गरेको पाइन्छ । अनलाइन फर्म भर्दा आफ्नो इमेल ठेगानासँग मिल्दोजुल्दो पार्सवर्ड कदापि दिनु हुँदैन । किनकि यस किसिम फर्म भराउनेहरु हृयाकरहरु पनि हुन सक्छन् । यसरी फर्म भराउन विभिन्न बहाना गरेको भए पनि यसको मुख्य उद्देश्य प्रयोगकर्ताको पार्सवर्ड चोरी गर्नु रहेको हुन्छ ।
   अहिले ह्याकरहरुले क्रमानुगत अक्षर र अङ्कहरूको पासवर्ड क्र्याक गर्न विभिन्न क्र्याकिङप्रोग्रामहरुको निर्माण गरिसकेका छन् । त्यसैले त्यस्ता पासवर्ड नबनाउनु नै बुद्घिमानी मानिन्छ । पासवर्ड बनाउन सकेसम्म शब्दकोशमा भएका र बोलचालमा धेरै प्रयोग हुने चल्तीका शब्दहरू पनि प्रयोग नगर्नु नै बेस हुन्छ । त्यसैले अचेल कतिपय वेबसाइटहरुले प्रयोगकर्तालाई ठूला र साना अक्षर, अङ्क र संकेतहरू मिलाएर सुरक्षित पासवर्ड बनाएपछि मात्र ती वेबसाइटहरुमा रजिष्ट्रेशनअनुमति दिने गर्दछन् । यसलाई वास्तवमै पासवर्ड सुरक्षाको राम्रो उपाय मान्न सकिन्छ । कुनै एक पासवर्ड त्यसरी ठूला र साना अक्षर, अङ्क र संकेतहरू मिलाएर बनाइन्छ भने ह्याकरहरूले त्यसलाई क्र्याकगर्ने सम्भावना अत्यन्तै न्यून हुन्छ । त्यसैगरी अङ्ग्रेजी वर्णमालाले बनेको पासवर्डमा एउटा मात्रै अङ्क थप गर्नाले पनि क्र्याकगर्न ह्याकरहरूलाई २६ औं गुणा बढी कठिन हुने रहेछ । त्यस्तै पासवर्डमा संकेतहरू समेत मिलाएर राख्नाले ह्याकरहरूका अप्ठयारा १५ सय गुणा बढेको पनि आईएडीसी को एक अध्ययनले देखाएको छ । त्यसकारण साना प्रचलित उखान र उद्धरणलाई  पासवर्डको रुपमा राख्नाले पासवर्ड सुरक्षित हुने र सम्झन पनि सजिलो हुन्छ ।
   अंक र अक्षर मिलेर बनेको पासवर्ड हुँदैमा पासवर्ड सुरक्षित छ भन्न सकिन्न । त्यसैले त्यसमा कुनै स्पेशल क्यारेक्टर राख्नु आवश्यक छ । पासवर्डलाई बलियो बनाउन ~`!@#$%^&*()- _ +=”; जस्ता स्पेशल क्यारेक्टर राख्नु अनिवार्य हुन्छ ।  
   पासवर्डको रुपमा प्रयोग गर्न चाहेको शब्दको अक्षरलाई अंकमा र सम्भव भए सम्म अंकलाई अक्षरमा मिलाएर लेख्नु राम्रो हुन्छ । अझ रोमनका अग्रेजी फन्टमा राखिएको पासवर्ड आफै बलियो पासवर्ड हुन जान्छ । त्यसमा पनि अझ ट्रेडीशनल नेपाली फन्ट राखियो भने पासवर्ड पूर्ण सुरक्षित हुन जान्छ । जस्तै अङ्ग्रेजी अक्षर O को सट्टा ) अङ्क राख्न सकिन्छ । 2068 को सट्टा रोमनमा MMLXVIII वा mmlxviii राख्न सकिन्छ । for शब्दको सट्टा 4 अङ्क राख्न सकिन्छ । mero को सट्टा ट्रेडीशनल नेपाली फन्टमा d]/f] राख्न सकिन्छ ।
    पार्सवर्ड चोरी हुनबाट बचाउँने एउटै उपाय यसलाई कण्ठस्थ पार्ने हो । यसर्थ कुनै कागजमा वा अन्य वस्तुमा लेखेर राख्नु आफैँले जोखिम निम्त्याउनु हो । जुन कुनै पनि बेला चुहावट हुन सक्छ । केही गरी पार्सवर्ड चुहावट भएको शंका लागेमा तुरुन्त पार्सवर्ड चेन्ज गरिहाल्नु पर्दछ । 
   यदि तपाईलाई सुरक्षित पासवर्ड बनाएर सम्झिन गाह्रो हुन्छ भने लाष्ट पास वान पासवर्डजस्ता लोकप्रिय पासर्वड म्यानेजर प्रोग्रामहरूको पनि सहयोग लिन सक्नुहुनेछ । आफ्नो पासवर्ड बिर्सिरहनेहरुका लागि पासवर्ड म्यानेजर प्रोग्रामको प्रयोग उत्तम विकल्प हुन सक्छ । यस्ता प्रोग्रामले तपाईंको पासवर्डलाई सुरक्षित तवरले लकगरेर राखिदिन्छ । पासवर्डहरू लकहुने भएकाले ह्याकरहरूले उक्त पासवर्ड ह्याकगर्न सक्दैनन् । 
   Ctrl + C प्रेस गरी कहिल्यै पनि पासवर्ड कपी नगर्नुहोस् । किनकि कपी गरेको टेक्स वा डाटा Clipboard मा सङ्ग्रहित हुन्छ । त्यस्तो अवस्थामा JavascriptsAsp को Combination बाट तपाईले पछिल्लो पटक कपी गरेको  टेक्स वा डाटा नेटबाट सजिलै हेर्न सकिन्छ ।
   Facebook Freezer  नामको एउटा सफ्टवेयरले कम्प्युटरमा फेसबुकमा एक्सेस हुने सबै UsernamePassword लाई निर्धारित Email Id मा पठाइदिन्छ । त्यसैले कम्प्युटर चलाउनु भन्दा अगाडि उक्त कम्युटरमा Facebook Freezer  राखिएको छ कि छैन भनेर हेर्न नभुल्नुहोस् । 
   सम्झिन सजिलो होस् भन्ने अभिप्रायले सबैले अनुमान गर्न सक्ने कुरालाई ईन्टरनेटमा आफ्नो  पासवर्ड नबनाउनुहोस् । जस्तै आफ्नो जन्ममिति , विद्यालयको नाम, परिवारका सदस्यको नाम , आफ्नो मन पर्ने हिरो, हिरोईनको नाम, घरको फोन नम्बर, मोबाइल नम्बरआफ्नो घर भएको जिल्ला, गाविस आदी आदी... । यसरी निश्चित व्यक्तिसँग सम्बन्धित शब्दलाई पासवर्डको रुपमा प्रयोग गर्दा धेरैले अनुमान गरेर नै  वा बिस्तारै टाइप गर्दा  कतिपयले टाईप गरेको दुई तिन वटा अक्षरको आधारमा नै पासवर्ड पत्ता लगाउँन सक्छन् ।
   सम्झिन सजिलो हुनेहुँदा कतिपयले एक वा एक भन्दा बढी वेबसाईटको लागि एकै खालको अथवा एउटै पासवर्ड प्रयोग गर्ने गर्छन् । यसरी सबैतिर एउटै पासवर्ड राख्दा कहिकतै कारणवश पासवर्ड चुहावट हुन गएमा अन्य वेबसाइटको लागि ठूलो खतरा हुन जान्छ ।
   सामान्यतयाः  कुनै पनि वेबसाईटले फर्गेट पासवर्ड भन्ने लिङ्कमा क्लीक गरेर पासवर्ड रिट्रिभ गर्दा सम्बन्धित ठेगानामा नयाँ पासवर्ड पठाई दिन्छन् । त्यस किसिमका वेबसाईटहरुले पासवर्डलाई तिनीहरुको डाटाबेसमा ईन्क्रीप्ट गरेर राखेका हुन्छन । जसलाई त्यस वेबसाईटको डाटाबेसमा नै पँहुच हुने मान्छेले पनि त्यो ईन्क्रीप्टेड पासवर्ड हेरेर सजिलै वास्तबिक पासवर्ड थाहा पाउन सक्दैन । तर पासवर्ड रिट्रिभ गर्न खोज्दा पुरानो पासवर्ड नै पठाई दिने वेबसाईटहरुको डाटाबेसमा पासवर्डलाई जस्ताको त्यस्तै भण्डारण गरिएको हुन्छ । त्यस खालको वेबसाईटमा राखिने व्यक्तिगत सूचना बारे व्यक्ति स्वयं चनाखो हुनु पर्छ । 
   पासवर्ड सुरक्षित र बलियो बनाउने अनेकौँ उपायहरु छन् । ती सबै आगामी लेखमा समेटिनेनै छ । बरु अहिलेलाई यत्ति...
   तपाईले हाल प्रयोग गरी रहनु भएको पासवर्ड कत्तिको सुरक्षित र बलियो छ जान्न चाहनुहुन्छ भने कृपया यहाँ क्लिक गर्नुहोस् ...

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...