मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
विचार, साहित्य, सिर्जना र जानकारीको संगम स्थल यो साझा चौतारी / Sajha Chautari मा तपाईंलाई हार्दिक स्वागत छ......कृपया आफ्नो अमूल्य सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद......यदि तपाईंहरू पनि यो साइटमा भएका विषयवस्तुहरूसँग सम्बन्धित आफ्ना लेख रचनाहरू पोष्ट गर्न चाहनुहुन्छ भने तल View my complete profile मा दिइएको E-mail ठेगानामा पठाउनुहुन अनुरोध गर्दछु ......

Monday, November 14, 2011

कम्प्युटर भिजन सिन्ड्रोम (CVS)

   वर्तमान युग विज्ञान, प्रविधि र सूचनाको युग हो । विज्ञानले विभिन्न क्षेत्रमा गरेको आशातीत प्रगतिले यस युग सुविधासम्पन्नयुक्त बन्न पुगेको छ । द्रुतदर र अकल्पनिय वैज्ञानिक विकासक्रमले विशेषगरी सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व सफलता हात लगेको छ । यसै कारण अहिले विश्व दिनप्रतिदिन साँघुरिदै गएकोमा कसैको दुईमत छैन । सूचना प्रविधिको क्षेत्रमा भएको यस किसिमको आश्चर्यजनक अपलब्धीहरुमध्ये कम्प्युटर सर्वश्रेष्ठ उपलब्धी हो भन्दा अत्युक्ति नहोला । आज कम्प्युटरको प्रयोग विश्वको कुन क्षेत्र वा कुनामा नभएको होला र ? कम्प्युटरको यत्र तत्र सर्वत्र प्रयोगले हाम्रो देश नेपाल आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा पछि परे पनि सूचना प्रविधिको क्षेत्रमा कमजोर छैन । किनकि आज कम्प्युटरको प्रयोग  नेपालका कुन सरकारी, गैह्सरकारी र निजि संघसंस्थामा प्रयोग भएको छैन र ? वित्तिय, स्वास्थ्य, व्यापारिक, शैक्षिक संस्थादेखि लिएर यसको प्रयोग नितान्त निजि काममा समेत भएको छ । त्यसैले नेपाल प्रविधिको विश्वव्यापीकरणको प्रभावबाट कत्ति पनि अछुतो छैन । 
परिचय
    अहिले कम्प्युटर प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गइरहेका छन् । तर कम्प्युटरको प्रयोग र यसबाट प्राप्त हुने लाभका साथै यसको असर पनि कम छैन । उचित व्यवस्थापन र सतर्कताको अभावमा अहिले धेरै कम्प्युटर प्रयोगकर्ताहरुको स्वास्थ्यमा नराम्ररी असर पर्न थालेको पाइन्छ । किनकि  निरन्तर लामो समयसम्म अर्थात् दिनहुँ तीन घन्टाभन्दा बढी कम्प्युटरको प्रयोग गर्दा प्रयोगकर्ताको आँखामा कम्प्युटरले प्रत्यक्ष प्रतिकूल असर गरेको उदाहरण प्रशस्तै छन् । यसरी कम्प्युटरका कारण आँखामा र आँखाको दृष्टिमा पर्न जाने असरलाई “कम्प्युटर भिजन सिन्ड्रोम (Computer Vision Syndrome)” बोलिचालीको भाषामा आँखाको आँशु सुक्ने रोग भनिन्छ ।

कारण र लक्षण  
   कम्प्युटरमा काम गर्दा लामो समयसम्म अर्थात् दिनहुँ तीन घन्टाभन्दा बढी मोनिटरमा हेरिरहँदा आँखा अगाडि स्वाभाविक तवरले आउने आँसुको पातलो पत्र(लेयर) सुकेपछि यस्तो रोग लाग्ने गर्छ । एक स्वस्थ मानिसले सामान्यतयाः प्रतिमिनेट १५ देखि २० पटकसम्म आँखा झिम्क्याउने गर्छ तर कम्प्युटरको स्क्रिनमा उसको आँखा पर्न गएपछि उक्त दर घटेर ५ पटक प्रति मिनेट हुन जान्छ । यसै कारण आँशुको माध्यमबाट आँखाको बाहिरी सतह चिसो, ओसिलो, सफा र तन्दुरुस्त पार्ने कामका ह्रास आउँछ । अनि आँखा सुख्खा हुन गई अनेकाअनेक समस्याहरु देखिन थाल्छन् । वास्तवमा प्रकाश, आँखाबाट मोनिटर सम्मको दुरी, बस्ने  कुर्सी, चस्माको पावरको उचित वयवस्थापन हुन नसक्दा यस्तो समस्या देखा पर्न सक्छ । त्यसपछि उक्त रोग लागेको व्यक्तिलाई आँखा दुख्ने, पोल्ने, सुख्खा हुने, आँशुको अभाव हुने, धमिलो हुने, आँखा धेरै थाक्ने, प्रकाशसँग आँखा अति सम्वेदनशील हुने, टाउको, बाहुला, घाँटी र ढाड दुख्ने, बान्ता हुने जस्ता लक्ष्यणहरु देखा पर्न थाल्छन् ।

समाधान
आँखाको जाँच नगरिकन अथवा नेत्र विशेषज्ञको सल्लाहबिना पावरवाला चस्मा कम्प्युटर प्रयोग गर्ने प्रयोगकर्ताले प्रयोग नगर्ने । सकभर चस्माको प्रयोग नगर्ने ।
आँखा कम्प्युटरको मोनिटरदेखि २०–२५ इन्चको दुरीमा राख्ने र आँखा मोनिटरको बीच भागमा हेर्ने गर्नुपर्दछ ।
आँखा कम्प्युटरको बीच भागभन्दा १५–२० डिग्री माथी हुनुपर्छ । मोनिटर कदापी आँखाभन्दा माथी हुनुहुन्न ।
कम्प्युटर कोठाको प्रकाश अत्याधिक बढी उज्यालो र कम प्रकाशको वा अँध्यारो पनि हुनुहुँदैन ।
कम्प्युटरको मोनिटरबाट निस्कने किरण तथा विकिरणको मात्रालाई नियन्त्रण गर्न एन्टि ग्लेयर स्क्रिन (Anti-glare screen) को प्रयोग गर्नुपर्छ ।
सि.आर.टि. (Cathod ray tube) मोनिटरले आँखामा बढी असर गर्ने हुँदा सकभर एल.सि.डि.(Liquid crystal display) मोनिटर प्रयोग गर्ने ।
कम्प्युटरको स्क्रिनको उज्यालोपना र गाढापन ठिक्क मात्रामा मिलाउने । सकभर सेतो पृष्ठभूमिमा कालो वा निलो अक्षरको प्रयोग गर्ने ।
कम्प्युटरको प्रयोग गर्दा बारम्बार आँखा झिम्क्याइ रहने ।
आँखाको अभ्यास गर्न २० – २० – २० को नियम लागु गर्ने । यो नियमानुसार प्रत्येक २० मिनेटको अन्तरालमा २० फिट (६ मिटर) परको वस्तु २० सेकेण्डसम्म आँखा झिम्क्याइ झिम्क्याइकन हेर्ने ।
कम्प्युटर प्रयोग गर्दा आरामदायी र दुबै हात आडेस लगाउन मिल्ने कुर्सीको प्रयोग गर्ने ।
कम्प्युटर प्रयोग गर्दा समय समयमा विश्राम लिने ।
कम्प्युटर भिजन सिन्ड्रोम रोग देखापरिसकेको अवस्थामा नेत्र चिकित्सकको सल्लाह बमोजिम आँखामा राख्ने नक्कली आँशु (Lubricating eye drop) प्रयोग गर्ने ।

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...