मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
विचार, साहित्य, सिर्जना र जानकारीको संगम स्थल यो साझा चौतारी / Sajha Chautari मा तपाईंलाई हार्दिक स्वागत छ......कृपया आफ्नो अमूल्य सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद......यदि तपाईंहरू पनि यो साइटमा भएका विषयवस्तुहरूसँग सम्बन्धित आफ्ना लेख रचनाहरू पोष्ट गर्न चाहनुहुन्छ भने तल View my complete profile मा दिइएको E-mail ठेगानामा पठाउनुहुन अनुरोध गर्दछु ......

Thursday, July 19, 2012

के तपाईको मोबाइलले नेपाली युनिकोड Read गर्छ?

   सूचना प्रविधिको विकाससँगसँगै वर्तमान समयमा नेपालमा पनि मोबाइल नेटवर्कको विस्तार उल्लेख्य मात्रामा भएको कुरालाई कसैले नकार्न सक्दैन त्यहीँ मोबाइल नेटवर्कको विस्तारसँगै GPRS, 3G Service जस्ता द्रुत गतिका इन्टरनेट सुविधाको पनि विकाश भएकै तसर्थः हिजोआज मोबाइल फोनबाटै इन्टरनेट चलाउनेहरूको संख्या पनि उल्लेख्य अझ झन् नेपाली युनिकोडको विकासले इन्टरनेटको दुनिँयामा अंग्रेजी भाषाको मात्रै अधिपत्य समाप्त पारिसकेको फलस्वरुप अहिले इन्टरनेटमा नेपाली भाषाका बढीभन्दा बढी वेवपेजहरू पनि बनिसकेका छन् अझ अहिले झन् सामाजिक सञ्जालहरूमा समेत व्यापक रुपमा नेपाली भाषाकै प्रयोग भएको पाइन्छ त्यसैले यदि तपाईको मोबाइलले नेपाली भाषामा लेखिएको अक्षर पढ्न सकेन भने के गर्ने ? आज त्यहीँ समस्याको समाधानको बारेमा चर्चा गर्नेछु

   सामान्यतया नेपाली भाषा नचिन्ने मोबाइलमा नेपालीभाषा चिन्ने बनाउन कि मोबाइलकोफर्म वेयरह्याक गर्नु पर्‍यो, कि मोबाइलमाल्याङ्वेज प्याकहाल्नु  पर्‍यो  तर यी दुबै तरिका अत्यन्तै जटिल संवेदनशील पनि भएकाले निश्चित रुपमा प्राविधिक ज्ञान हुनु आवश्यक त्यसकारण तपाईहरूलाई एउटा अर्कै अत्यन्तै सरल सजिलो उपायबारे बताउँदै छु जुन निःशुल्क मोबाइल सफ्टवेयरको प्रयोग गरी मोबाईल ब्राउजरलाई नेपाली भाषा मैत्री बनाउन सकिन्छ
   यदि तपाईको मोबाइले युनिकोड (नेपाली) सपोर्ट गर्दैन भने तपाईको मोबाइलमा नेपाली युनिकोड भएको साइट खोल्दा नेपाली अक्षरहरु ְֻ֔” वा "" जस्तो मात्रै देखिन्छन् यसरी पढ्न नमिल्ने बक्स -बक्स वा चिन्हरु जस्ता मात्रै भएर देखिने अक्षरलाई पढ्न मिल्ने बनाउन निम्न प्रक्रियाहरू अपनाउनुहोला
. सबैभन्दा पहिले तपाई आफ्नो मोबाइलमा Opera Mini डाउनलोड गरी इन्स्टल गर्नुहोस् । 
   त्यसको लागि कम्युटर ब्राउजरबाट यहाँ वा यहाँ गएर सिधैँ आफ्नो मोबाइलको ब्रान्ड   
  मोडेल अनुकुलको सफ्टवेरयर डाउनलोड गर्न सक्नुहुनेछ अथवा तपाईले आफ्नो मोबाइलबाटै             
  पनि सिधै Opera Mini डाउनलोड गरी इन्स्टल गर्न सक्नुहुनेछ।
. अब मोबाइलमा भएको Opera Mini खोल्नुहोस् एड्रेसबारमा about:config टाइप गर्नुहोस्
  इन्टर दबाउनुहोस्
. अब खुल्ने पेजलाई स्क्रोल गर्नुहोस् तलतिरको  “Use bitmap fonts for complex scripts”
  भन्ने विकल्पमा हेर्नुहोस्
. सो विकल्पको पछाडि भएको "No" लाई "Yes" गर्नुहोस् Save गर्नुहोस्  त्यसपछि ब्राउजर
   रिस्टार्ट गर्नुहोस् 
अब तपाईको मोबाइल ब्राउजरमा  नेपाली अक्षर देखिनेछन् । यदि ब्राउजरमा देखिने अक्षरहरु साना वा ठूला भएमा तपाई त्यसलाई आफ्नो अनुकुल बनाउन पनि सक्नुहुन्छ। त्यसको लागि Opera Mini खोल्नुहोस् अनि Menu हुँदै Tools>Setting>Font size: Small/Medium/Large/Extra large मध्ये कुनै एक छान्नुहोस् ।
                                                                                 सन्दर्भ सामग्री 

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...