मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
विचार, साहित्य, सिर्जना र जानकारीको संगम स्थल यो साझा चौतारी / Sajha Chautari मा तपाईंलाई हार्दिक स्वागत छ......कृपया आफ्नो अमूल्य सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद......यदि तपाईंहरू पनि यो साइटमा भएका विषयवस्तुहरूसँग सम्बन्धित आफ्ना लेख रचनाहरू पोष्ट गर्न चाहनुहुन्छ भने तल View my complete profile मा दिइएको E-mail ठेगानामा पठाउनुहुन अनुरोध गर्दछु ......

Tuesday, July 10, 2012

विशेष परीक्षा(Special Curriculum 2069)को परीक्षाफल प्रकाशित

उच्च माध्यमिक शिक्षा परिषदले १० महिने तालिमप्राप्त झण्डै १८ हजार शिक्षकका लागि तयार पारिएको विशेष पाठ्यक्रमको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । उक्त परीक्षा २०६८ कात्तिक १७ देखि २३ गतेसम्म भएको थियो । 
सरकारले एसएलसी मात्रै उत्तीर्ण गरी १० महिने तालिम लिएका शिक्षकहरुलाई छोटो र सहज प्रकि्रयाबाट कक्षोन्नती गर्ने भन्दै २०६५ सालबाट विशेष पाठ्यक्रम र कक्षाको व्यवस्था गरेको थियो । त्यतिवेला शैक्षिक जनशक्ति विकास केन्द्रको पहलमा १० महिने तालिमप्राप्त शिक्षकलाई कक्षा ११ को मान्यता दिदैँ कक्षा १२ को मात्रै परीक्षा दिए पुग्ने व्यवस्था गरेको थियो ।
सोही अनुरुप २०६५ मंसिरबाट सुरु भएको पहिलो व्याजको परीक्षा २०६६ माघमा लिइएको थियो । तर पहिलो व्याचको परीक्षार्थी बनेका शिक्षकले परीक्षाको मर्यादा नाघेर चिट चोरेपछि नतिजा प्रकाशनमा परिषद्ले बर्षदिन लगाएको थियो । त्यतिबेला अनुत्तीर्ण भएका परीक्षार्थीको पनि परीक्षा कात्तिक १७ गतेदेखि नै भएको थियो । 
पहिलो वर्ष देशभरका २५० वटा विद्यालयमा अध्ययनरत झण्डै साढे १३ हजार शिक्षक परीक्षामा सम्मीलित भएपनि झण्डै साढे पाँचहजार मात्रै उत्तीर्ण भएका थिए । 

                                              मार्कसिटसहितको नतिजा हेर्न
                                                           यहाँ जानुहोस्
                                                                अथवा
                                                          यहाँ जानुहोस्

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...