Pages

Sunday, January 20, 2013

प्रेम प्रस्ताव स्विकृत गरिदिने सम्बन्धमा

    मिति : २०६९।१०।०७
ठेगाना : सन्देश कन्तुर, फेसबुक ।

बिषय : प्रेम प्रस्ताव स्विकृत गरिदिने सम्बन्धमा ।

सुश्री ... ज्यू,
महोदया,

             उपरोक्त सम्बन्धमा वैद्युतिक गणक स्थायी घर भई हाल फेसबुकमा बसोबास गर्दै आएको म ... ले तिमीसँग प्रेम गर्न खोजेको व्योहोरा अवगत नै छ । साथै तिमीसँग मेरो साँचो प्रेम गर्ने उत्कट चाहना भएतापनि तिम्रो समसाथ हासिल गर्न नसक्दा मलाई यहाँ अति बेचैनी बढेको  कुरा पनि सर्वविदितै छ ।  यसकारण तिमीसँग प्रेम गर्नाका खातिर औपचारीक रुपमा यो प्रेमपत्र स्विकृतीका लागि पठाएको छु । यथासक्य यस पत्र उपर सकारात्मक पहल गरिदिनुहुन त्यहाँ स्थित तिम्रो अन्तर्मनलाई यस ब्लगपोस्ट मार्फत निवेदन गर्दछु । धन्यवाद ...

निवेदक
......
बोधार्थ
ससुरा बा र सासु आमा
जेठान साप र
अन्य सम्बन्धित पारिवारिक सदस्यहरु ।

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...