मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
विचार, साहित्य, सिर्जना र जानकारीको संगम स्थल यो साझा चौतारी / Sajha Chautari मा तपाईंलाई हार्दिक स्वागत छ......कृपया आफ्नो अमूल्य सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद......यदि तपाईंहरू पनि यो साइटमा भएका विषयवस्तुहरूसँग सम्बन्धित आफ्ना लेख रचनाहरू पोष्ट गर्न चाहनुहुन्छ भने तल View my complete profile मा दिइएको E-mail ठेगानामा पठाउनुहुन अनुरोध गर्दछु ......

Thursday, January 12, 2012

दरौंदी मोटरेवल पुलको निर्माण कार्य सम्पन्न

विगत चार वर्ष अघि देखि गोरखा नगरपालिकाको छेवेटार र खोप्लाङ गाविस जोड्ने  एक मात्र निमार्णधिन दरौंदी मोटरेवल पुलको निर्माण कार्य  हालै मात्र सम्पन्न भएपछि गत शुक्रबार दिउँसो गोरखा क्षेत्र नं. २ का सभासद् समेत रहेका प्रधानमन्त्री डा. बावुराम भट्टराईले पहिले रिवन काटेर र त्यसपछि आफ्नो मुस्ताङ म्याक्स गाडी पुल माथी ओहोर दोहोर गराएर उद्घाटन गरेका छन् । पुलको उद्घाटन सँगै उक्त पुल सवारि साधन आवत जावतका लागी पनि शुक्रबारबाटै खुला गरिएको छ । २०६५ जेठबाट निर्माण कार्य शुरु भएको गोरखा सदरमुकाम र पश्चिमी क्षेत्र नं. २ लाई जोड्न दरौंदी नदि माथि बनेको उक्त पुलको लम्बाई ८७ मिटर लामो छ ।
ठेकेदारको ढिलासुस्ति कर्मचारी सरुवा र विवादका कारण लामो समय देखि निमार्ण कार्य रोकिएको दरौंदी पुलको उद्घाटन पश्चात् पश्चिमी गोरखाका गाउँ गाउँमा खुसिको वर्षा पनि भएको छ । उद्घाटन कार्यक्रममा खुलियाली साटासाट गर्न गाउँ गाउँबाट सयौ सर्वसाधारण छेपेटार पुगेका थिए ।
पुल निमार्ण कार्य करिब ५ करोड रुपैयाँमा सम्पन्न भएको निमार्ण कार्यमा संलग्न प्राविधिकहरुले बताएका छन् । उक्त पुलको निमार्ण कार्य पुरा भएर संचालनमा आएपछि गोरखाको पश्चिमी भेगका बासिन्दा र वारपाक, लाप्राक, गुम्दा लगायतका केहि गाविसका बासिन्दाहरुमा समेत खुसियाली छाएको छ । अँझ दरौंदी नदि तारेर यातायात सेवा दिँदै आएका यातायात व्यवसायीहरु खर्च र समय दुबैको बचत हुने भए पछि झनै दङग छन् । 
पुलाभावका कारण हिउँदका महिनामा मात्र संचालन हुँदै आएका यातायात अब पश्चिमी गोरखाका ग्राभेल सडकको पहुँच भएका गाउँ बस्तीहरुमा सजिलै बाह्रै महिना पुग्न सक्ने भएका छन् । यससँगै गोरखा जिल्लाका गाउँ गाउँमा मोटरेबल कच्चि सडकहरु विस्तार भएपछि ग्रामिण भेगबाट संचालन हुने यातायात सेवामा समेत बृदि भएको छ ।

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...