मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
विचार, साहित्य, सिर्जना र जानकारीको संगम स्थल यो साझा चौतारी / Sajha Chautari मा तपाईंलाई हार्दिक स्वागत छ......कृपया आफ्नो अमूल्य सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद......यदि तपाईंहरू पनि यो साइटमा भएका विषयवस्तुहरूसँग सम्बन्धित आफ्ना लेख रचनाहरू पोष्ट गर्न चाहनुहुन्छ भने तल View my complete profile मा दिइएको E-mail ठेगानामा पठाउनुहुन अनुरोध गर्दछु ......

Thursday, September 8, 2011

"वासु स्मृति दिवस"

   माओवादी जनयुद्घको मोर्चामा नेतृत्वदायी भूमिका बहन गर्ने क्रममा उच्चतहको शहादत प्राप्त बैकल्पिक पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले (वासु) को विशेष सम्मानमा १२ औँ "वासु स्मृति दिवस" यहि भाद्र २३ गते शुक्रबार ऐतिहासिक जिल्ला गोरखाको हरमटारी स्थित खेलकुद मैदानमा हुन गइरहेको छ ।  उक्त स्मृति सभालाई सम्बोधन गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष, तीन उपाध्यक्ष र महासचिव सहित ५ जना उच्चतम् पदाधिकारी उपस्थित हुने बिशेष कार्यक्रम पनि  तय भएको  छ ।
    दश वर्षे माओवादी सशस्त्र जनयुद्धमा गोरखाले थुप्रै चिज गुमाएको छ, दिलबहादुर रम्तेलदेखि क. सुरेश वाग्ले (वासु) सम्मका आम सर्वहारा जनसमुदायको मुक्तिको लागि लड्ने महान् वीर योद्घा गुमाएको छ । तर गोरखाले थुप्रै कुरा कमाएको पनि छ, जेलब्रेककी बहादुर महिला सेनानी उमा भुजेलदेखि शिखरसम्मै पुगेको विद्रोहको चेतसम्म । पछिल्ला दिनमा त झन् नेपालकै सर्वोच्च कार्यकारी प्रमुख प्रधानमन्त्री, उपप्रधानमन्त्री सम्म कमाएको छ । हो यतिबेला गोरखा खोप्लाङमा जन्मिनु भएका वि. सं. २०२६ सालका एस् एल् सी बोर्डफस्ट, बौद्घिक जगत्का अन्तराष्ट्रिय बिम्ब तथा वर्तमान सरकारका प्रधानमन्त्री क. बाबुराम भट्टराई “लालध्वज” र गोरखा जौवारीमा जन्मिनु भएका वर्तमान सरकारका उपप्रधान एवम् परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता नारायणकाजी श्रेष्ठ “प्रकाश” दुवै गोरखा क्षेत्र नं. २ का हुनुहुन्छ । उहाँहरू नेपालको सवैभन्दा ठूलो पार्टी एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका शीर्षस्थ पदाधिकारी समेत हुनुहुन्छ ।
   गोरखा नयाँ र युगीन परिवर्तनको सारथी बन्ने कुरामा जति विश्वस्त छ त्यसभन्दा बढी विश्वस्त यहाँका जनता छन् । गोरखा जिल्ला यही जिल्ला हो जहाँ जनयुद्ध तयारीको अन्तिम बैठक बसेको थियो । त्यही ऐतिहासिक बैठकद्वारा लिईएको पहलकै कारण नेपालको सर्वहारा वर्गीय आन्दोलन यहाँसम्म आइपुगेको हो । एकीकृत नेकपा माओवादीले आफ्नो जीवनकालमा चमत्कार र छलाङ् मार्न पनि सफल भएको हो ।
   क्रान्ति र बलिदानका बीच अभिन्न अन्तरसम्बन्ध हुन्छ । अमर वीर शहीदहरुले हामीलाई सदैव क्रान्तिको वाटोमा लागिरहन अनन्त उत्प्रेरणा र उर्जा प्रदान गर्दै आएका छन् ।  महान् जनयुद्धलाई रणनीतिक सन्तुलन र प्रत्याक्रमणको तयारीको अवस्थामा पनि महान् अमर शहीदहरुको अविस्मरणीय योगदान रहेको कुरा कसैका सामु लुक्न सक्दैन । उनीहरूकै बलबुताले प्रतिरोध र विद्रोहलाई माओवादीले गुणात्मक रुपले शसक्त पारेको थियो ।
   जनयुद्धको क्रममा उच्च शहादत प्राप्त एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका तत्कालिन वैकल्पिक पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले (वासु) को जन्म गोरखाको आँपपिपल गा.वि.स. –५ स्थित रातडाँडा भन्ने गाउँमा वि.सं. २०१० साल भाद्र २४ गते बुधबारका दिनमा स्वर्गीय पिता भोजराज वाग्लेका जेष्ठ सुपुत्रका रुपमा स्वर्गीय माता दुर्गादेवी वाग्लेको कोखवाट भएको थियो । गरिव किसान परिवारमा जन्मिएका क. सुरेश बाल्यावस्थामा भौतिक रुपमा अत्यन्तै कमजोर तर कुशाग्रबुद्धिका थिए । ६ वर्षको उमेरमा संस्कृत शिक्षा पढ्नका लागि मावली घर गोरखाकै बक्राङ गएका क. वासुले त्यही मामा घरमै वसेर साहिला हजुरवा श्री गणेश प्रसाद अर्याल (काना गुरु) सँग कक्षा ७ बराबरको औपचारिक शिक्षारम्भ हाँसिल गरेका थिए । पछि वि. सं. २०२४ सालमा काठमाडौंमा आएर रानीपोखरी स्थित भानु मा.वि. बाट कक्षा ८ मा मध्यमा द्धितिय श्रेणीमा उत्तिर्ण गरे । त्यसैगरि रानीपोखरी संस्कृत छात्रवासमा बसेर वि. सं. २०२८ सालमा वाल्मीकी क्याम्पसवाट उत्तर मध्यमा र वि. सं. २०३० सालमा शास्त्री सम्मको अध्ययन पनि नियमित रुपमा पूरा गरेका थिए ।
   त्यसैक्रममा वि. सं. २०२७ सालबाटै उनी नेपाल र नेपालीको मुक्तिको लागि र देशीय सामन्तवादी, संशोधनवादी पूजिवादी शासकहरु, स्वतन्त्र राष्ट्रको सार्वभौमसत्तामाथि नाङ्गो हस्तक्षेप गर्ने भारतीय विस्तारवादी शासकवर्ग र अमेरिकी साम्राज्यवादका विरुद्ध लड्ने एकमात्र क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी प्रति आकर्षित हुनपुगेका थिए । त्यतिबेलै उनले द्धन्द्धात्मक ऐतिहासिक भौतिकवाद, कम्युनिष्ट घोषणा पत्र, माक्र्सवादी शिक्षा र लेनिनका क्रान्तिकारी ग्रन्थहरुको अध्ययन गर्नुका साथै माओका संकलित रचनाहरुको समेत अध्ययन गरेर आफूलाई पनि समाज परिवर्तनको महान् क्रान्तिकारी बाटोमा दौडाइ सकेका थिए । सृजनशील क्षमता र सहि विश्लेषण गर्न सक्ने तागत भएका क. वाग्ले विद्यार्थी अवस्था देखि क्रान्तिकारी संगठन (गण्डकी विद्यार्थी परिषद्) मा आवद्ध भई त्यसको सचिव समेत भएका थिए । उनले त्यसबेला गण्डकी विद्यार्थी संगठनको मुखपत्र लालुपातेमा म्याक्सिम गोर्कीको बारेमा संश्लेषणात्मक लेख समेत छपाएका थिए ।
   वि. सं. २०३१ सालमा आफ्नै गृह जिल्ला गोरखा फर्किएर वि. सं. २०३२ मा आफ्नै गाउँ आँपपीपलको जनता मा. वि. मा शिक्षण पेशामा आवद्ध भएतापनि क. वाग्ले तत्कालिन ने.क.पा. मसालमा आवद्ध भई सकेका थिए । उनी नै आँपपिपल क्षेत्रमा कम्युनिष्टहरुको बिजारोपण गर्ने पहिलो व्यक्ति पनि हुन् । वि. सं. २०३४ सालमा नेकपा चौमको पार्टी सदस्यता लिएका वाग्ले तत्कालिन शिक्षकहरुको छाता संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन तदर्थ समिति गोरखाको सचिव पदमा वि. सं. २०३६ सालमा उनी लगभग गोरखामा क्रान्तिकारी शिक्षकको नेता बनि सकेका थिए ।
   वि. सं. २०३५/३६ साल तिर गोरखाको हंसपुर गाविसको ज्ञान ज्योति मा.वि. मा सरुवा भएका क. सुरेश वाग्लेसँग त्यहाँ टुक नाथ अधिकारी, तुलसी खनाल , विन्देश्री यादव, ऋषि अधिकारी आदि सरहरु कार्यरत थिए । दिउँसो उनीहरु विद्यालयको शिक्षणलाई अनुशासित ढंगले अगाडी बढाउदै विहान र बेलुका स्थानिय जनताहरुलाई अन्याय र अत्याचारको विरुद्ध गोलबन्द गराउदै गरिव र निमुखाको राज्य ल्याउने माक्र्सवादी शिक्षाले प्रशिक्षीत र संगठीत गर्दै लान्थे । उनीहरुका यस्ता क्रान्तिकारी गतिविधिहरुलाई  पंचायतका भरौटेहरुले देखि सहेनन् । अनेक बाहना बनाएर यी संगठित शिक्षकहरुलाई पंचका भरौटेबाट षड्यन्त्रमुलक ढंगले तितरवितर बनाइयो । क. वाग्ले पुन: जनता मा. वि. आँपपीपलमै सरुवा भए । त्यसपछि विद्यार्थीका कलिला दिमागमा ज्ञानको ज्योतिको सट्टा दमन, पक्षपात, पिडा र यातना दिइयो । कांग्रेसको भर्तीकेन्द्र बनेर विरोधी ( अखिल) विद्यार्थीहरुलाई झुट्टा आरोप लगाउने, यातना दिने, २–३ वर्ष नियोजित ढंगले फेल गरिदिने गुण्डा लगाएर पिटाउने, खेद्ने जस्ता अत्यन्तै बर्बर दमन गरियो । पिडा सहेर ज्ञान ज्योतिमा अखिलका विद्यार्थीहरुले आफ्नो अध्ययनलाई अगाडी बढाए । धेरै प्रतिकार गरेमा आफ्नो भविष्य नै खत्तम हुने डरले धेरै विद्यार्थीहरु त्राहीत्राहीमा पढ्न विवश भए ।
   वि. सं. २०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको पहिलो जिल्ला अधिवेशनमा सचिव पदमा क. वाग्ले निर्वाचित हुनपुगे । त्यसपछि उनी ने.रा.शि.संगठन गोरखाबाट केन्द्रीय प्रतिनिधि बने । ने.रा.शि.संगठनको प्रत्येक बैठकमा उनी पार्टीको लाइन लिएर जान्थे र प्रस्तावित त्यो लाइनको सही विश्लेषण गरी बैठकमा पास गराउने अग्रिम रोल खेल्थे । यसरी यस क्षेत्रमा कम्युनिष्टको नेतृत्व गरेकै कारणले तत्कालिन पञ्चे सरकारले उनलाई अस्थायी शिक्षकको रुपमा रहन बाध्य पारिरह्यो । स्थायी हुनै दिएन ।
   आफ्नो घरायसी र व्यक्तिगत समस्यालाई उनी शिक्षक संगठन र कम्युनिष्ट पार्टीको समस्याको तुलनामा जहिले पनि गौण ठान्थे । पार्टी र संगठनको समस्यालाई प्रधान समस्याको रुपमा लिन्थे । वि. सं. २०४१ सालमा गोरखा जिल्लाका तत्कालिन पञ्चेका दुतहरुले उनलाई “ने.रा.शि. संगठनबाट राजीनामा दिए मा.वि. स्थायी शिक्षक बनाईदिन्छौं, बरु स्थायी भएपछि तपाई पुनः ने.रा.शि. संगठनको जिम्मेवार सदस्य भएपनि त्यसमा हामीलाई कुनै मतलव छैन र तपाईले राजीनामा दिएको कुरा पनि गोप्य राख्छौं” भन्दा पनि क. वाग्ले ने.रा.शि.संगठनमा रहेर अस्थायी नै बस्नु परेपनि ठीक छ, म आफ्नो नैतिकतालाई धरौटी राखेर स्थायी शिक्षक बन्ने मेरो नैतिकताले दिंदैन भनि पञ्चेका दुतहरुको प्रस्तावलाई सिधै अस्विकार गरेका थिए ।
   कठोर साधना र तपस्यापछि वि. सं. २०४६ र ४७ को आन्दोलन पछि उनी स्थायी शिक्षक बन्न पुगे । १७ वर्षसम्म शिक्षण पेशामा अविच्छिन्न सेवा गरेका वाग्लेलाई पञ्चायती शासकहरुले त्यसबेला सम्म स्थायी हुन दिएका थिएनन् । उल्टै उनले “उग्रवादी” को विल्ला भिर्नुपरेको थियो । उग्रवादी आरोपकै कारण वि. सं. २०३६ सालमा प्रहरी खोरमा परेका कारण उनी स्थायी हुन पाएका थिएनन् ।
   वि. सं. २०४७ सालमा जेलबाट छुट्दा के.पी.ओलीको प्रभावका कारणले तत्कालीन मालेमा प्रवेश गर्ने समयमा वाचस्पति देवकोटाल “अब यो एकता केन्द्रले नेपाली कम्युनिष्ट आन्दालनको सहि नेतृत्व दिन सकेन, एकता केन्द्रमा रहेर नेपाली समाजको क्रान्तिकारी परिवर्तन गर्न सकिदैन, बरु नेपाल कम्युनिष्ट पार्टी माले तुलनात्मक रुपमा बढी क्रान्तिकारी भएकोले तपाई हामी मालेमा प्रवेश गरौं, प्रायः सबै गोरखालीहरु मालेमा प्रवेश गर्दैछन् भनी उनीसँग कुराकानी गर्दा क. वाग्लेले “अहिले आत्तुरी गरेर मालेमा प्रवेश नगरौं, यहि एकता केन्द्रमा बसेर आफूलाई चित्त नबुझेको विषयमा छलफल गरौं, बहस चलाउ, पार्टीमा देखिएका समस्याहरु वहस गरी द्वन्दात्मक पाराले हल गरौँ” भनि जवाफ दिएका पनि थिए रे । तर वाचस्पतीले मानेनन् र उनी नेकपा एकता केन्द्र परित्याग गरी मालेमा प्रवेश गरे ।
   वि. सं. २०४७ सालको प्रतिनिधि सभाको चुनावमा एकता केन्द्र मसालले चुनाव उपयोग गर्ने उद्देश्यले डा. बाबुराम भट्टराईको संयोजकत्वमा बनाएको पार्टीको वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालको तर्फबाट उनलाई गोरखा क्षेत्र नं.­२ को उम्मेदवारमा  छनौट गर्‍यो । चुनावी कलाको अभावमा उनी उक्त चुनावमा १३,६७८ मत ल्याई झिनोमतले तत्कालिन नेपाली काँग्रेसकी उम्मेदवार मैयादेवी श्रेष्ठबाट पारजित भए । चुनावमा पराजित भएपछि उनी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मशालको पूर्णकालिन कार्यकर्ता बन्न पुगे ।  त्यसै वर्ष उनी जिल्ला पार्टी सचिवमा चुनिए ।
   वि. सं. २०४८ सालबाट २०५२ सालसम्म क. वाग्ले नेकपा माओवादी गोरखाको जिल्लाको नेतृत्व तहमा थिए । माक्र्सवादको गहिरो अध्ययनले उनको उचाइ धेरै माथि पुगिसकेको थियो । माक्र्सवाद, लेनिनवाद र माओवाद प्रति पूर्ण आस्था विश्वास गर्दै यसलाई नै आफ्नो पथप्रदर्शक सिद्धान्तको रुपमा मान्दै नेकपा माओवादीको कार्यदिशा अनुकूल नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको ध्येय र उद्देश्य हासिल गर्नको लागि आफ्नो महान् जिम्मेवारी पूरा गर्न उनी वि. सं. २०५२ साल फागुन १ गतेबाट नेकपा माओवादीले थालेको महान् कार्यव्रक्रम शसस्त्र जनयुद्धमा लागि सोही दिनबाट भुमिगत भएका थिए ।  गोरखा, रोल्पा, सिन्धुली, रामेछापलगायताका जिल्लाबाट सुरु भएको जनयुद्धको झिल्कोलाई देशव्यापी विस्तार गर्दै पार्टीको महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने, नेपालको इतिहासमा पुरानो निरङ्कुश सामन्ती राजतन्त्रात्मक राज्यसत्ता ध्वंस गर्दै नयाँ जनवादी राज्यव्यवस्थाको स्थापना गर्ने, क्रान्तिलाई नेपाली भुमिमा विकास गर्ने योजनाकारहरु मध्ये महान योजनाकार भएकोले उनलाई त्यसै क्षमताको कारणले नै वि. सं. २०५५ मा नेकपा माओवादीले पोलिट्व्युरोको वौकल्पिक सदस्य बनाएको थियो ।
   विं सं. २०५६ भदौमा पार्टीको सि.सि. को पूर्ण वैठक पछि पार्टीकै कामको सिलसिलामा एक प्लाटुन कमाण्डर भीमसेन पोखरेल (केन्द्रीय सदस्य उमा भुजेलका श्रीमान्) र एक महिला प्लाटुन सदस्य बीनासँग गोरखा जाने क्रममा भाद्र २३ गते छोप्राकका नेपाल प्रहरीको स्पेशल कमाण्डो फोर्ससँग जम्काभेट भयो । त्यसपछि घेरा तोड्न खोज्दा उनीसँगै रहेका प्लाटुन कमाण्डर भीमसेन पोखरेलको गोली लागेर मृत्यु भयो । प्लाटुन सदस्य बीना घाइते भए पनि भाग्न सफल भइन् । क. वाग्ले उपल्लो गाँखुमा प्रहरीको कब्जामा परे । पक्राउ परेपछि उनलाई आत्मसमर्पण गर्न र आफ्नो परिचय खुलाउन भनिएको थियो तर नमानेपछि वाग्लेलाई पनि त्यही गोली हानी प्रहरीले हत्या गरेको थियो ।
   आज तिनै क. सुरेश वाग्ले लगायतका तत्कालिन अग्रजहरुले रोपेको शिक्षक संगठनको विरुवा आज सम्म धेरै तुसारो , असिना , हिमपात, हुरी बतास आदि सहेर अहिले एक सुन्दर वृक्षमा विकसित भएको छ । यसलाई यो रुप सम्म ल्याउन धेरैले अमूल्य पसिना बगाएर यसलाई मलजल गर्नु भएको छ । यो सुन्दर वृक्ष प्रतिकृयावादीको आँखाको तारो बनेको छ ।
   अन्तमा महान् जनयुद्ध तथा सिङ्गो नेपाली क्रान्ति र विश्व र्सवहारा क्रान्तिको प्रतिक्रियामा वीरतार्पूण तथा उच्च शहादत प्राप्त गर्नु हुने सम्र्पूण महान् अमर शहीदहरुप्रति स¬सम्मान भावपूर्ण हार्दिक श्रद्धाञ्जली ।
 वीर शहीद ­ – लाल सलाम ...                                                             

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...