अबको युग निश्चित रूपमा AI (कृत्रिम बुद्धिमत्ता) को युग हुनेछ। जहाँ विज्ञान र प्रविधिको तीव्र विकाससँगै मनुष्यको कल्पनाशक्ति र मस्तिष्कले सीमितता पार गरिसकेको हुनेछ। एआईले मानव जीवनका लगभग सबै पक्षलाई अत्यन्तै गहिरो रूपमा प्रभावित गरिरहेको त छ नै, साथसाथै चुनौती पनि दिइनै रहेको छ। यदि कुनै पनि व्यक्ति एआईसँग जोडिएन भने अबको प्रतिस्पर्धात्मक संसारमा उसको अस्तित्व नै खतरामा पर्न सक्छ। एआईले परिवर्तनका नयाँ युगको ढोका खोलिसकेको छ, त्यसमा आफूलाई अनुकूल नगर्नु भनेको समयको लयसँग नचल्नु र पछाडि धकेलिनु जस्तै हो।
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutWednesday, March 12, 2025
भविष्यको शिक्षण प्रणाली— AI र HI को सम्मिलन!
Labels:
गृहपृष्ठ
Saturday, March 8, 2025
🌐अन्तर्राष्ट्रिय नारी दिवस: [स्वतन्त्रता, समानता र सशक्तीकरण]
जब मैले फेसबुक खोले तब बल्ल सम्झेँ—हो त, आज मार्च ८! अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस! नारी दिवसको मिति पहिले त थाहै थियो, तर ठ्याक्कै हिजोआज भने भुसुक्कै बिर्सेको रहेछु। जे होस् फेसबुकले आज पनि मलाई चाहिँ अर्को सम्झना दिलायो। हुन पनि फेसबुकका भित्ताहरू शब्दका फूलहरूले रंगिएका थिए, तस्बिरहरूले झनै उमङ्ग थपिदिएका थिए। हरेकजसो पोस्ट नारी दिवसका शुभकामनाले भरिभराउ थिए।
Labels:
विविध
Saturday, March 1, 2025
फेसबुकलाई तेस्रो चिठी
प्रिय फेसबुक,
![]() |
सर्वप्रथम कुशल रही कुशलताको अपेक्षा राख्दै फेरि पनि तिम्रो दीर्घायु र उज्ज्वल भविष्यको कामना गर्दै निश्चल, निर्मल र अटुट माया व्यक्त गर्न चाहन्छु। खै! कुन बिन्दुबाट सुरु गरौं? मेरो मानसपटलमा जिज्ञासा, भावना, सन्तुष्टि र स्नेहका अनेकौं छालहरू उर्लिए पनि खोई कुन्नी किन हो ? सबैको ध्वनि एकसाथ मिलेर शब्दका माध्यमबाट प्रस्फुटित हुन सकिरहेका छैनन्। कति शब्दहरू मनमै अड्केका छन् त, कति भावनाहरू अलमल्लमा परेका छन्। कुनै चिसो बिहानीको मिठो चियाको चुस्कीसँगै तिमीलाई सम्झेर बिताएका समयका सम्झनाहरूले मलाई फेरि गहिरो मुस्कान सँगै कुतकुती लागिहाल्यो। जे होस् तिमीलाई पत्र लेख्ने उत्कृष्ट अभिलाषा मेरो अन्तरात्मामा अंकुरित गराइदिएकोमा समय र परिस्थितिलाई धन्यवाद दिँदै तिमीप्रति आत्मागौरवको अत्यन्तै गहिरो अनुभूति राख्न चाहन्छु।
प्रिय फेसबुक,
अनन्त समयको निकै लामो अन्तरालपछि एउटा गहिरो र नपढिने प्रेमको भावनाले आज पुनः तेस्रो पत्र लेख्न प्रयासरत छु। थाहा छैन, यस पत्रमा के-के लेख्नेछु, कहाँ गएर टुङ्गिन्छ, र कसरी बिट मार्नेछु। तर एक कुरा स्पष्ट छ, यो पत्र लेख्दै गर्दा मेरा भावना, विचार, दृष्टिकोण, धारणा, जिज्ञासा, सुझाव र मायाका सौगातहरू अवश्य उजागर हुने नै छन्। यो पत्र मेरो भावनाको गहिराइ र समर्पणको एउटा अर्कै स्तरमा पुग्नेछ। हुन त फेसबुक! तिमी जस्तो शक्तिशाली र प्रभावशाली प्लेटफर्मको बारेमा बुझाउनका लागि कुनै विशेष शब्द र वाक्य प्रयोग गर्न सकिँदैन। तिमीलाई बखान गर्ने सबै शब्दहरू अपर्याप्त हुन्छन्, तर पनि म प्रयास गर्छु। जहाँ शब्दहरूले आफ्नो संकल्प बुझाउन सक्नेछन् भन्ने आशा राख्दै ती सम्पूर्ण विचारहरूलाई विलम्ब भए पनि अन्ततः स्पष्ट र प्रभावकारी रूपमा पत्रमार्फत व्यक्त गर्ने जमर्को गर्दछु। जसलाई तिमीले सहज रूपमा ग्रहण गर्नेछौ भन्ने अपेक्षा पनि राख्दछु।
Labels:
साहित्य
Sunday, March 17, 2013
के तपाईं पनि मोबाईलबाटै निशुल्क ईन्टरनेट फोन गर्नुहुन्छ ?
वर्तमान युग विज्ञान र प्रविधिको युग हो भन्दा कुनै अत्युक्ति हुने छैन । अझ सूचनाप्रविधिको क्षेत्रमा त झन् विश्वले निकै ठूलो छलाङ मारिसको छ । नेपालमा पनि सूचना प्रविधिको उच्चतम् विकास भैसकेको छ । यिनै प्रविधिको विकाश सँगसँगै अब तपाई मोबाईल फोनबाटै देश विदेशमा निशुल्क ईन्टरनेट फोन गर्नु सक्नुहुन्छ । दुवै तर्फ प्रविधिको पँहुच छ भने वाईफाई भएको वा राम्रो जिपीआरएस ईन्टनेट सुबिधा भएको मोबाईलबाट तपाई संसारभर निशुल्क कुरा गर्न सक्नु हुन्छ । आउनुहोस् अब यस किसिमको सुबिधा प्रदान गर्ने केही कहलिएका साईटहरुबारे चर्चा गरौँ ।
भाईवर (Viber):
यस एप्लीकेशनको साहायताले भिओआपी (Voice-Over-Internet-Protocal) प्रविधीबाट वाईफाई वा थ्रिजी (3G) प्रविधी नेटवर्कमा आवद्द भएको मोबाईलमा टेलीफोनमा कुरा गरे झै कुरा गर्न सकिन्छ । निशुल्क रुपमामा पाईने यो सफ्टवेयर एन्ड्रोईड (Android), ब्लाकबेरी (Blacj Berry), आईओस (IOS), सिम्बायोन (Symbion), विन्डोज मोबाईल (Windows Mobile), अपरेटिङ्ग सिस्टम (OS). जडान भएको मोबाईलमा ईन्सटल गर्न सकिन्छ । मोबाईलमा यो सफ्टवेयर ईन्सटल भए पछी प्रयोगकर्ताको मोबाईल नम्बरलाई यसले युजरनेम को रुपमा ग्रहण गर्दछ जसले गर्दा एप्लीकेशन सिन्क्रोनाईज (Synchronize) हुने यसको मुख्य सर्भरमा सम्पर्क स्थापित गरी तपाईको मोबाईल कन्ट्याक्ट लिष्टमा भएकाहरु मध्ये कसकसले पहिले नै भाईवर चलाई रहेका छन सो देखाउँछ र ति कन्ट्याक्टहरुसँग तपाई ईन्टरनेटको माध्यमबाट निशुल्क कुरा गर्न सक्नु हुन्छ । यसमा अन्य केही भिओआईपी (VOIP) सफ्टवेयर जस्तो कन्टयाक्ट जोड्न पर्ने, स्वीकृत नहुन्जेल पर्खनु पर्ने , छुट्टै सर्म्पर्क सूची बनउनु पर्ने जस्ता झन्झट हुदैन ।
भाईवर (Viber):

Labels:
विविध
Monday, January 28, 2013
कसरी बढाइन्छ फेसबुक स्ट्याटस वा फोटोमा "लाईक" ?

यहाँ कुरा गर्न खोजीएको likelo.com को बारेमा हो, जसबाट एउटा status वा photo मा ४०/४५ देखि १००/२०० सम्म लाईक सित्तैमा आफैँ बढाउन सकिन्छ ।
Labels:
जानकारी
Thursday, January 24, 2013
अब मोबाइलमै नेपाली अक्षर लेख्नुहोस्
तपाई हामीमध्ये धेरैले प्रयोग गर्ने मोबाईल
सेटहरुमा नेपाली अक्षर लेख्न मिल्दैन । किनकी प्रायः मोबाइल सेटहरुमा 'नेपाली' (प्राय: हिन्दी) Font Install गरीएको पाईंदैन ।
तर अब ढुक्क हुनुहोस् तपाईले आफ्नो जुनसुकै मोबाइलमा पनि मज्जाले नेपाली लेख्न सक्नुहुनेछ । बरु त्यसको लागि तपाईले आफ्नो मोबाइलमा सफ्टवेयर भने राख्नुपर्छ है ! त्यसैले यहाँ दुईओटा सफ्टवेयरहरुको जानकारी प्रस्तुत गरिएको छ । जसलाई प्राय
सम्पूर्ण Brand (विशेषत: Nokia) का Java तथा Symbian मोबाईल सेटहरुमा
प्रयोग गर्न सकिन्छ ।
Labels:
विविध
Sunday, January 20, 2013
प्रेम प्रस्ताव स्विकृत गरिदिने सम्बन्धमा
मिति : २०६९।१०।०७
ठेगाना : सन्देश कन्तुर, फेसबुक ।
बिषय : प्रेम प्रस्ताव स्विकृत गरिदिने सम्बन्धमा ।
सुश्री ... ज्यू,
महोदया,
उपरोक्त सम्बन्धमा वैद्युतिक गणक स्थायी घर भई हाल फेसबुकमा बसोबास गर्दै आएको म ... ले तिमीसँग प्रेम गर्न खोजेको व्योहोरा अवगत नै छ । साथै तिमीसँग मेरो साँचो प्रेम गर्ने उत्कट चाहना भएतापनि तिम्रो समसाथ हासिल गर्न नसक्दा मलाई यहाँ अति बेचैनी बढेको कुरा पनि सर्वविदितै छ । यसकारण तिमीसँग प्रेम गर्नाका खातिर औपचारीक रुपमा यो प्रेमपत्र स्विकृतीका लागि पठाएको छु । यथासक्य यस पत्र उपर सकारात्मक पहल गरिदिनुहुन त्यहाँ स्थित तिम्रो अन्तर्मनलाई यस ब्लगपोस्ट मार्फत निवेदन गर्दछु । धन्यवाद ...
निवेदक
......
बोधार्थ
ससुरा बा र सासु आमा
जेठान साप र
अन्य सम्बन्धित पारिवारिक सदस्यहरु ।
Labels:
विविध
Thursday, November 29, 2012
एसएलसी (2069) को समयतालिका प्रकाशित
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले २०६९ सालको एसएलसी परीक्षा (नियमित तथा एक्जेम्टेड) को समयतालिकासम्बन्धी सूचना प्रकाशित गरिसकेको छ । उक्त परीक्षाको तालिका यसप्रकार छ :
SLC Exam Routine - 2069
Exam Time :- 8:00am – 11:00am
Date
|
Day
|
Subjects
|
2069/12/01
|
Thursday
|
English
|
2069/12/02
|
Friday
|
Nepali
|
2069/12/04
|
Saturday
|
Math
|
2069/12/05
|
Monday
|
Science
|
2069/12/06
|
Tuesday
|
Social Studies
|
2069/12/07
|
Wednesday
|
EPH
|
2069/12/08
|
Thursday
|
Opt. I
|
2069/12/09
|
Friday
|
Opt. II
|
नोट : परीक्षासम्बन्धी कुनै कुरा स्पष्ट नभएमा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी (नोटिस बोर्ड नम्बर : १६१८०१६६३११४६, अथवा फोन नम्बरहरु ६६३०७३९, ६६३०८१९, ६६३००७०, ६६३११४६) मा सम्पर्क गर्न सकिनेछ । यो विवरण यहाँ पनि हेर्न सकिनेछ ।
Labels:
समाचार
Thursday, July 19, 2012
के तपाईको मोबाइलले नेपाली युनिकोड Read गर्छ?
सूचना र प्रविधिको विकाससँगसँगै वर्तमान समयमा नेपालमा पनि मोबाइल नेटवर्कको विस्तार उल्लेख्य मात्रामा भएको कुरालाई कसैले नकार्न सक्दैन । त्यहीँ मोबाइल नेटवर्कको विस्तारसँगै GPRS, 3G Service जस्ता द्रुत गतिका इन्टरनेट सुविधाको पनि विकाश भएकै छ । तसर्थः हिजोआज मोबाइल फोनबाटै इन्टरनेट चलाउनेहरूको संख्या पनि उल्लेख्य छ । अझ झन् नेपाली युनिकोडको विकासले त इन्टरनेटको दुनिँयामा अंग्रेजी भाषाको मात्रै अधिपत्य समाप्त पारिसकेको छ । फलस्वरुप अहिले इन्टरनेटमा नेपाली भाषाका बढीभन्दा बढी वेवपेजहरू पनि बनिसकेका छन् । अझ अहिले त झन् सामाजिक सञ्जालहरूमा समेत व्यापक रुपमा नेपाली भाषाकै प्रयोग भएको पाइन्छ । त्यसैले यदि तपाईको मोबाइलले नेपाली भाषामा लेखिएको अक्षर पढ्न सकेन भने के गर्ने त ? आज म त्यहीँ समस्याको समाधानको बारेमा चर्चा गर्नेछु ।
Labels:
विविध
Tuesday, July 17, 2012
फेसबुक सुरक्षाको उपाय
Facebook हिजोआज धेरैको दिनचर्या नै भएको छ भन्दा अत्युक्ति हुनेछैन | तर धेरैको दिनचर्या बनिसकेको यही Facebook ले गर्दा आज धेरैले नोक्सानी पनि व्योहोर्नु परेको छ | Facebook का जति सुबिधा र फाइदाहरु छन् त्यति नै मात्रामा तिनका बेफाइदाहरु पनि छन् | आजकाल दिनहुँ धेरै Facebook Account Hack (ह्याक) हुने गरेका छन् | अस्लिल सामग्रीहरु पोस्ट गरि अरुलाई tag गरिदिने क्रम बढेर पनि धेरै प्रयोगकर्ताहरुले हैरानी बेहोर्नु परेको तीतो यथार्थ हामीसँग छँदै छ | यसर्थः Facebook लाई सुरक्षित राख्न निक्कै गाह्रो हुँदै आइरहेको छ | हुन त FACEBOOK ले यस्ता समस्याबाट बँच्न Security Setting त उपलब्ध गराएको छ तर सबैलाई त्यस बारेमा थाहा नहुन पनि सक्छ । त्यसैले आज म तिनै कुरालाई उल्लेख गर्न गइरहेको छु ।
Labels:
कम्प्युटर टिप्स
Tuesday, July 10, 2012
विशेष परीक्षा(Special Curriculum 2069)को परीक्षाफल प्रकाशित
उच्च माध्यमिक शिक्षा परिषदले १० महिने तालिमप्राप्त झण्डै १८ हजार शिक्षकका लागि तयार पारिएको विशेष पाठ्यक्रमको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । उक्त परीक्षा २०६८ कात्तिक १७ देखि २३ गतेसम्म भएको थियो ।
सरकारले एसएलसी मात्रै उत्तीर्ण गरी १० महिने तालिम लिएका शिक्षकहरुलाई छोटो र सहज प्रकि्रयाबाट कक्षोन्नती गर्ने भन्दै २०६५ सालबाट विशेष पाठ्यक्रम र कक्षाको व्यवस्था गरेको थियो । त्यतिवेला शैक्षिक जनशक्ति विकास केन्द्रको पहलमा १० महिने तालिमप्राप्त शिक्षकलाई कक्षा ११ को मान्यता दिदैँ कक्षा १२ को मात्रै परीक्षा दिए पुग्ने व्यवस्था गरेको थियो ।
Labels:
समाचार
Saturday, June 30, 2012
प्रिय फेसबुक
हुन त तिमी भन्दा पहिला नै अर्कुट, ट्रस्टेड वपिनियन, हाइफाईभ, नेटलग जस्ता सामाजिक संजालहरुले पनि यो इन्टरनेटरुपी दुनिँयामा मोहनी जालो नफ्याकेका हैनन् । तिनीहरू माथी पनि मेरो नजर त नपरेको होइन । तर खै किन हो किन कुन्नि, आखिर मेरो मन जित्ने त तिमी नै भयौ । हुनत त्यतिबेला अर्कुटले पनि सबैलाई आफ्नो जालमा पारीसकेको थियो। धन्य तिमी आयौ अनि आफ्नो मोहनी महाजालले सबैलाई ढाक्यौ ।
Labels:
साहित्य
Wednesday, June 13, 2012
एसएलसी (2068) को परीक्षाफल प्रकाशित
Pls dial 1600 (NTC SLC Result inquiry system) !
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष चैत ७ देखि १६ गतेसम्म लिएको एसएलसीको परीक्षाफल आज प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष १ लाख ९७ हजार ६ सय ३८ जना परीक्षार्थी उतिर्ण भएका छन् ।
जसमध्ये नियमिततर्फ– ४७.१६ % अर्थात् १ लाख ९७ हजार ६ सय ३८ परीक्षार्थी उतिर्ण भएका छन् । यो गतवर्षको तुलनामा ८.३४ प्रतिशत कम हो ।
नियमिततर्फ विशिष्ट श्रेणीमा– १७ हजार ७ सय ६०,प्रथम श्रेणीमा– ७७ हजार २५७,
द्धितीय श्रेणीमा– ९३ हजार ८३० र
तृतीय श्रेणीमा– ८ हजार ७९१ जना उतिर्ण भएका छन् ।
यसैगरी यसवर्ष आंशिकतर्फ १० हजार ५ सय ९५ अर्थात् १३.७० प्रतिशत परीक्षार्थी उतिर्ण भएका छन् ।
Labels:
समाचार
Tuesday, June 5, 2012
Happy Birthday To This Blog
आज मैले ब्लग लेख्न थालेको ठिक १ वर्ष पूरा भएको छ । १ वर्ष पहिले International Web Research Association प्रवेश सँगै मेरो ब्लगिङ्ग यात्रा सुरुभएको थियो भने ७ वर्ष पहिले काठमाडौँको नयाँबानेश्वरमा एक साथीको घरबाट मेरो “कम्प्युटर जिवन” सुरु भएको थियो । मलाई त्यो पहिलो दिनको सम्झना सँधै भइरहन्छ र सँधै भइरहने पनि छ । मलाई “कम्प्युटर” चलाउन सिक्नु थियो । त्यसै अभिप्रायले म साथीसँग अनुरोध गरेर “कम्प्युटर” सिक्न त्यहाँ गएको थिएँ । उनले (साथीले) त्यतिबेला कम्प्युटर सिकाइदिन्छु भनेर मसँग १००० रुपैयाँ पनि लिएका थिए । लगभग ८/१० दिनको सामान्य सिकाई पछि हाम्रो यात्रा साइबरतिर हुन थाल्यो, किनकि मलाई “ईमेल” चलाउन पनि सिक्नु थियो । त्यतिबेला साथीको कोठामा इन्टरनेटको व्यवस्था थिएन । त्यसैले प्रतिघण्टा २० रुपैयाँ तिरेर साइबर धाउन बाध्य थिएँ म । त्यो क्रम पनि लगातार ८/१० दिन सम्म चलिरह्यो ।
Labels:
विविध
Wednesday, January 18, 2012
Send Unlimited Free SMS [Worldwide]
यो संसारभरिकै जुनसुकै Mobile Network मा Free मा Unlimited SMS पठाउन मिल्ने एक प्रकारको अनलाइन सफ्टवेयर हो । यसबाट SMS पठाउन तपाईले कुनै पनि Registration Form भरिराख्नु पर्दैन । त्यसैले सिँधै तपाईले तल Receivers No: (include 00 and country code) भनिएको ठाउँमा 00 + country code + Mobile No. [नेपालको लागि उदाहरण : 009779841******] राखि Message Box मा म्यासेज टाइप गरि ढुक्कसँग निःशुल्क SMS पठाउन सक्नुहुन्छ । यदि तपाईलाई आवश्यक Country Code थाहा नभएको अवस्थमा तल Please Select भनिएको ठाउँबाट उपयुक्त देश छनोट गरि Country Code प्राप्त गर्न सक्नुहुन्छ ।
नोट : यसबाट SMS पढाउँदा Receivers को मोबाइलमा आफ्नो परिचय नदेखिने हुँदा म्यासेज लेख्दा सुरूमै आफ्नो नाम लेख्न नभुल्नुहोला ।
फेरी अर्को SMS पठाउन माथिको Send Another SMS! भनिएको ठाउँमा क्लिक गर्नुहोस् अथवा यहाँ क्लिक गर्नुहोस् / अर्को वेबपेजबाट SMS गर्न यहाँ क्लिक गर्नुहोस्
Labels:
गृहपृष्ठ
Tuesday, January 17, 2012
"गूगल क्रोम" ब्राउजरहरूमै सुपर फास्ट
इन्टरनेट संचालन गर्नको लागि आवश्यक पर्ने सफ्वेयरलाई नै ब्राउजर (Browser) भनिन्छ । ब्राउजर एउटा क्लाइन्ट सर्भर पनि हो । जसले हाइपर टेक्स्ट डकुमेन्ट (Hypertext document) सँग सम्बन्ध कायम गराउँछ ।


गूगल क्रोम (Google Chrome), मोजिल्ला फायरफक्स (Mozilla Firefox), इन्टरनेट एक्सप्लोरर (Internet Explorer), ओपेरा (Opera), सिम्पल पाई (Simple Pie), मिनिमो (Minimo), सफारी (Safari), नेटस्केप (Netscape) जस्ता ब्राउजरहरू मध्ये अहिले सर्वाधिक लोकप्रिय ब्राउजर भनेका गूगल क्रोम र मोजिल्ला फायरफक्स नै हुन् ।
यदि तपाईं अहिले पनि माइक्रोसफ्टद्वारा निर्मित इन्टरनेट एक्सप्लोरर प्रयोग गर्नुहुन्छ भने तपाईं सचेत इन्टरनेट प्रयोगकर्ताको हिसाबले लगभग तीन वर्ष पछाडि हुनुहुन्छ । ओपेराको त कुरै छोडौँ । हुन त अहिले पनि विश्वमा लगभग ४० प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले इन्टरनेट एक्सप्लोरर प्रयोग गरेको पाइन्छ । जब कि २००८ सम्ममा लगभग ६८ प्रतिशतले इन्टरनेट एक्सप्लोरर नै चलाउँथे । उता मोबाइल भर्सन ब्राउजर निकालेको ओपेराले भने डेस्कटप भर्सनमा खासै प्रगति गर्न नसके पनि मोबाइलमा इन्टरनेट ब्राउज गर्न भने यसलाई अँझै धेरैले रुचाइरहेका छन् ।
Labels:
कम्प्युटर टिप्स
Friday, January 13, 2012
Facebook Chat मा थप नयाँ सुविधा

कुरा के भने तपाई फेसबुक चलाउँदा कि अनलाइनमा बस्नुहुन्छ, कि त अफलाइनमा जानुहुन्छ । अनलाइनमा बसौँ भने आफ्ना धेरै मित्रहरूले एकै चोटि च्याटिङ्ग गर्दिएलान् भन्ने डर । त्यस्तो अवस्थामा सबैलाई एकैचोटि सन्देश फर्काउन पनि कठिन हुने; नफर्काऊँ भने बेवास्ता गरेको जस्तो भान हुने । हैन, अफलाइनमै बसौँ भने पनि च्याटिङ्ग नगरि नहुने मान्छेसँग ओझेलमा परिने ।
Labels:
कम्प्युटर टिप्स
Thursday, January 12, 2012
दरौंदी मोटरेवल पुलको निर्माण कार्य सम्पन्न

Labels:
समाचार
Tuesday, January 10, 2012
Download Some Important Software
के तपाईलाई तल उल्लिखित विभिन्न सफ्टवेयरहरू मध्ये कुनै पनि सफ्टवेयरको खाँचो छ ? यदि त्यसो हो भने; अब तपाई ढुक्क भएर सम्बन्धित सफ्टवेयरमा क्लिक गरि उक्त सफ्टवेयर आफ्नो कम्प्युटरमा सिधै डाउनलोड गर्न सक्नुहन्छ । Latest updated date : 06 Jul 2012
Messaging N Chat
Labels:
सफ्टवेयर संग्रह
Wednesday, January 4, 2012
Subscribe to:
Posts (Atom)