Pages

Tuesday, July 17, 2012

फेसबुक सुरक्षाको उपाय

   Facebook हिजोआज धेरैको दिनचर्या नै भएको छ भन्दा अत्युक्ति हुनेछैन | तर धेरैको दिनचर्या बनिसकेको यही  Facebook ले गर्दा आज धेरैले नोक्सानी पनि व्योहोर्नु परेको छ | Facebook का जति सुबिधा र फाइदाहरु छन् त्यति नै मात्रामा तिनका बेफाइदाहरु पनि छन् | आजकाल दिनहुँ धेरै Facebook Account Hack (ह्याक) हुने गरेका छन् | अस्लिल सामग्रीहरु पोस्ट गरि अरुलाई tag गरिदिने क्रम बढेर पनि धेरै प्रयोगकर्ताहरुले हैरानी बेहोर्नु परेको तीतो यथार्थ हामीसँग छँदै छ  | यसर्थः Facebook लाई सुरक्षित राख्न निक्कै गाह्रो हुँदै आइरहेको छ | हुन त FACEBOOK ले यस्ता समस्याबाट बँच्न Security Setting त उपलब्ध गराएको छ तर सबैलाई त्यस बारेमा थाहा नहुन पनि सक्छ । त्यसैले आज म तिनै कुरालाई उल्लेख गर्न गइरहेको छु ।

   तपाईहरूले याद गर्नु भएकै होला कहिलेकाहीँ आफ्नै साथीको नाममा अस्लिल भिडियोहरु पोस्ट भएका हुन्छन् | देख्दा ती भिडियो साथीहरुले नै पोस्ट गरे जस्तो देखिए पनि वास्तबमा त्यो भाइरस पनि हुनसक्छ | एक पटक यस्तो भाइरसले धेरै नै दुख दिएको थियो | साथीको नामबाट आफ्नो वालमा पोस्ट भएको त्यस्तो भिडियोमा तपाईले क्लिक गर्नुभयो भने तपाईको सबै साथीको वालमा पनि तपाईको नामबाट बिभिन्न भिडियोहरु तथा अस्लिल सामाग्रीहरु पोस्ट हुन जान्छन् | त्यसैले त्यस्ता भिडियोमा सकेसम्म क्लिक नगर्नु नै राम्रो हुन्छ | अथवा त्यस्तो समस्याबाट बँच्न कसैले ट्याग गरेको फोटो तपाईको अनुमति बिना आफ्नो वालमा पोस्ट गर्न नमिल्ने बनाउन पनि सकिन्छ | त्यसको लागि Home भन्दा दाँयातिर रहेको logout बटममा क्लिक गरी Privacy Setting मा जान सकिन्छ :- PrivacySettings>Timeline and Tagging>Edit Setting मा गएर Review posts friends tag you before they appear in your timeline लाई On गर्न सकिन्छ । यस्तै गरि Review tags friends add to your own posts in Facebook मा गएर यसलाई पनि On गर्न सकिन्छ । अब जसले तपाईलाई ट्याग गरे पनि तपाईको अनुमति बिना त्यो वाल मा पोस्ट हुन सक्दैन अथवा ट्याग देखा पर्न सक्दैन र Notification मा "फलानोले ट्याग गरेको छ" भन्ने संदेश आएर बसेको हुन्छ | त्यसलाई तपाईले चेक गरेर Approve वा decline गर्न सक्नु हुन्छ | 
   अर्को कुरा तपाईको फलानो साथीले यो एप्लिकेशन प्रयोग गरेको छ | तपाईको प्रोफाइल कति पटक कसले हेर्यो, कसले Facebook मा तपाईलाई ब्लक गरेको छ हेर्न यहाँ क्लिक गर्नुहोस् भन्ने संदेश लिएर बिभिन्न खाले पोस्टहरु Facebook मा देख्न सक्नु हुन्छ | वास्तबमा यो Facebook बाट जारी होइन, यिनीहरु भनेका भाइरस हुन्  |  Facebook ले हालसम्म यस्तो सुबिधा दिएको छैन |

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...