वर्तमान युग विज्ञान, प्रविधि र सूचनाको युग हो । विज्ञानले विभिन्न क्षेत्रमा गरेको आशातीत प्रगतिले यस युग सुविधासम्पन्नयुक्त बन्न पुगेको छ । द्रुतदर र अकल्पनिय वैज्ञानिक विकासक्रमले विशेषगरी सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व सफलता हात लगेको छ । यसै कारण अहिले विश्व दिनप्रतिदिन साँघुरिदै गएकोमा कसैको दुईमत छैन । सूचना प्रविधिको क्षेत्रमा भएको यस किसिमको आश्चर्यजनक अपलब्धीहरुमध्ये कम्प्युटर सर्वश्रेष्ठ उपलब्धी हो भन्दा अत्युक्ति नहोला । आज कम्प्युटरको प्रयोग विश्वको कुन क्षेत्र वा कुनामा नभएको होला र ? कम्प्युटरको यत्र तत्र सर्वत्र प्रयोगले हाम्रो देश नेपाल आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा पछि परे पनि सूचना प्रविधिको क्षेत्रमा कमजोर छैन । किनकि आज कम्प्युटरको प्रयोग नेपालका कुन सरकारी, गैह्सरकारी र निजि संघसंस्थामा प्रयोग भएको छैन र ? वित्तिय, स्वास्थ्य, व्यापारिक, शैक्षिक संस्थादेखि लिएर यसको प्रयोग नितान्त निजि काममा समेत भएको छ । त्यसैले नेपाल प्रविधिको विश्वव्यापीकरणको प्रभावबाट कत्ति पनि अछुतो छैन ।
परिचय अहिले कम्प्युटर प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गइरहेका छन् । तर कम्प्युटरको प्रयोग र यसबाट प्राप्त हुने लाभका साथै यसको असर पनि कम छैन । उचित व्यवस्थापन र सतर्कताको अभावमा अहिले धेरै कम्प्युटर प्रयोगकर्ताहरुको स्वास्थ्यमा नराम्ररी असर पर्न थालेको पाइन्छ । किनकि निरन्तर लामो समयसम्म अर्थात् दिनहुँ तीन घन्टाभन्दा बढी कम्प्युटरको प्रयोग गर्दा प्रयोगकर्ताको आँखामा कम्प्युटरले प्रत्यक्ष प्रतिकूल असर गरेको उदाहरण प्रशस्तै छन् । यसरी कम्प्युटरका कारण आँखामा र आँखाको दृष्टिमा पर्न जाने असरलाई “कम्प्युटर भिजन सिन्ड्रोम (Computer Vision Syndrome)” बोलिचालीको भाषामा आँखाको आँशु सुक्ने रोग भनिन्छ ।
कारण र लक्षण


आँखाको जाँच नगरिकन अथवा नेत्र विशेषज्ञको सल्लाहबिना पावरवाला चस्मा कम्प्युटर प्रयोग गर्ने प्रयोगकर्ताले प्रयोग नगर्ने । सकभर चस्माको प्रयोग नगर्ने ।
आँखा कम्प्युटरको मोनिटरदेखि २०–२५ इन्चको दुरीमा राख्ने र आँखा मोनिटरको बीच भागमा हेर्ने गर्नुपर्दछ ।
आँखा कम्प्युटरको बीच भागभन्दा १५–२० डिग्री माथी हुनुपर्छ । मोनिटर कदापी आँखाभन्दा माथी हुनुहुन्न ।
कम्प्युटर कोठाको प्रकाश अत्याधिक बढी उज्यालो र कम प्रकाशको वा अँध्यारो पनि हुनुहुँदैन ।
कम्प्युटरको मोनिटरबाट निस्कने किरण तथा विकिरणको मात्रालाई नियन्त्रण गर्न एन्टि ग्लेयर स्क्रिन (Anti-glare screen) को प्रयोग गर्नुपर्छ ।
सि.आर.टि. (Cathod ray tube) मोनिटरले आँखामा बढी असर गर्ने हुँदा सकभर एल.सि.डि.(Liquid crystal display) मोनिटर प्रयोग गर्ने ।
कम्प्युटरको स्क्रिनको उज्यालोपना र गाढापन ठिक्क मात्रामा मिलाउने । सकभर सेतो पृष्ठभूमिमा कालो वा निलो अक्षरको प्रयोग गर्ने ।
कम्प्युटरको प्रयोग गर्दा बारम्बार आँखा झिम्क्याइ रहने ।
आँखाको अभ्यास गर्न २० – २० – २० को नियम लागु गर्ने । यो नियमानुसार प्रत्येक २० मिनेटको अन्तरालमा २० फिट (६ मिटर) परको वस्तु २० सेकेण्डसम्म आँखा झिम्क्याइ झिम्क्याइकन हेर्ने ।
कम्प्युटर प्रयोग गर्दा आरामदायी र दुबै हात आडेस लगाउन मिल्ने कुर्सीको प्रयोग गर्ने ।
कम्प्युटर प्रयोग गर्दा समय समयमा विश्राम लिने ।
कम्प्युटर भिजन सिन्ड्रोम रोग देखापरिसकेको अवस्थामा नेत्र चिकित्सकको सल्लाह बमोजिम आँखामा राख्ने नक्कली आँशु (Lubricating eye drop) प्रयोग गर्ने ।
No comments:
Post a Comment
कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...