नेपालका ३५ औँ प्रधानमन्त्री एवम् गणतन्त्र नेपालका चौथो प्रधानमन्त्री बन्न सफल डा. बाबुराम भट्टराईलाई हार्दिक बधाई तथा कार्यकालको पूण॑ सफलताको शुभकामना !
गोरखा एउटा यस्तो ऐतिहासिक जिल्ला हो, जहाँबाट समग्र नेपाल एकीकरणको शुरुवात भएको थियो । त्यसमा पनि अझ नेपालकै सर्वाधिक प्रसिद्घ धार्मिक धरोहर मनकामना मन्दिर र गोरखकाली मन्दिरले गोरखाको महत्वलाई अझ बढी घनिभूत पारिदिएको छ । साँच्चै भत्रु पर्दा हाम्रा अमर वीर गोर्खालीहरुले नेपाल एकीकरणका लागि जुन साहस, धैर्य र पराक्रम देखाए, त्यसले गोरखाको शान र मान दुवै बढाएको पनि छ । यतिखेर गोरखाले आफूले जन्माएको छोरोलाई नेपाल सरकारको ३५ औँ प्रधानमन्त्रीको रुपमा देख्न पाएको छ । यो वास्तवमा सारा गोरखालीहरुको लागि खुसीको कुरा हो । आज तिनै व्यक्ति हुन् जो सम्पूर्ण नेपालीहरुका आशा भरोसाका केन्द्रविन्दु बनेका छन् – प्रधानमन्त्री डा.बाबुराम भट्टराई ।
भट्टराई परिवार पाल्पाका सेन राजाका परम्परागत पुजारी र ज्योतिषी थिए भत्रे गरिन्छ । त्यही भट्टराई परिवार ईस्वी संम्बत् १५ औं शताब्दीतिर पाल्पाबाट गोर्खाको लिगलिगमा बसाइ सरेको थियो रे । त्यसैक्रममा द्रब्य शाहलाई लिगलिग र गोर्खाका राजा बनाउन भट्टराई परिवारकै पूर्खा गजानन भट्टराईले पनि मूख्य भूमिका खेलेका थिए । भट्टराई वंशकै एउटा समूह भने लिगलिग कोटको फेदीमा रहेको बेलबासमा नै खेतीपाती गरेर बस्यो ।
नेपालको मध्य पहाडी क्षेत्रमा रहेको गोरखा जिल्लाको खोप्लाङ गाविस स्थित बेलबासमा मध्यमवर्गीय किसान परिवारमा वि. सं. २०११ असार ४ गते बाबु भोजप्रसाद भट्टराई र आमा धर्मकुमारी भट्टराईको कोखबाट जन्मिएका डा. बाबुराम भट्टराई बाबुआमाका दोस्रा सन्तान हुन् । डा.बाबुराम भट्टराईको बाल्यकालको नाम मुक्तिप्रसाद हो थियो । उनका एक दिदी, एक भाइ र एक बहिनी छन् । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उपाध्यक्ष तथा स्थायी समिति सदस्य बाबुराम भट्टराई आफ्नो राजनीतिक तथा बौद्धिक सक्रियताका कारण सबैका माझ बहुपरिचित छन् ।
“सधैं प्रथम हुने” वा “कहिल्यै दोस्रो नहुने”, “जिनियस” भट्टराईले जेठाबा ज्योतिष हरिप्रसाद भट्टराईबाट पहिलोपटक संस्कृतका श्लोक पढेका थिए । उनले पुस्तकको पहिलो संगतचाहिँ मुहूर्त चिन्तामणिबाट गरे । वि.सं. २०१८ सालमा अनौपचारिक शिक्षा गाउँकै सेवानिवृत्त सैनिक भक्तबहादुर भुजेलबाट हासिल गरेका थिए। ”भुजेलगुरु” टुटेफुटेको अंग्रेजी पनि बोल्थे र हरेक बिहान उनी आफ्ना शिष्यहरुलाई पिटी पनि खेलाउँथे । त्यतिबेला उनको कक्षामा सात वर्षका बाबुरामदेखि २१/२२ वर्षसम्मका विद्यार्थी थिए । चौतारी कक्षाको केही महिनामा पछि भुजेलगुरुको स्कुल एउटा छाप्रोमा सर्यो । एक वर्षजतिको छाप्रोको बासपछि भट्टराईले औपचारिक शिक्षा वि.सं. २०२० मा युनाइटेड मिसन टु नेपाल संस्थाले खोलेको अमर ज्योति हाइस्कुलबाट शुरु गरेका थिए । पालुङटार स्थित लुईंटेल गाउँमा रहेको उक्त स्कुल जान बेलबास गाउँबाट दुई/अढाई घन्टा हिँड्नु पर्थ्यो । उनी उतै डेरा लिएर बस्ने गरी घरबाट बिदा भए । त्यसपछि उनी लुइँटेलमा स्याउले छात्रावासमा बसे । स्याउला ओछ्याएर बस्ने छात्रावासमा आप्mना सहकर्मीहरुसँग बस्दा बाबुराम पंधेरामा पानी ल्याउन र जंगलमा दाउरा खोज्न जान्थे । खाना पकाउने आलोपालो हुन्थ्यो तर उनी भने भाँडा माझ्न चाडो हुने भएकाले भाँडा माझ्नमै बढी रुची राख्थे । उनका सहपाठीहरु उनलाई भाँडा माझ्ने जिम्मा दिन्थे । त्यहाँ शुरुमा नै तीन कक्षामा भर्ना भएका भट्टराई सानैदेखि नै पढाइमा तीक्ष्ण देखिन्थे ।

त्यहाँ पनि स्कुलचाहिँ थिएन । कहिले चौतारामा त कहिले आँपको बगैंचामा पढ्नु पर्थ्यो । केही समय बगैंचामा पढेपछि स्कुलको भवन बन्यो । चैत र वैशाख दुई महिना पढेपछि जेठमा उनले तीन कक्षाको अर्धवार्षिक परीक्षा दिए । बाबुरामको जिन्दगीभर फस्ट हुने रेकर्डको खाता त्यहीँबाट शुरु भयो । फस्ट भएपछि उनी तुरुन्तै चार कक्षामा बढुवा भए । जेठबाट कक्षा चारको पढाइ शुरु भयो । मंसिरमा उनले आफूभन्दा चार महिनादेखि त्यही कक्षामा पढिरहेका साथीहरूसँग परीक्षा दिए । उक्त परिक्षामा पनि उनी नै फस्ट भए । पाँच कक्षामा उनको एउटा नयाँ साथी थपिए । ती अर्को प्राइमरी स्कुलबाट आएका साथी उपेन्द्र देवकोटा पनि तेज मानिन्थे । दस कक्षासम्मै बाबुरामपछिको दोस्रो भएर उनले त्यसको पुष्टि पनि गरि छाडे । उपेन्द्र सधैं दोस्रो हुन्थे । तर प्रायः बाबुरामको नम्बरभन्दा उपेन्द्रको नम्बर सय भन्दा कम हुन्थ्यो । दोस्रो र तेस्रोको बीचमा पनि यति नै फरक हुन्थ्यो । सयभन्दा बढीको यो अन्तर दस कक्षामा तोडियो । उपेन्द्रको र बाबुरामको सेन्ट अप टेस्टमा ६९ नम्बरको फरक पर्यो । रोचक त के भयो भने उपेन्द्रको र बाबुरामको एसएलसीमा पनि ६९ नम्बरकै फरक थियो । वि.सं. २०२६ सालको एसएलसीमा बाबुराम बोर्डफस्ट भए, उपेन्द्र दसौं । बर्गिस थोमस, एलनर एलकिन्स, भीम कट्टेल र भवदत्तजसता आदर्श गुरु–गरुआमाहरुको सुयोग्य शिक्षाले यसरी स्कुले जीवनभर उनी सधैँ प्रथम मात्रै भए ।
एसएलसी दिए पछि गोरखाकै हर्मी स्थित नवलपुरमा खोलिएको मिसन स्कुलमा पढाइरहेका एकजना गाउँले केटो बोर्डफस्ट भएको कारणले उनी पत्रपत्रिकाका लागि गतिलो समाचार बन्न पुगे । गाउँको स्कुलबाट पढेर यत्रो सफलता हासिल गर्नेमा उनी नै पहिलो व्यक्ति थिए । त्यतिवेला कुनै ”प्लस टु” थिएनन् न त पत्रिकामा विज्ञापनको चलन नै थियो । एसएलसीको केही समयपछि झोलामा गुन्द्रुक पोको पारेर उनी पालुङटारको हवाइमैदानबाट चालीस रुपैयाँको टिकट काटेर काठमाडौं छिरे । यसरी पालुङटारको जहाजले उनलाई एकैपटक अर्कै लाग्ने दुनियाँमा ल्याइपुर्याएको थियो ।
त्यसपछि उनले अमृत साइन्स क्याम्पस काठमाडौंमा विज्ञान विषय पढ्न थाले । आइएससीको पहिलो वर्षको परीक्षा बाबुरामका लागि अलि कति फरक भएर आएछ । कारण फिजिक्सको एउटा प्रश्नमा उनी धेरै बेर अड्किएछन् र पूरै प्रश्नको हल गर्न पनि सकेनछन् । त्यसबाट उनलाई सारै नमज्जा लगेर ”अब म फस्ट हुन्न” भत्रे ठानी भोलिपल्टको पञ्चायत पेपरको परीक्षा नै दिएनछन् । अब त झन् उनी फस्ट नहुने प्रस्ट भइसकेको थियो तर रिजल्टले उनलाई फेरि पनि फस्ट नै बनाइदिएछ । यसपछि उनलाई जीवनमा पहिलोपटक “मलाई कसैले जित्न सक्दैन” भत्रे लागेको थियो रे ।
त्यहाँ प्रविणता प्रमाणपत्र तहको दोस्रो वर्षको परीक्षमा पनि उनी नै प्रथम भए । सो तहका दुवै राष्ट्रिय परीक्षामा लगातार प्रथम हुने अहिलेसम्मकै उनी नै सम्भवत: एकमात्र विद्यार्थी हुन्। अस्कल (अमृत साइन्स क्याम्पस) पढ्दा उनी कवि शिरोमणि लेखनाथ पौड्याललको घरको छिँडीको कोठामा अरू दुई साथीसहित महिनाको पचास रुपैयाँ भाडामा बस्थे । घरबाटै चामल ल्याउँथे र आवश्यक अन्य सरसामान यतै किनेर विद्यार्थीजीवनको कठिन यात्रा पार गरे । उनले जीवनमा कहिल्यै ट्युसन पढेनन् । यति मात्र होइन उनले नेपालमा पढिन्जेल कहिल्यै राति दस बजेभन्दा बढी पढेनन् रे ।
उनको साहित्य प्रति पहिले नै रुची थियो । झन् त्यसमा पनि नेपाली साहित्यका एक मूर्धन्य स्रष्टाको घरमा डेरा गरी बसेकाले उनी नेपाली साहित्यका भेटेजति पुस्तक पढ्थे । उनले एसएलसीमा नेपाली विषयमा सर्वाधिक उच्च अङ्क ८१ नम्वर ल्याएका थिए । जवकि त्यतिवेलासम्म नेपालीमा सत्तरी भन्दा बढी कसैको हुन्थेन । त्यसैले नेपालीमा सबैभन्दा बढी नम्बर ल्याउने विद्यार्थी भनेर मदन पुरस्कार गुठीले उनलाई पुरस्कार पनि दिएको थियो ।
वि. सं. २०२७/२८ तिर राजनीतिक दलहरु प्रतिवन्धित थिए । त्यसबेलाको राजनीतिक गतिविधि भनेको विद्यार्थीगतिविधि मात्रै थिए । कम्युनिष्ट पार्टीहरुमा पनि फुट थियो । काँग्रेसका नेताहरु प्रवास तिरै थिए । शेरबहादुर देउवाको नेतृत्वमा नेविसंघ र अखिल भर्खरै गठन भएको थियो । विद्यार्थीहरु अखिल र ने.वि.संघ भनेर चुनाव लड्थे । अमृत क्याम्पसमा भने प्यानल सहित चुनाव हुन्थेन । तर वामपन्थी प्रभाव भने राम्रै थियो । बाबुरामको राजनीतिक चेतना त्यतिवेला राजतन्त्र विरोधी मात्रै थियो । काँग्रेस वा कम्यूनिष्ट थिएन । यतिवेला स्नातक तहमा पढ्ने विद्यार्थीको तर्फबाट राष्ट्रिय पंचायत सदस्यमा चुनाव लडेका राजराजाप्रसाद सिंहले जिते । तर रामराजाप्रसाद सिंहलाई सपथ ग्रहण गर्न दिइएन । उल्टै तिनलाई गिरफ्तार गरियो । रामराजाप्रसाद राजतन्त्र विरुद्ध गणतन्त्रका पक्षमा लागेका उम्मेदवार थिए । सपथग्रहण गर्न नदिएको र उल्टै गिरफ्तार गरिएको विरोधमा अमृत क्याम्पसमा आयोजित विरोध कार्यक्रममा बाबुराम पनि सहभागी भए । यो नै उनको पहिलो राजनीतिक काममा सक्रिय सहभागीता थियो । त्यसपछि उनी आफ्नो ज्ञान वढाउन राजनीतिक नेताहरुसँग भेटघाट गरिरहन्थे । एस.एल.सी. बोर्ड र आइएस्सीको पनि प्रथम विद्यार्थी भएकाले उनलाई सवैले चिन्थे ।
आइएससीपछि उनी कोलम्बो प्लानअन्तर्गत भारतको चण्डीगढको पन्जाब विश्वविद्यालयमा आर्किटेक्चर पढ्न गए । हालका भारतका प्रधानमन्त्री मनमोहन सिंह उति वेला चण्डिगढमा पढाउँथे । कार्ल मार्क्सको कम्यूनिष्ट घोषणा पत्र त कोर्षमा नै थियो । त्यस बाहेक बाबुरामले एक पटक विश्वका सवै चर्चित व्यक्तित्वहरुको जीवनी पढी भ्याउने अठोटै गरे । गान्धीदेखि चे सम्मका जीवनी पढ्दा उनलाई सबै भन्दा वढी चे को जीवनीले प्रभावित पार्यो । उनी चे को सशस्त्र संघर्षको बाटो नै नेपाली दुःखी गरीवहरुको बाटो हो भत्रे निस्कर्षमा पुगी सकेका थिए । भारतमा भएका नेपाली विद्यार्थीलाई संगठित गर्ने उद्देश्यले चन्डिगढमा वि. सं.२०३३ सालमा उनले आफ्नै नेतृत्वमा नेपाली विद्यार्थीसंघ भत्रे एउटा संगठन खोलेका थिए । चण्ढीगढको पन्जाव विश्वविद्यालयको पुस्तकालयमा उनी ठूलठूला वैज्ञानिक र महान् दार्शनिकहरुका किताब पढेर घन्टौं बिताउँथे ।
त्यहाँ पाँच वर्ष पढ्दा भने उनी बोर्डफस्ट हुन पाएनन् । नसकेर होइन, त्यहाँ बोर्डफस्टको चलन थिएन, ”ग्रेड सिस्टम थियो, उनी सधैं पहिलो ग्रेडमै पर्थे । यसरी उनले वि.सं. २०३४मा कोलम्बो प्लान अन्तर्गत भारतको चण्डीगढबाट आर्किटेक्चर विषयमा स्नातक पूरा गरे ।
चण्डीगढबाट “टाउन एण्ड कन्ट्री प्लानिङु” (सहरी विकास) विषयमा पोस्ट ग्रयाजुयटका लागि वि.सं. २०३६ सालमा उनी दिल्ली गए । त्यहाँको “स्कुल अफ प्लानिङ एण्ड आर्किटेक्चर” बाट उहाँले “सहरी र क्षेत्रीय योजना” मा स्नातकोत्तर (मास्टर्स) गरे । बाबुरामकै योजनामा त्यहाँ पनि अखिल भारत नेपाली विद्यार्थीसंघ बनाइयो । त्यसको पहिलो सम्मेलन चन्डिगढमै भयो । त्यहीं उनको हिसिला यमिसँग भेट भयो । पछि हिसिला यमि र बाबुराम भट्टराईको बीचमा बिहे भएपछि वि सं. २०४३ मा हिसिलाबाट छोरी मानुषीको जन्म भयो । त्यही वर्ष बाबुराम भट्टराईले क्षेत्रीय विकास योजनामा जवाहरलाल नेहरु विश्वविद्यालयबाट पिएचडी (विद्यावारिधी) हासिल गरे । उनले “द नेचर अफ अन्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल” विषयमामा थेसिस गरे । यसै थेसिसलाई पछि पुस्तकका आकारमा प्रकाशित गरिएको पनि छ ।
वि.सं. २०३३ पुस १६ मा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएका वीपी कोइरालालाई पक्राउ गरेपछि वि.सं. २०३४ मा चण्डिगढमा अखिल भारत नेपाली विद्यार्थी स्थापना गरेपछि भट्टराईको राजनैतिक सक्रियता बढेको थियो । वि.पि. कोइराला क्यान्सरका विरामी थिए । उनको उपचार गर्न दिनुपर्छ भत्रे आवाज विभित्र मानवअधिकारवादी संगठनहरुले उठाएका थिए । त्यही वेला बाबुरामले नेपाली विद्यार्थीहरुको साझा संगठनका अध्यक्षका हैसियतले वि.पि. कोइरालाको उपचार हुनु पर्छ भनेर वक्तव्य निकाले । तर त्यो वक्तव्य निकालेपछि भारत स्थित नेपाली दुतावासले बाबुरामलाई उनको संगठनको अध्यक्षबाट निष्कासन गरिएको वक्तव्य दिन लगायो । वि.पि.को स्वास्थ्य उपचारका पक्षमा वक्तव्य निकाल्नेलाई अध्यक्षबाटै निष्कासन गरिएको खवर पछि बाबुरामको जनसम्पर्क झन् व्यापक हुँदै गयो । बाबुरामकै अध्यक्षतामा बसेको अखिल भारत नेपाली विद्यार्थीसंघको अर्को बैठकले भारत स्थित नेपाली दुतावासको योजनामा राजतन्त्रका पक्षमा लाग्नेहरुलाई कारवाही गर्यो । यसबाट उनले नेतृत्व गरेको संगठन जनतन्त्र पक्षीय सबै शक्तिहरुको साझा संगठनका रुपमा झन् स्थापित भयो ।
नेपाली काँग्रेस, तुलसीलाल अमात्य समूह, तत्कालिन चौम लगायतका दलहरुले त्यसपछि बाबुरामलाई सम्पर्क गर्न थाले । वि. सं. २०३४ सालकै माघमा ओखलढुङ्गाको टिम्वुरवोट काण्डका क्याप्टेन यज्ञ बहादुर थापा र भिमनारायण श्रेष्ठ लगायतलाई पञ्चायती शासकहरुले मृत्युदण्ड दिए । पञ्चायती व्यवस्थाले घटाएको त्यो काण्ड विरुद्ध दिल्लीमा बाबुरामकै नेतृत्वमा ठूलो विरोध जुलुस निकालियो । पञ्चायती सामन्त्त र राजावादीहरुले बाबुरामको गणतन्त्र पक्षीय आन्दोलनलाई रोक्न सकेनन् ।
भारतको पञ्जाव विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका पुस्तकालय पढेर रित्याएका बाबुरामले आफ्नो अध्ययनलाई पुस्तकमा मात्रै सिमित नराखी आफ्नो ज्ञान र भावनालाई भारत स्थित नेपाली विद्यार्थी, मजदुर र जागीरदारहरुबीच पनि साट्न थाले । उनी पुस्तक भित्रको दर्शन मात्र होइन जीवन दर्शन पनि बुझ्न विद्यार्थी र मजदुरबीच झन् भिड्न थाले ।
बाबुरामकै नेतृत्वमा प्रत्येक वर्ष नेपालका वरिष्ठ व्यक्तित्वहरु र राजनीतिक दलका प्रतिनिधिहरु बोलाएर भारतमा सेमिनारहरु आयोजना हुन थाले । नेपालमा प्रतिवन्धित काँग्रेस, कम्यूनिष्ट सबै पार्टीहरुसँग उत्तिकै सम्पर्क भएपनि बाबुराम बामपंथीहरु पट्टी नै बढी ढल्के । पहिल्लो चरणमा वि. सं. २०३६ सालसम्म उनी चौम र माले दुबैसँग समदुरीमा रहे । तर माओको देहान्त पछि वि. सं. २०३७ सालमा चीनमा प्रतिक्रान्ति भएपछि तत्कालीन मालेले त्यसलाई समर्थन गर्यो र चौमले विरोध गर्यो । त्यसपछि बाबुरामले चिनमा प्रतिक्रान्त्रीका विरुद्ध उभिनेहरुको समर्थन गरे । वि.सं. २०३५ तिर नेकपा मालेसमूहसित नजिकिए पनि वि.सं. २०३८ मा उनी मोहनविक्रम सिंहको नेकपा मसालमा लागे । वि.सं. २०३७ मा नयाँ दिल्ली भ्रमणमा गएका राजा वीरेन्द्रलाई कालो झन्डा देखाएको आरोपमा भारतीय प्रहरीले बाबुराम भट्टराईलाई पहिलोपटक पक्राउ गर्यो ।
अखिल भारत नेपाली एकता समाजमार्फत (वि.सं. २०३६–२०४३) उनी भारतमा रहेका प्रवासी नेपाली कामदारलाई संगठित गर्ने कार्यमा सक्रियतापूर्वक लागे । वि.सं. २०३४– २०४३) सम्म उनी भारतबाट प्रकाशित हुने “जनमानस” र “नेपाली एकता” पत्रिकाका सम्पादक बने । त्यसै क्रममा उनलाई जवाहरलाल नेहरु विश्वविद्यालयको ढोकामा ट्याक्सीले ठक्कर दिएकाले उनी ४८ घण्टा सम्म वेहास पनि भएका थिए ।
औपचारिक शिक्षा सकेपछि उनी वि.सं. २०४२÷४३ मा नेपाल फर्किए । उनी मसालको काठमाण्डौं जिल्ला सेक्रेटरी र वागमति व्यूरो सदस्य भएर कम्यूनिष्ट राजनीतिमा सक्रिय भए । पछि पार्टीको पूर्णकालिक सदस्य र राजनीतिक कार्यकर्ता बने । उनी नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले लैजानु पर्छ भत्रे मान्यता राख्ने भएकाले पुरानै ढाँचा परित्याग गर्न नसक्ने मोहन विक्रमसँग मतभेद बढ्यो । तर उनी सँधै क्रान्तीकारी पार्टीहरु विचको एकतामा जोड दिन थाले । त्यतिवेला दुध काण्ड, रंगशाला काण्ड, मेघालयका शरणार्थी विषयमा उनी संघर्ष गर्न थाले र साझा मञ्च बनाएर पद्मरत्न तुलाधर लगायतसँग पंचायत शासन विरुद्धको आन्दोलनमा सरिक भए ।

शाही शासनबाट उनी वि.सं. २०४३ र वि.सं. २०४५ मा गरी दुईपटक पक्राउ पनि परे । वि.सं. २०४३ देखि वि.सं. २०४८ सम्म उनी “झिल्को” मासिक पत्रिकाको प्रधान सम्पादक पनि बत्र पुगे । उनी वि.सं. २०४६ को जनआन्दोलन १ को बेला संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिको प्रवक्ता पनि बने । संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (मशाल), सर्वहारावादी श्रमिक संगठन, शम्भुराम समूह, कृष्णदास समूह र अन्य वामपन्थी पार्टीहरुको गठबन्धन थियो । सोही मोर्चाले वि. सं. २०४६ साल चैत्र २४ गते गरेको वन्द नै त्यो आन्दोलनको उत्कर्ष थियो । त्यो दिनको उत्कर्षले नै पंचायत व्यवस्थाको अन्त भएको थियो ।
त्यस परिवर्तन पछि नयाँ प्रक्रियामा जानका लागि वि.सं. २०४७ मा मोहनविक्रम सिंहको मसालसँग विद्रोह गरेर नेकपा एकता केन्द्रमा एकीकरण गरे । त्यसपछि उनी नेकपा एकता केन्द्रको चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपालको अध्यक्ष बने । उनले नेतृत्व गरेका मोर्चाले २०४८ को संसदीय चुनावमा ९ सीट जितेको थियो । त्यो तेश्रो ठूलो दल भयो ।
वि.सं. २०४८ यता भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) र पछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पोलिट्ब्युरो सदस्यका रुपमा नेपालमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको खाका कोर्न महत्वपूर्ण भूमिका खेले । सडक र सदन दुवै मोर्चाबाट संयुक्त जनमोर्चा नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर संघर्ष जारी राख्यो । बानेश्वरमा भारतीय पोशाकमै प्रहरी आएर नेपालीलाई गिरफ्तार गरेकाले वि. सं. २०४९ बैशाख २१ गते संयुक्त जनमोर्चाले बन्द आयोजना गर्यो ।
वि. सं. २०४६ को जनआन्दोलनबाट प्राप्त सिमित अधिकारबाट मात्र पुग्दैन, जनतालाई पूर्ण मुक्ति चाहिन्छ भन्दै जनयुद्ध थालनीको पूर्वसन्ध्यामा संयुक्त जनमोर्चा नेपालले बाबुराम भट्टराईकै नेतृत्वमा ४१ सूत्रीय माग तत्कालिन देउवा सरकारसँग राखेको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यसलाई नमानेपछि नेकपा (माओवादी) ले वि. सं. २०५२ फागुन १ बाट जनयुद्ध शुरु गर्ने निर्णय गर्यो त्यसपछि मुलुकमा ससस्त्र युद्धको घोषणा भयो । भट्टराई पनि व्यवस्थित युद्धमासामेल भए । जनयुद्घकालमा क. बाबुराम भट्टराई “लालध्वज” का चिनिन्थे । जनयुद्धको समयमामा उनको टाउकाको मोल तत्कालीन सरकारले ५१ लाख तोकेको थियो ।
भट्टराईले संविधानमा लेखाउने आफ्ना व्यक्तिगत कुनै एजेण्डा नभई पार्टीकै एजेण्डा उठाउने बताएका थिए । पार्टीभित्र खासगरी “व्यक्तित्व” को टकरावको सवाललाई लिएर उनी ०६२ मा कारबाहीमा परे । केही समयपछि उनलाई पुनः बहाली गरियो । वि. सं. २०५२ देखि २०६३ सम्म दशवर्ष चलेको जनयुद्धमा बाबुराम चार महिना वार्तामा बस्दा बाहेक सबै समय भूमिगत वसे । तर जनतासंग सँधै सम्पर्कमा रहने बाबुराम भूमिगत भए पनि कहिल्यै रहस्यमय पात्र बनेनन् । कहिले दाह्री पालेका, कहिले चे टोपी लगाएका त कहिले फैजी पोशाकका बाबुराम सँधै जनताको सम्पर्कमै रहे ।
वि. सं. २०६२ असोजमा रुकुमको चुनवाङमा सम्पन्न नेकपा (माओवादी) केन्द्रिय समितिको ऐतिहासिक बैठकबाट पारित राजनीतिक दस्तावेज अनुरुप दिल्लीमा वि. सं. २०६२ मंसिर ७ गते नेपालका सात राजनीतिक दल र नेकपा माओवादी बीच बाह्रबुँदे समझदारी पत्रमा हस्ताक्षर भयो । त्यही बाह्रबुँदेको भावना वि. सं. २०६२/६३ मा सम्पन्न उन्नाईस दिने ऐतिहासिक जनआनदोलन –२ सम्पन्न भयो । त्यसपछि नेपालमा १४० वर्षे राजतन्त्रको अन्त्य भयो र नेकपा माओवादीको सत्तारोहणको प्रक्रिया शुरु भयो ।
नेपालको इतिहासमा नै पहिलोपटक वि. सं. २०६४ चैत २८ गते भएको संविधानसभाको चुनावमा सबैभन्दा बढ्ता मत र मतअन्तरले जित्ने माओवादी सभासद् डा.बाबुराम भट्टराईले गोर्खाको २ नम्बर निर्वाचन क्षेत्रबाट कांग्रेसका प्रत्यासी आफ्नै मामा पर्ने चन्द्रप्रसाद न्यौपानेलाई ४१ हजारको अन्तरले हराएका थिए । उनले ४६ हजार २ सय ७२ मत प्राप्त गरेका थिए । देशकै सबैभन्दा बढी ८२ प्रतिशत मत ल्याएर विजयी भएका भट्टराईले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्व गठित नेपाल सरकारमा (वि. सं. २०६५ भाद्र देखि नौ महिनासम्म) अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए ।
वि.सं.२०६८ भाद्र ११ गते व्यवस्थापिका संसद्मा भएको प्रधानमन्त्रीको चुनावमा बहुमतीय प्रक्रिया अनुसार प्रधानमन्त्री चयन भएका डा. बाबुराम भट्टराईलाई फेरि पनि एकपटक हार्दिक बधाई ...
वि.सं.२०६८ भाद्र ११ गते व्यवस्थापिका संसद्मा भएको प्रधानमन्त्रीको चुनावमा बहुमतीय प्रक्रिया अनुसार प्रधानमन्त्री चयन भएका डा. बाबुराम भट्टराईलाई फेरि पनि एकपटक हार्दिक बधाई ...
लेखनीका क्षेत्रमा पनि निकै कलम चलाउने डा. बाबुराम भट्टराईका थुप्रै पुस्तकहरु प्रकाशित भैसकेका छन् । ती यसप्रकार छन् :-
नेपाली भाषामा
१) बेलाबखतका कुरा, (झिल्को प्रकाशन, काठमाडौँ, २०४७)
२) राजनीतिक अर्थशास्त्रको आँखी झ्यालबाट, (तेस्रो संस्करण, जनध्वनि प्रकाशन, काठमाडौं, २०६३)
३) माक्र्सवाद र महिला मुक्ति, (हिसिला यमिसँग संयुक्त), (उत्प्रेरक प्रकाशन, काठमाडौं)
४) नयाँ ढंगको पार्टी निर्माणको प्रश्न (जनध्वनि प्रकाशन, काठमाडौं, २०६१)
५) वार्ता र तात्कालीन राजनीतिक निकासको प्रश्न, (प्रवाह प्रकाशन, २०६१)
६) युद्ध र वार्ता, (आपतकाल, प्रतिरोध युद्ध, शान्तिवार्ता र सम्झौताबारे राजनीतिक चिरफार), (जनध्वनि
प्रकाशन, काठमाडौं, दोस्रो संस्करण, २०६३)
प्रकाशन, काठमाडौं, दोस्रो संस्करण, २०६३)
७) नेपाली व्रmान्तिका आधारहरु, (संकलित रचना संग्रह) भाग–१, (जनध्वनि प्रकाशन, २०६३)
८) नयाँ ढंगको पार्टी र सत्ता निर्माणबारे, (जनध्वनि प्रकाशन, काठमाडौँ, २०६३)
९) जनयुद्धका दश वर्ष, (जनध्वनि प्रकाशन, काठमाडौँ, २०६३)
११) राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र (जनध्वनि प्रकाशन, काठमाडौं, २०६३)
In English
1. Nepal: A Marxist View, (Jhilko Publications, Kathmandu, 1996)
2. Politico(Economic Rationale of People's War in Nepal (Utprerak Prakashan,
Kathmandu, 1998)
3. The Nature of Underdevelopment and Regional Structure of Nepal(A Marxist
Analysis, (Adroit Publications, New Delhi, 2003)
4. Monarchy vs. Democracy : The Epic Fight in Nepal, (Samakaleen Teesari Duniya, New Delhi, 2005)
No comments:
Post a Comment
कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...