मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
Showing posts with label जानकारी. Show all posts
Showing posts with label जानकारी. Show all posts

Monday, January 28, 2013

कसरी बढाइन्छ फेसबुक स्ट्याटस वा फोटोमा "लाईक" ?


Get Free Likes On Your Facebook Status Or Photo      फेसबुक एकाउन्टमा जति थोरै साथीहरु भएतापनि कोहीकोहीले पोस्ट गरेको स्ट्याटस वा फोटोमा  देखाउनकै लागि निकै धेरै लाईक भएको हुनसक्छ । यसको कारण के होला त ? तपाईहरुले पनि अवश्यै सोच्नुभएकै होला ।  यसको कारण कि त साथीहरु धेरै नै भएर हो, कि उक्त स्ट्याटस वा फोटो निकै नै राम्रो भएर हो । यदि त्यस्तो सोच्नुभएको हो भने अब तपाई गलत पनि हुन सक्नुहुन्छ । किनकी  फेसबुकमा पोस्ट गरेका स्ट्याटस् र फोटोमा टन्नै लाईक देखाउन तल प्रस्तुत गरिएको विधिलाई पनि अवलम्बन गरिएको हुनसक्छ ।
यहाँ कुरा गर्न खोजीएको  likelo.com को बारेमा हो, जसबाट  एउटा status वा photo मा ४०/४५ देखि १००/२०० सम्म लाईक सित्तैमा आफैँ बढाउन सकिन्छ । 

Saturday, December 3, 2011

गोत्रहररू

    गोत्र मानिसहरुको वास्तविक कुल छुट्याउने एउटा भरपर्दो आधार हो । नेपालमा र भारतमा हिन्दूहरु धर्मावलम्बीहरुको संख्या अत्याधिक छ । तिनीहरु आफू विभित्र ऋषिमुनीका सन्तान भएको कुरामा पनि त्यत्तिकै विश्वास गर्दछन् । त्यसैले उनीहरुका थरहरू पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित विभित्र गोत्रमा बाँडिएका हुन्छन् । हिन्दूसंस्कृति अनुसार एउटै गोत्रका थरबीच बिहावारी गर्न उचित ठानिँदैन । नेपालमा चाहीँ खास गरि बाहुन तथा क्षेत्री जातका मानिसहरू बाहेक अरूले आफ्नो गोत्रको खासै परवाह गरेको भने पाइँदैन ।

Monday, November 14, 2011

कम्प्युटर भिजन सिन्ड्रोम (CVS)

   वर्तमान युग विज्ञान, प्रविधि र सूचनाको युग हो । विज्ञानले विभिन्न क्षेत्रमा गरेको आशातीत प्रगतिले यस युग सुविधासम्पन्नयुक्त बन्न पुगेको छ । द्रुतदर र अकल्पनिय वैज्ञानिक विकासक्रमले विशेषगरी सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व सफलता हात लगेको छ । यसै कारण अहिले विश्व दिनप्रतिदिन साँघुरिदै गएकोमा कसैको दुईमत छैन । सूचना प्रविधिको क्षेत्रमा भएको यस किसिमको आश्चर्यजनक अपलब्धीहरुमध्ये कम्प्युटर सर्वश्रेष्ठ उपलब्धी हो भन्दा अत्युक्ति नहोला । आज कम्प्युटरको प्रयोग विश्वको कुन क्षेत्र वा कुनामा नभएको होला र ? कम्प्युटरको यत्र तत्र सर्वत्र प्रयोगले हाम्रो देश नेपाल आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा पछि परे पनि सूचना प्रविधिको क्षेत्रमा कमजोर छैन । किनकि आज कम्प्युटरको प्रयोग  नेपालका कुन सरकारी, गैह्सरकारी र निजि संघसंस्थामा प्रयोग भएको छैन र ? वित्तिय, स्वास्थ्य, व्यापारिक, शैक्षिक संस्थादेखि लिएर यसको प्रयोग नितान्त निजि काममा समेत भएको छ । त्यसैले नेपाल प्रविधिको विश्वव्यापीकरणको प्रभावबाट कत्ति पनि अछुतो छैन । 

Thursday, September 8, 2011

"वासु स्मृति दिवस"

   माओवादी जनयुद्घको मोर्चामा नेतृत्वदायी भूमिका बहन गर्ने क्रममा उच्चतहको शहादत प्राप्त बैकल्पिक पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले (वासु) को विशेष सम्मानमा १२ औँ "वासु स्मृति दिवस" यहि भाद्र २३ गते शुक्रबार ऐतिहासिक जिल्ला गोरखाको हरमटारी स्थित खेलकुद मैदानमा हुन गइरहेको छ ।  उक्त स्मृति सभालाई सम्बोधन गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष, तीन उपाध्यक्ष र महासचिव सहित ५ जना उच्चतम् पदाधिकारी उपस्थित हुने बिशेष कार्यक्रम पनि  तय भएको  छ ।