मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
विचार, साहित्य, सिर्जना र जानकारीको संगम स्थल यो साझा चौतारी / Sajha Chautari मा तपाईंलाई हार्दिक स्वागत छ......कृपया आफ्नो अमूल्य सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद......यदि तपाईंहरू पनि यो साइटमा भएका विषयवस्तुहरूसँग सम्बन्धित आफ्ना लेख रचनाहरू पोष्ट गर्न चाहनुहुन्छ भने तल View my complete profile मा दिइएको E-mail ठेगानामा पठाउनुहुन अनुरोध गर्दछु ......

नेपालका राष्ट्रिय विभूतिहरू

राजर्षि जनक
मिथिलाका आत्मज्ञानी राजा
जन्म/मृत्युः इ.पू. ८५० – ३८२ सम्म (पौराणिक काल)  

राजा जनक नेपालका सबैभन्दा जेठा राष्ट्रिय विभूति हुन्। हाम्रा राष्ट्रिय विभूतिहरूमध्ये समयक्रमका आधारमा सबैभन्दा पहिले जनककै नाम आउँछ। नेपालको निकै महत्वपूर्ण पौराणिकधार्मिक एवम् पवित्र तीर्थस्थल जनकपुर नगरी प्राचिन विशाल मिथिला प्रदेशको राजधानी हो। जनक यसै राज्यका राजा थिए। राजा जनक धर्मपरायणकर्तव्यपरायण एवम् ठूला विद्वान्का साथै महान् आत्मज्ञानीसत्यनिष्ठा र आदर्श व्यवहारको प्रदर्शन गर्ने ठूला ऋषि भएकाले उनलाई "राजर्षिभनिन्छ। राजर्षि जनकलाई "विदेह" पनि भनिन्छ। उनको राज्यलाई पनि विदेह भनेको पाइन्छ। विदेहको अर्थ "शरीर बिनाको" भन्ने हुन्छ।  
    राजर्षि जनक कुन समयका राजा थिए भन्ने कुराको पुष्टि गर्ने नसके तापनि ऐतिहासिक प्रमाणका आधारमा उनलाई पौराणिक कालका एक आदर्श राजाका रुपमा स्वीकारिएको छ। तसर्थः अनुमानका भरमा इ.पू. ८५० देखि ३८२ सम्मको पौराणिक काललाई उनको जीवनावधि मानिएको छ। उनी जन्मसिद्ध योयी थिए। उनको वास्तविक नाम "शिरध्वज" थियो। जनक त उनको वंशको नाम हो। उनी वैश्य पिता र ब्राह्मणी माताका वर्णसंकट सन्तान थिए। उनको वंशमा ५२ जना राजा भएकामा उनी २२ औँ सूचीका राजा थिए भन्ने पनि गरिन्छ। जनकले सिङ्गो जनकवंशको कूलको गौरव र महिमालाई प्रकाशवान् तुल्याएकाले उनी व्यक्तिका नाम (शिरध्वज) बाट भन्द पनि वंशका नामबाट चिनिन थाले। 
    मिथिला प्रदेश त्यसबेला मानिसहरूको केन्द्र थियो। ठूलठूला विद्वान्हरू पनि त्यसै ठाउँमा बसोबास गर्थे। उनीहरू विद्याको प्रचारप्रसार गर्थे। टाढाटाढादेखि योगीसन्तहरूठूलठूला विद्वान्हरू त्यहाँ विद्या आर्जन गर्न आउँथे। जनकका पूरोहित याज्ञवल्क्य ऋषि थिए। राजा जनकलाई रायसल्लाह दिने ठूला विद्वान् याज्ञवल्क्यले यजुर्वेद सङ्कलन गरेका थिए। त्यसैले "याज्ञवल्क्य स्मृति" लाई अझैँपनि धार्मिक विषयहरूको निरुपण गर्ने एउटा महत्वपूर्ण आधारका रुपमा लिइन्छ। 
    राजा जनककी पुत्रीको नाम सीता हो। जनकले यज्ञका निमित्त उपयुक्त ठाउँ खोजी गर्न सुनको हलोले जमिन जोत्ने क्रममा हलोको सियो (फाली) मा सीतालाई फेला पारी धर्म पुत्रीका रुपमा पालेकाले उनी जानकी भइन् भने हलोको फालीबाट उत्पन्न भएकीले सीता भइन्। जनकले उनै सीताको विवाह अयोध्याका राज दशरथका जेठा छोरा रामसँग गरिदिएका थिए।  
    राजर्षि जनक घगडान विद्वान्ठूला आत्मज्ञानीवेदउपनिषद् र पुराणका विशिष्ट ज्ञाता थिए। उनमा राजा र विद्वान् दुबैको योग थियो। उनीसँग ज्ञानगुनका कुरा सिक्न नेपाल र भारत लगायत अन्य राज्यरजौटाहरूका राजामहाराजाहरूयोगी र विद्वान्हरू उनका दरबारमा आउँथे। दरबारमा विभिन्न कुराहरूमा ठूलो छलफलबहससभा र समारोहसमेत हुने हुँदा जहिले पनि मानिसहरूको खचाखच हुन्थ्यो। त्यहाँ शास्त्र र दर्शनका विषयमा पनि गम्भीर शास्त्रार्थ हुने गर्थ्यो। स्वयम् आत्मज्ञानी जनक ठूलठूला ऋषिमुनिहरूको सम्पर्कमा गृहस्थाश्रममै बसीबसी जङ्गलमा गएर तपस्या नगरिकनै महान् ऋषि बनेका थिए। दरबारमा धर्मका विषयमा कुनै शङ्का वा विवाद उठ्नासाथ त्यहाँ विद्वद्सभा बोलाएर ठूलै शास्त्रार्थ चलाइनुका साथै धर्मका आधारनियम र कानुनहरू पनि बनाइन्थ्यो। जनतालाई न्यायसुबिस्ताशान्ति र सुख दिन हरदम चिन्तनशील एवम् लगनशील जनकको त्याग तथा कर्तव्यनिष्ठाको सबैले अनुसरण गर्थे। 
    राजा जनक महान् प्रजातन्त्रवादी र जनप्रिय राजा थिए। मानवकल्याणका लागि उनले दिएका उपदेशहरूले पनि उनलाई अमर बनाएका छन्। हिन्दू धर्ममा आधारित उनका उपदेशहरू हिन्दू दर्शनका आधारसूत्र बनेका छन्। "सबै मिलेर सँगै बसौँसबै मिलेर बाँडचुड गरी खाऔँसबै मिलेर एक भई काम गरौँसबै मिलेर संसारमा शान्ति कायम गरौँशान्ति कायम गर्न कुनै लडाइँझगडा गर्न नपरोस्" जनका यी उपदेशहरू हिन्दू दर्शनका आधारसूत्र भए पनि सबै धर्मले स्वीकार गरेका छन्। यी उपदेशहरूलाई आरुनो राज्य सञ्चालनको मूल आधार बनाएका जनकले मानवजगत्को महत्व र कल्याणलाई सर्वोपरि आदर्श ठानेर प्रकाशमा ल्याएका हुन्। आजभन्दा धेरै पहिलेको युगमा अवलम्बन गरिएका राजा जनकका यी सिद्धान्तहरूलाई व्यवहारमा उतार्ने हो भने अहिलेको यो अवस्थामा पनि आदर्श राज्यको अवधारणालाई अवश्य साकार गर्न सकिन्छ। 
    व्यक्तिवादी चरित्र र नितान्त स्वार्थी प्रवृत्ति नै संसारमा हुने युद्धअशान्तिविद्रोह र मानवपतनका कारक हुन्। साझापन र परोपकारी प्रवृत्ति मुखरित भएका राजा जनकका यी उपदेशहरूको मर्म आज पनि उत्तिकै सान्दर्भिकप्रासङ्गिक र व्वहारोपयोगी छन्। आज सबैले गाँसबास र कपास नपाउँदा संसारमा मानिसहरूले विद्रोहको ज्वाला बालेका छन्। अवश्य पनि राज्यसत्ताको आसनमा बसेका शासकहरूले उनका उपदेशहरूलाई अनुसरण गर्ने हो भने युद्धअशान्ति र वि्रदोहले कतै पनि ठाउँ पाउने थिएन। वास्तवमा पारस्परिक सद्भाव र सहयोगबाट नै राष्ट्रिय एकताको भावना मौलाउँछ। सानो र ठूलोमा भेदभाव कहिल्यै गर्नुहुन्न। भष्ट्राचारघुसखोरीजस्ता नाजायज फाइदा लिने कार्यमा पटक्कै लाग्नु हुन्न भन्ने राजा जनकका उपदेशहरू रामवाणसिद्ध छन्। यस्तैयस्तै अनुरकरणीय बोली र व्यवहारमा देखिएको समानताले नै राजर्षि जनकलाई नेपालको राष्ट्रिय विभूति बनाएको हो। आज उनकै नामबाट "राजर्षि जनक प्रतिभा पुरस्कारको पनि स्थापना भएको छ। जुन जनक प्रतिको ठूलो सम्मान हो।    
सीता
आदर्श नारी 
जन्म/मृत्युः इ.पू. ५०० – ३८२ सम्म (पौराणिक काल)                                                                                  
नेपालको गौरव र प्रतिष्ठा बढाएर आफूलाई अमर बनाउने व्यक्तिहरूको सूचीमा नारीको संख्या पनि उल्लेखनीय छ। तिनै नारीहरूमध्ये नेपाली माटोमा उम्रेकी एक सुन्दर एवम् आदर्श नारीसुमन हुन्– सीता। रामायण र रामकथामा आधारित अन्य रामायणहरू जस्तै सीता रामचरितमानसकी मुख्य पात्र हुन्। भगवान् मर्यादापुरुषोत्तम् रामकी पत्नीधर्मानुरागीआदर्श राजा दशरथकी बुहारी र राजर्षि जनककी छोरी सीता नेपालभूमिकी गरिमामयी पुत्री हुन्। उनी आदर्शसच्चरित्रतासतीत्वनारीत्वमातृत्वासल्य र करुणमयी व्यक्तित्वका कारण संसारभरी जगज्जननीका रुपमा पूजित छिन्।   
    सीतालाई राजा जनककी छोरी भन्ने गरिन्छ तर वास्तवमा सीता राजा जनकले जन्माएकी छोरी भने अवश्य होइनन्। उनी त जनकले यज्ञको निम्ति उपयुक्त ठाउँ खोजी गर्न सुनको हलोले जमिन जोत्ने क्रममा हलोको सियो (फाली) मा भेटिई पालिएकी पुत्री मात्र हुन्। जनकले धर्मपुत्रीका रुपमा पालेकाले उनलाई "जानकी" भनिन्छ। विदेह (जनक) राजाकी छोरीका रुपमा उनी "वैदेही" नामले पनि चिनिइन्। तर हलोको सियोबाट उत्पन्न भएकीले यिनी सीता भइन्।   
    साँच्चै भन्ने हो भने सीताका आमाबुबा दुवै अज्ञात छन्। त्यसैले सीताको जन्म सम्बन्धका बारेमा एकरुपता पाइँदैन । वाल्मीकिरामायणआनन्दरामायणअद्धूतरामायणअध्यात्मरामायणकम्बरामायण – तामिलरामायणदेवीभगवत् आदि पुराणहरूमा फरक – फरक कथा छन् । आनन्दरामायणका अनुसार चाहिँ मिथिलाका एक ब्राह्मणले सन्दुक फेला पारी राजा जनकलाई बुझाएका थिए। उक्त सन्दुकभित्र एउटी कन्या पनि भएकीले राजा जनकले ती कन्याको पालनपोषण मात्र गरेका हुन् भन्ने भनाइ पनि छ। आनन्दरामायणकै अनुसार भगवान् विष्णुले दिनुभएको महालिङ्गबाट निस्किएकी पद्मा/सीता राजा पद्माक्षरकी छोरी हुन्। पद्माको बिहेका लागि आयोजित स्वयंवर समारोहमा दैत्यले तँछाडमँछाड गर्दै झैझगडा निम्त्याएकोले पद्मा आगोमा विलिन भइन्। केही समयपछि तिनै पद्मा अग्निकु48डबाट निस्कँदा रावणको कुदृष्टि परेको र उसले पछ्याउँदै आएकाले उनी फेरी आगोमै विलिन भइन्। अनि त्यसपछि रावणले अग्निकु48ड समेत भत्काउन लगाउँदा त्यहाँ पञ्चरत्न फेला पर्‍यो। सन्दुकमा राखिएको पञ्चरत्नमा मन्दोदरीले कन्याका  रुपमा पद्मा/सीतालाई देखिन्। त्यो थाहा पाएपछि रावणले सन्दुक बन्द गरेर जमिनमा गाडिदिएको थियो। त्यही जमिनमा राजा जनकले हलो चलाउँदा सीतालाई फेला पारेका हुन्। 
    उता उद्धूतरामायणका अनुसार चाहिँ रावणले अत्याचारपूर्वक निकै कष्ट दिई तपस्यारत ऋषितपस्वीका शरीरमा बाणले घोच्दै रगत झकेर घैँटामा भर्ने गर्थ्यो। गृत्समद ऋषिले पनि त्यहीँ नै तपस्या गरिरहेका थिए। उनी नित्य कुशको टुप्पोबाट निस्किएको दूध घैँटोमा जम्मा गर्ने गर्थे। त्यो चाल पाएर दुष्ट रावणले त्यो घैँटाको दूध जति आरुनो घैँटामा हालेको थियो। त्यसैबखत रावणको राक्षसी व्यवहारबाट वहकीएकी मन्दोदरीले उक्त रगत मिसिएको दूध विष ठानी आत्महत्या गर्ने उद्देश्यले खाइन्। विषालु बनिनसकेको दूधपानले उनी मरिनन् तर उनमा गर्भ रहन गयो। अनि मन्दोदरीले उक्त गर्भलाई पतन गरी जमिनमुनि गाडिदिएकी थिइन्। त्यसैले राजा जनकले हलो चलाउँदा सीतालाई फेला पारेका हुन् भन्ने भनाइ छ। 
    कम्बरामायणका अनुसार सीता कुशध्वज र मालावतीकी छोरी हुन् भन्न पनि सकिन्छ। किनकि जनकका भाइ कुशध्वजकी छोरी वेदावती रावणका कारण आगोमा जली खरानी भएकी थिइन्। त्यही खरानीबाट वेदावतीले सीताको अवतार लिएकी हुन्।  
    दवीभगवत्का अनुसार लङ्काधिपति रावणले वंशै समाप्त हुने सुनेकाले जन्मिनासाथ आरुनो पहिले सन्तानलाई सन्दुकमा बन्द गरेर धर्ती (जनकपुर) मा गाडिदिएको हुनाले जोत्दा जनकले फेला पारेका हुन् भन्ने भनाइ छ।   
    अन्य किम्बदन्ती अनुसार सीताको जन्म रावणकी धर्म पत्नी मन्दोधरीको गर्भबाट भएको हो भन्ने गरिन्छ। त्रेतायुगमा लङ्काका तत्कालीन राजा रावण थियो। उसले आरुनो शक्तिको घम48डले पृथ्वीभरी नै वित48डा मच्चाएको थियो। उसले नित्य जनताबाट कर असुलेर एक सेर सुन किन्ने गर्थ्यो। यही बेथितिका कारण ८८ हजार ऋषिमुनिहरूले रावणको वंश नाश गर्न सबैले आआरुनो रगत अलिअलि जम्मा गरी एक सेर तौल पुर्‍याइ एउटा पञ्चरङ्गी डिब्बामा हालेर राखे। जब रावण कर असुल गर्न ऋषिहरूकोमा पुग्यो तब ऋषिहरूले रगतको डिब्बा रावणलाई दिएर भने– “महाराज र हामीले यो डिब्बामा एक सेर सुन जम्मा गरेका छौँ। यो लिएर जानुहोस्।” यो कुरा सुनेर रावणले पनि उक्त डिब्बाको तौल लियो। तौल एक सेर पूरा भएकाले उसले डिब्बा नखोली घर लग्यो। रावणले सधैँको जसो उक्त डिब्बा पनि आरुनी धर्मपत्नी मन्दोधरीलाई राख्न दियो। मन्दोधरीले पञ्चरङ्गी डिब्बा देखेर भित्र के रहेछ भनी तुरुन्त खोल्ने विचार गरिन्। खोलेर हेर्दा त उनले डिब्बा भित्र रगत पो देखिन्। अनि मन्दोधरीले यो रगत रावणकी अरु कुनै परस्त्रीको हुनुपर्छ भन्ने ठानी रिसले चुर हुँदै पिइन्। त्यसैकारण मन्दोधरीको केही दिन पछि गर्भ रहेको थाहा भयो। मन्दोधरीको पेटमा धेरै पीडा भएका कारण रावणले ज्योतिषीहरूलाई बोलाएर लक्षण हेर्न लगायो। ज्योतिषीहरूले मन्दोधरीको गर्भबाट रावणकुलको वंश नाश गर्ने एक पुत्रीको जन्म हुने संकेत गरे। यो सुनेर रावणले मन्दोधरीको गर्भ पतन गराई एक घडामा राखी आरुनो पुष्पक विमानमा बसेर घडा छोड्ने उचित ठाउँ हेर्न लगायो। यसरी हेर्दा जनकपुरमा एउटा निकै गहिरो तलाउ देखियो। रावणले उक्त घडा त्यही तलाउमा खसायो। केही समयपछि त्यो तलाउ ठूलो खडेरीका कारण पूरा सुक्न गयो। त्यही  खडेरीको निवाराणर्थ राजा जनकले अश्वमेध यज्ञका निमित्त त्यही तलाउको ठाउँमा हलो जोत्दा हलोको सियोबाट घडा निस्कियो। घडा खोलेर हेर्दा जनकले एउटी कन्या देखे। ती कन्याको नाम सियोबाट उत्पन्न भएकीले सिया” राखे। यहि नाम पछि सीता रहन गयो। राजा जनकले पालनपोषण गरेकाले यिनलाई जनककी छोरी भनिएको हो।
    राजा जनककी छोरी सीता केवल जनककी मात्र छोरी बनिनन्। उनी त सच्चरित्रतापतिव्रतात्यागसहयोग एवम् सद्भाव र अनुपम सौन्दर्यले गर्दा सिङ्गो मुलुककी सुपुत्री नै बन्न पुगिन्। सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो। शूरवीरले उचाल्न नसक्ने शिवधनु पूजाकोठाको सरसफाइ गर्दा उनी सजिलै वरपर सार्ने गथिन्। यही शक्ति देखेर राजा जनकले पनि छोरी वयस्क भएपछि विवाहका लागि आरुनो दरबारमा रहेको विशाल शिवधनुमा ताँदो चढाउन सक्ने वीर एवम् पराक्रमी पुरुषलाई नै छोरी दिने वाचा गरेका थिए। जनकले शिवधनु उठाउन सक्नेसँग नै आरुनी छोरी सीताको विहे गरिदिने झ्याली पिटेपछि अयोध्याका युवराज रामचन्द्रले त्यो पराक्रम देखाए। रामले धनु उठाउनसाथ त्यो धनु त भाँचियो। त्यसपछि सर्तानुसार पराक्रमी पुरुष रामलाई सीताले वरमाला पहिर्‍याई स्वयम्बर गरिन्। यसरी सीताको विवाह त्यसबेला अयोध्यामा राज्य गर्ने राजा दशरथका जेठा छोरा रामचन्द्रका साथ सुसम्पन्न भयो। त्यो उनीहरूको पराक्रम विवाह थियो। त्यो न त प्रेम विवाह थियो न त गन्धर्व नै। भगवान् विष्णुले पृथ्वीको भार उतार्न रामावतार लिनु भएकाले कसैले हल्लाउन समेत नसकेको धनु उठाउने रामको काममा सघाउन मानव जीवन लिएकी सीताको विवाह अन्नतः रामसँगै भयो। त्यसैले रामको सफलतामा पनि सीताको उत्तिकै हात रहेको छ। सीताकै उच्च आदर्शपतिभक्ति र कर्तव्यनिष्ठाकै कारण रामको छवि पनि सदा उच्च रह्यो। यति सम्मकी उनकी पत्नीको चरित्रसँग जोडेर कतिले निरर्थक लाञ्छना समेत लगाउन भ्याए पनि सीताले अग्निपरीक्षामा आफूलाई होमेर चरित्रवान् साबित गरिदिएकी थिइन्। 
    दशरथका जेष्ठ सुपुत्र राम राजगद्दीका हकदार भए पनि पारिवारिक षड्यन्त्रका कारण रानी कैकेयीको वचन हारेका दशरथकै आदेशले गर्दा उनी चौध वर्ष वनबास जानुपर्ने भयो। आरुना स्वामी वनबास जानुपर्ने भएपछि दरबारमा हुर्केकी र पालिएकी सीताले अनेकौं दुःखकष्ट पाए पनि आरुना पतिसँगै वनवास जान रुचाइन्। जसरी चन्द्रमासँग चाँदनी र देहसँग छाया अलग हुन सक्दैनन्त्यसरी नै पतिबिना पत्नीको अस्तित्व नरहने सोची सोही कुराको सन्देश प्रवाहित गर्दै जङ्गलको कठोर यात्रामा अघि बढिन्।    
    जङ्गलमा सीताका जीवनमा अनेकौँ दुःखकष्टसङ्कट र विपत्तिका ज्वारभाटाहरू मडारिए। उनले त्यहाँ पाउनुसम्मको दुःख पाइन्। तैपनि उनले आरुनो धर्मआचरण र परम्परागत मर्यादाहरूको अक्षरशः परिपालन गरिरहिन्। त्यसै बखत कुनै एक दिन राम वनमा गएका बेला मरिच” ले छल गरी रामकै स्वरमा ल73मणलाई पुकार्दा सीता विह्वलित भई ल73मणलाई त्यतैतिर पठाउँछिन्। वनमा सीता एक्लै भएको मौका छोपी आकाश मार्ग हुँदै जोगीको भेष गरी लङ्काका नरेश रावण त्यहाँ आइपुग्छ। सीताको मादक सौन्दर्यमा अभिभूत भएर ल73मणले बनाएको रेखा पार गरे मात्र भिक्षा लिने बताई अनेक छल गरी सीताको अपहरण गर्छ र लङ्का पुर्‍याउँछ। त्यहाँ उनलाई रावणले सुन्दर बगैँचामा राखी प्रशस्त लोभलालच देखाई मानसिक यातना दिएर श्रीमती बनाउने प्रपञ्च रच्योहरतरहको प्रयत्न गर्‍यो तर सीताको मनोबल गिराउन खोज्ने रावण र उसका म48डलेहरू सीताको चरित्रबलको अगाडि पूर्णतः असफल भए। आरुनी पत्नी सीताको खोजमा भौँतारिएका रामले सीतालाई रावणले अपहरण गरी लङ्का पुर्‍याएको थाहा पाएपछि यसै विषयलाई लिएर मीत सुग्रीवको सहयोगमा राम र रावणबीच घनघोर युद्ध पनि भयो। अन्तमा रामको विजय भएपछि सीतालाई फिर्ता ल्याए। यसलाई असत्यमाथि सत्यको विजय मानिन्छ।   
    राम र रावण बीचमा भएको युद्धको समाप्तिपछि सीतालाई रामले फर्काएर घर लगे। त्यतिबेलासम्म वनबासको चौध वर्षे समय पनि पूरा भइसकेको थियो। तर अपशोच 164 इज्जत र चरित्रको सुन्दर आभूषण पहिरेर बसेकी सीता पुरुषहरूको शङ्कालु मनको शिकार भइन्। यस विषयमा आफूलाई पवित्र साबित गर्न उनी कैयौँ पटक दन्किरहेको बल्दो अग्निमा होमिनु पर्‍यो। सच्चापवित्र र निर्दोष सीतालाई आगोले पनि छुन सकेन। यसपछि उनी पवित्र साबित भइन्। यसैलाई "अग्निपरीक्षा" भनिन्छ। तर नारीप्रतिको सामाजिक दृष्टिकोण भेदभावपूर्ण भएकैले होला उनलाई रामले अझै पनि स्वीकार गरेनन्। आरुना पतिसँगसँगै बस्ने सौभाग्य उनलाई कहिल्यै जुरेन। अर्काले हरण गरेकी स्वास्नी ल्याएको लोकापवादको दाग राममाथि लगाइयो। यही आरोपबाट मुक्त हुन र लोकापवादको दाग पखाल्न सीताप्रतिको मायामोह हुँदाहुँदै पनि रामले सीतालाई पुनः वनबास पठाउन उचित ठहर्‍याए। सच्चरित्रवान् हुँदाहुँदै पनि चौतर्फी मिथ्या आरोपको घातक हमलाले गर्दा सीताको हृदय भतभती भयो। एउटी आदर्श नेपाली नारीको मन धर्धर्ती रोयो। आखिर जस्तोसुकै विपत्ति आइलागे पनि उनले वाल्मीकि ऋषिको आश्रममा बसी नेपाल र नेपाली नारीको स्वाभिमानइज्जत र चरित्रलाई कञ्चन बनाएरै छाडिन्। अन्तमा वाल्मीकिको आश्रममा पुगेर सीतालाई अयोध्या फर्कन भनिन्छ तर त्यसपूर्व सतीत्वको किरिया खान आग्रह गरेपछि सीता ज्यादै द्रवित हुन्छिन्। धर्तीमाता सामु आरुनो सतीत्व र पतिव्रता साँचो भए आश्रय दिन पुकार्छिन्। धर्ती फाट्छ अनि सीता धर्तीमाताको शरणमा सदासदाको लागि विलीन हुन्छिन्।
    सीताले पतिब्रता नारीका रुपमा आरुनो उच्च नैतिक आदर्श प्रस्तुत गरेकी हुँदा उनलाई समग्र हिन्दू जातिले देवीका रुपमा स्वीकार गर्दै आएका छन्। हिन्दू जातिकी आराध्यदेवीका रुपमा स्थापित सीताको जन्म जनकपुरमा भएकाले उक्त क्षेत्र आज धार्मिकरुपले अति प्रतिष्ठित छ। जनकपुरको रामजानकी मन्दिरमा प्रतिवर्ष असङ्ख्य भक्तजनले सीताको पूजाआजा गर्ने गर्छन्। जसबाट  उनीप्रतिको अगाध आस्था र अनन्य भक्तिभावको उजागर हुन्छ। मानिस जस्तोसुकै आपत्विपत् पर्दा पनि विचलित हुनुहुँदैन। सीताले जीवनमा भोग्नुपरेका सङ्घर्षका कठोर एवम् कहालीलाग्दा दुःखद् घटनाहरूले पतिको कसरी सेवा गर्नुपर्छ भन्ने सन्देश प्रवाहित गरेको छ। यिनै आदर्श चरित्रका कारण आज उनको नाम नेपालको राष्ट्रिय विभूतिको रुपमा इतिहासमा स्वर्णाङ्कित छ।  

गौतम बुद्ध
महामानव                     जन्मः इ.पू.५६३ वैशाख पूर्णिमा       एसियाका तारा                 मृत्युः इ.पू. ४८६ वैशाख पूर्णिमा
शान्तिका अग्रदूत               पिताः शुद्धोधन 
बुद्ध धर्मका संस्थापक            माताः मायादेवी  

बुद्धम् शरणम् गच्छामि” बुद्धको शरणमा जान्छु किनभने बुद्धको शरणमा शान्ति मिल्छ। हुन त आज गौतम बुद्ध छैनन्। तर उनका ज्ञान र उपदेशबाट मानिस बुद्धको शरणमा पुग्न सक्छन्। यिनै शान्तिका अग्रदूत गौतम बुद्धको नाम नसुन्ने यस संसारमा कमै छन् होला। बुद्ध धर्मका प्रवर्तक एवम् संस्थापक महामानव गौतम बुद्धको जन्म इ.पू. ५६३ मा वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु नगरको लुम्बिनीमा शाक्य राजकुलमा भएको थियो। शाक्यवंशी पिता शुद्धोधन र माता मायादेवीको सुपुत्रका रुपमा गौतम बुद्ध आरुनी आमा माइती देवदह जान लाग्दा बाटोमै जन्मिएका थिए। जहाँ प्रसव पीडा हुन थालेपछि प्रसुतिको व्यवस्था मिलाइएको थियो। विडम्बनाको कुरो के छ भने उनी जन्मेको सातौँ दिनमै मायादेवीको मृत्यु भएकाले उनको लालनपालन सौतेनी आमा प्रजावती गौतमीले गरेकी थिइन्। उनी सौतेनी आमा गौतमीकै स्याहारसुसार तथा पालनपोषणमा  हुर्किए। प्रजावती गौतमी मायादेवीकी दिदी तथा शुद्धोधनकी दोस्री पत्नी थिइन्। गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ गौतम थियो। राजा शुद्धोधनको सन्तानको इच्छा पूरा भएपछि उनको नाम सिद्धार्थ राखिएको हो। जसको अर्थ "इच्छा पूर्ति" हुन्छ। न्वारान गर्दा ज्योतिषीहरूले सिद्धार्थ गौतम या त चक्रवर्ती राजा या महान् ज्ञानी (सन्यासी) पुरुषमध्ये एक बन्ने भविष्यवाणी गरेका थिए।
    राजकुमार सिद्धार्थको लालनपालनशिक्षादीक्षा ८ वर्षको उमेरदेखि विश्वामित्र र सब्बामित्र गुरुहरूको रेखदेखमा राजदरबारमै भएको थियो। कुशाग्र बुद्धिका धनी सिद्धार्थ खूब मन लगाएर पढ्थे। उनी साहित्यसंगीतधनुर्विद्याउत्तम लेखनखेलकूद आदिमा अब्बल थिए। यिनको बाल्यकाल निकै सुखसयलकासाथ बित्यो। सिद्धार्थ गौतम सानैदेखि असलदयालु र एकान्तप्रेमी थिए। सानैदेखि सुखआनन्द मोजमस्ती गर्न पाएका सिद्धार्थले आफू ठूलो हुँदै गएपछि वैभवलाई मन पराएनन्। राजकुमारको एकान्तप्रेमले चिन्तित शुद्धोधन छोराको वैराग्य भावना देखेर बानी परिवर्तनका खातिर मनोरञ्जनका सबै सामान जुटाइदिन्थे। राजपरिवारको रमझममा नरमाएपछि पारिवारिक वातावरणमा भुलाउन राजा शुद्धोधनले १६ वर्षको कलिलो उमेरमा द48डपाणि कोलियकी १६ वर्षीया छोरी यशोधरा कन्यासँग सिद्धार्थको विवाह गरिदिएर गृहस्थी जञ्जालमा फँसाइदिए। १० वर्षको लामो समयपछि यशोधराले छोरा राहुललाई जन्माइन्। विलासिताका साधनमा कुनै कमी नभएनी सिद्धार्थलाई कुनै पनि कुराले बाँध्न र रोक्न सकेन। उनी जति परिपक्क बन्दै गए उति उनलाई राजसी सुखसयलप्रति वितृष्णा पैदा हुन थाल्यो। उनलाई दरबारबाट बाहिर निस्कने अनुमति थिएन। तैपनि एक साँझ सहर हेर्न भनी दरबारबाट बाहिर निस्कँदा  एकजना रोगीएकजना वृद्धएउटा शमशानघाटतिर लगिरहेको शव र गम्भीर मुद्रामा रहेको एकजना माग्ने जोगी देखे। हुनत उनले पहिले नै दरबारमा रोगीबूढोमृत र सन्यासीलाई देखेका थिए। २९ वर्षसम्ा यस्ता कुरा देखेनन् बुझेनन् भन्नु भ्रान्तियुक्त छ भन्नेहरू पनि प्रशस्तै भेटिन्छन्। जे होस् दयालु सिद्धार्थको मनमा प्रथम तीन दृश्यले दुःखानुभूति भयो भने अन्तिमले मुक्तिको मार्गको अनुभूति भयो। यसबाट उनका मनमा अनेक प्रश्नहरू उब्जन थाले। प्राणीहरू रोगी र वृद्ध भई किन मृत्युलाई वरण गर्छन्। यी कुराले किन कसैलाई पनि छाड्दैनके यसबाट मुक्ति पाउने उपाय छैनयिनै दुःखका कारण र निदानका उपायहरू पत्ता लगाउन र जीवन मुक्तिको लागि उनले गृहस्थी जीवन र राजगृह त्याद गर्ने अठोट गरे। त्यसैले २९ वर्षको उमेरमा पत्नीपुत्रबन्धुबान्धव र राज्यसुख त्याग गरि मुक्तिका लागि तपस्या गर्न एक रात सबै मस्त निद्रामा रहेको अवस्थामा सन्यासी भेषमा सुटुक्क बाहिर निस्के। यसलाई बौद्ध धर्ममा "महाभिनिष्क्रमण" भनिन्छ।  
    गृहत्यागपछि सिद्धार्थले दुःखका कारण पत्ता लगाउन र सांसारिक बन्धनबाट मुक्ति पाउन विभिन्न धर्माश्रमहरूको भ्रमण गर्दै महात्मा र योगीहरूलाई भेटे। धेरै मान्छेहरूसँग ज्ञान र ध्यानका विषयमा छलफल गरे अनि उरुबेला भन्ने ठाउँमा अन्न र जल त्यागेर शरीरलाई भीषणतम् कष्ट दिने खालको तपस्वीको फन्दामा परी ६ वर्ष तपस्यामा लिन भए। यति लामो तपस्याबाट उनको शरीर जीर्ण भयो तर ज्ञान प्राप्त भएन। शरीरको कष्टले मात्र ज्ञान प्राप्त हुँदैन भन्ने ठानी स्थूल आहार गरे। पछि फेरि मध्यमार्गी बाटो अपनाएर विहारको गया भन्ने स्थानमा पीपलको बोटमुनि एकाग्र भई ध्यानमा बसेकै बेला उनलाई अपूर्व सुखानुभूतिका साथ बुद्धत्व प्राप्त भयो। उक्त दिन वैशाख शुक्ल पूर्णिमा नै थियो। यसरी ज्ञान पाएपछि उनलाई बुद्ध भन्न थालियो। बोध स्थान गयालाई 145बोधगया146 र पीपलको रुखलाई "बोधिवृक्ष" भन्न पनि थालियो। यसरी ३५ वर्षको उमेरमा उनलाई दुःखमृत्युु र पुनर्जीवनका बारेमा ज्ञान हुनका साथै दुःखको कारण तृष्णा हो भन्ने पनि थाहा भयो। त्यसपछि बुद्धले सावधानी र दूरदर्शिताले आरुनो रणनीति निश्चित गरे। फलस्वरुप समाजले एउटा साँचो सामाजिक भावना भएको क्रान्तिकारी मानिस पायो। 
    ज्ञान प्राप्ति गरिसकेपछि बुद्ध सबैभन्दा पहिला उरुबेलामा सँगै तपस्या गर्ने ५ जना ऋषिहरू खोज्दै सारनाथ गए र त्यहाँ उनीहरूलाई आफूले पाएको ज्ञानको प्रचार गरे। जसलाई "धर्मचक्त प्रवर्तन" भनिन्छ। गौतम बुद्धले यति लामो तपस्या गरेर जुन ज्ञान संश्लेषण गरे यसलाई बुद्धका उपदेशका रुपमा लिइन्छ। सधैँ साँचो बोल्नुझूटो कुरा कहिल्यै नगर्नुहिंसा नगर्नुलोभी र पापी नहुनुचोरी नगर्नुसबै प्राणीलाई दया गर्नुशुद्ध आचरण राख्नुसानालाई माया र ठूलालाई आदर गर्नुजातिको आधारमा कोहीपनि ठूलो र सानो हुँदैनशुद्धजीवन बाँच्नका लागि कुलीनवंशमा जन्मिनु आवश्यक छैनवाणीसंकल्पदृष्टिकर्मजीविकाश्रमचिन्तन र ज्ञानको शुद्धता नै सबैभन्दा ठूलो तप हो। यसैको प्रयासले हामी जीवनलाई सुखद् र सफल बनाउन सक्छौँ। जुन सत्य तिम्रो बुद्धिले स्वीकार गर्छजुन तिमीमा सर्वथा उचित लाग्छत्यसैमा विश्वास गरत्यसै अनुसारको आचरण गर भन्ने उनका महत्वपूर्ण अर्ति उपदेशहरू हुन्। आज यो बुद्ध धर्मका नामले संसारभरि फैलिएको छ। उनको उपदेश समेटिएको धार्मिक ग्रन्थलाई "धम्मपद" या "त्रिपिटक" भनिन्छ।  
    “बुद्धम् शरणम् गच्छामी” :  ज्ञानको शरणमा जान्छु, “धम्मम् शरणम् गच्छामी” :  धर्मको शरणमा जान्छु, “संघम् शरणम् गच्छामी” :  समाजको शरणमा जान्छु गौतम बुद्धका धार्मिक सिद्धान्तहरू हुन्। बुद्ध धर्मशास्त्रानुसार संसार दुःखमय छ। शरीर दुःखको घर हो। अज्ञानता र तृष्णा (इच्छा) दुःखका कारणहरू हुन्। यिनले मानिसलाई कुकर्मतिर धकेलेर दुःखको गर्तमा पुर्‍याउँछ। त्यसकारण तृष्ण मान्छेको ठूलो बैरी हो। भौतिक संसार अस्थिर र क्षणभङ्गुर छ। जन्मरोगवृद्धावस्था र मृत्यु जीवनचक्र हुन्। तृष्णाको अन्त्य नै दुःखको अन्त्य हो। यस्ता अर्तिउपदेशबाट पहिलेदेखि नै हिन्दुधर्मसंस्कार र छुवाछुत जस्ता भेदका बोझले थिचिएका मानिसहरू बुद्धका बोलीमा विश्वास गर्न थाले। राजा र महाराजासहित हजारौँ मानिसहरूले बुद्धको शिष्यत्व ग्रहण गर्न थाले। यसरी दुःखरुपी संसारको मोहबाट दुनियाँलाई मुक्त गराउनेवर्ण समानताको प्रचार गर्नेसामाजिक कुप्रथाको विरोध गर्ने गौतम बुद्ध शान्तिका दूतमहामानव र भगवान्का अवतार हुन्। दुःखका कारण र शान्तिका उपायहरू पत्ता लगाउने गौतम बुद्धको धर्म प्रचार गर्दागर्दै ८० वर्षको उमेरमा वैशाख शुक्ल पूर्णिमाकै दिन भारतको कुशीनगरमा इ.पू. ४८६ मा निर्वाण (मृत्यु) प्रात्त भयो। यसलाई बुद्ध धर्ममा "महापरिनिर्वाण" भनिन्छ। उनको मृत्युपछि उनका शिष्यहरू आनन्द र सारिपुत्रले यस धर्मको रक्षामा विशेष योगदान दिएका थिए। भारतका सम्राट अशोकले त बुद्धधर्मको प्रचार गरेर यसलाई पूरै भारतवर्षमा परिचित गराए। त्यसपछि बुद्धधर्म संसारभर फैलियो। त्यसैले आज बुद्धको जन्मथलो लुम्बिनी विश्वप्रसिद्ध धार्मिक स्थलको रुपमा चिनिएको छ। यसले विश्वसामु नेपाल र नेपालीको शिर ठाडो पारिदिएको छ। त्यसैले यिनलाई नेपालको राष्ट्रिय विभूतिको रुपमा इतिहासमाका पानामा सुरक्षित गरिएको हो।   


अंशुवर्मा

प्राचीन लिच्छविकालीन              जन्मः सन् ५९५ अनुमानित
स्वर्णयुगका आदर्श शासक      मृत्युः सन् ६२० अनुमानित 
प्रथम महाराजाधिराज 
नेपालको इतिहासमा निकै पहिलेदेखि नै राजा र प्रजाहरू देश र जानताको हकहित तथा उन्नतिमा मिलेर लागेका दृष्टान्तहरू प्रशस्तै छन्। तर एउटै व्यक्ति जो प्रजा र राजासमेत भएर राष्ट्रनिर्माणमा समर्पित भएको उदाहरण पाउन मुस्किलै छ। जसले आरुनो कार्यकुशलताको प्रदर्शनले जनताको सेवाराष्ट्रिय हित र समाजको व्यापक सुधार गरेको थियो। यस्ता मह140पूर्ण कार्य गरेर जनजनका ढुकढुकीमा अमिट आसन जमाउँदै राजगद्दीमा आरुढ हुने एक कुशल व्यक्तित्व हुन् – अंशुवर्मा। उनी न राजगद्दीको हकदार थिए न त राज परिवारका सदस्य नै। तैपनि नेपालको इतिहासमा उनले आफूलाई एक आदर्श राजाका रुपमा स्थापित गरी छाडे।  
   लिच्छविवंशका राजा शिवदेव प्रथमका पालामा जागिरमा प्रवेश गरी आरुनो कार्यकुशलताको कारण "महासामन्त" पदवी प्राप्त गरेका अंशुवर्माका वंशका बारेमा कुनै पनि प्रमाणिक स्रोत हालसम्म पनि प्राप्त हुन सकेको छैन। उनको जन्म सन् ५९५ मा भएको इतिहासविद्हरूको अनुमान रहेको छ। राजा शिवदेवले आरुनी छोरीको विवाह अंशुवर्मासँग गरिदिई कुटुम्ब स्थापित गरेका थिए। त्यसैले ससुरा शिवदेवपछिका रोलक्रमवाला उदयदेवलाई हटाई आफू स्वयम् राजा घोषित भएर नेपालको इतिहासमा शान्तिसुशासन र स्वर्णयुग भित्र्याउने अंशुवर्मा एक विद्वान् राजा थिए। आफू राजकुलका युवराज नभए पनि "महाराजाधिराज" ग्रहण गर्ने अंशुवर्मा नेपालको राजनीतिलाई आरुनो कब्जामा राखी राजालाई कठपुतली बनाउन सक्षम थिए। विभिन्न चार चरण सहायकसमान्तमहासामन्त र महाराजधिराज गरी राज्यसत्ताको बागडोर सम्हाल्न पुगेका यिनले राजनीतिअर्थतन्त्र र न्यायसम्पादनका क्षेत्रमा अतुलनीय योगदान दिएका छन्। राज्यको बलियो जगका रुपमा रहेका कर्मचारीहरूको तलब र सुविधा बढाई सबैलाई आरुनो पोल्टामा पारेका थिए। जनताका अनावश्यक बोझका रुपमा रहेका करहरू माफ गरिदिनेठाउँठाउँमा पाठशाला खोल्नेपानीका धाराबाटाघाटापाटीपौवा र मठमन्दिर निर्माण गरेर उनले आफूलाई जनतामा निकै लोकप्रिय बनाएका थिए। कतै पनि अन्याय हुन नदिनेसामान्य न्याय सबैले पाउनेदोषीलाई कडाभन्दा कडा कारवाही गर्ने न्यायीक काम उनका शासनकालमा भएका थिए।  यिनी हिन्दूबौद्ध र अन्य सम्प्रदायका सबै धर्मलाई समान व्यवहार गर्दथे। विभिन्न शिवालयचैत्य र विहार आदिको निर्माणमा राष्ट्रिय ढुकुटीबाट बजेट नै निकासा गरिदिन्थे। उनले एक नयाँ सम्वत् पनि चलाएका थिए। त्यसलाई "भोटे सम्वत्" भन्ने गरिन्छ। उनी कलाप्रेमी पनि भएकाले उनका पालमा धातुकला र मुर्तिकलाको निकै विकास भएको पाइन्छ।  
   पशुपति नजिकै देउपाटनमा उनले भौतिक विकासको चरम उदाहरणको रुपमा रहेको कैलाशकूट भवन बनाएका थिए। जुन अत्यन्तै सुन्दर थियो। यस भवनका विषयमा खोपसी अभिलेखबुङमती अभिलेख एवम् ताङवृतान्ताबाट जानकारी पाउन सकिन्छ। प्रसिद्ध चिनियाँ यात्री हुआन साङले प्रशंसा गरेको  यो भवनबाट राज्यका सम्पूर्ण कार्यहरू सूचारु हुन्थे। आज कैलाशकुट भवनको अवशेषसम्म पनि नभएकाले इतिहासकारहरूले यो दरबार देउपाटनगोकर्ण र शङ्खमूल आदि ठाउँमा हुन सक्ने अनुमान गरेका छन्।  
   कुटनैटिक चातुर्यमा पनि अंशुवर्माले अनुकरणीय कार्य गरेका छन्। उनको बढ्दो लोकप्रियताले पिल्सिएका छिमेकीहरू नेपालभित्र आरुनो प्रभाव फैलाउन चाहन्थे। त्यसबेला उत्तरमा निचियाँ राजा स्रङचङगम्पोको प्रभाव पूरै भोट (तिब्बत) भरि थियो। यिनले नेपालमा पनि आँखा गाड्न सक्ने सम्भावना देखेर अंशुवर्माले उदयदेवकी छोरी भृकुटीको विवाह स्रङचङगम्पोसँग गराइदिएका थिए। यसरी तिब्बतबाट नेपालमा हुन सक्ने आक्रमणलाई जोगाउन अंशुवर्माले तिब्बती राजासँग यस्तो कुटुम्बसम्बन्ध स्थापित गरेका थिए।  
   कुनै पनि राष्ट्रको विकासका लागि त्यहाँको आर्थिक अवस्था मजबुत हुनुपर्ने हुन्छ।  अंशुवर्माको पालामा पनि नेपालको निर्यात व्यापार निकै राम्रो थियो। आरुनै नाममा मुद्रा प्रचलनमा ल्याई लेनदेनको कारोबारलाई सरलिकृत बनाउने अहम् भूमिका अंशुवर्माले निर्वाह गरेका थिए। सन् ६०५ मा राज्यारोहण गरी करिब १६ वर्ष शासन गरेका उनको शासन अवधिमा मुलुकको विकास र समुन्नतिले निकै ठूलो फड्को मारेको थियो। यसरी देश र जनताको सेवा गर्दै आर्थिक उन्नतिमा लागेका अंशुवर्माको निधन सन् ६२० तिर भएको अनुमान गरिन्छ। नेपालको इतिहासमा यिनै सुकार्यले गर्दा आदर्श शासकका रुपमा चिनिएका अंशुवर्मालाई राष्ट्रिय विभूति मानिएको छ।

अरनिको
सुप्रसिद्ध मूर्तिकलाकार  जन्मः इ.सं. १२४४/वि.सं. १३००
                    (अनुमानित)
                    मृत्युः इ.सं. १३०६/वि.सं. १३६३ 

मूर्तिकलाको क्षेत्रमा आफूलाई समर्पित गरेर नेपालको इज्जत र प्रतिष्ठालाई उच्च पार्ने सुप्रसिद्ध प्राचिन धातुकर्मीमूर्तिकलाकार अरनिकोको जन्म वि.सं. १३०० मा भएको अनुमान गरिन्छ। अरनिकोको वास्तविक (नेपाली) नाम "बलबाहु" हो। अरनिको त उनी चिनमा गएपछि राखिएको नाम हो। चिनीयाँ भाषामा अरनिकोको अर्थ विदेशी हुन्छ। गरिब परिवारमा जन्मिएका अरनिकोले लेखपढको वातावरण पाएका थिएनन्। पाठशाला पठाउन सक्ने हैसियत परिवारको नभएकाले अरनिको कलाकारिता क्षेत्रमा लागे। नपढे पनि बुद्धिमान् र मिहिनेती अरनिको मूर्ति बनाउने साथीको सम्पर्कमा रही दिनहुँ आवतजावत गर्न थाले। छिट्टै उनले राम्राराम्रा मूर्तिहरू बनाउन सिकी सर्वत्र प्रशंसा कमाउन थाले। 
   अरनिको कलाकार मात्रै थिएनन्उनी मूर्तिकार र वैज्ञानिक पनि थिए। ज्योतिष विज्ञानमा पनि निपुण अरनिकोले एउटा भ्रमण दर्शक यन्त्र (दिशा देखाउने यन्त्र – गाइरोस्कोप) बनाएर ज्योतिष गणितमा प्रयोग हुने यन्त्र समेत निर्माण गरेका थिए। यसका साथै भूकम्प थाहा पाउने पुरानो यन्त्रको नमुनाका आधारमा त्यस्तै  नयाँनयाँ यन्त्र पनि बनाएका थिए।त्यस्तै उनले र उनका सहयोगीहरूले मिलेर मूर्ति बनाउँदा शरीरका विभिन्न अङ्गको आवशयक अनुपात (तालमान) र अरु कलाकारिता सम्बन्धी विवेचना गरिएको कलासम्बन्धी पुस्तकहरू पनि लेखेका थिए।
   तत्कालिन समयमा चीनका राजा कुब्लाई खानले एउटा सानदार मन्दिर बनाउने विचार गरी सिद्धहस्त कालिगढको खोजी गर्न थाले। त्यतिबेला चिनियाँ समाजमा राम्रा कलाकार नभएका र नेपालका उदीयमान कलाकारको ख्यातिले गर्दा चीनका राजाले नेपालका कलाकार झकाउने निर्णय गरी नेपालका राजा जयभीमदेव मल्ललाई सोही व्योहोरानुसार पत्र लेखे। नेपालका राजाले पनि सन् १२६० मा मूर्तिकार र वास्तुविद् गरी ८० जना कलाकारहरूको टोली चीन पठाइदिए। १७ वर्षका अरनिको ती ८० जना कलाकारका नायक थिए।    
   अरनिकोको उक्त टोलीले सर्वप्रथम तिब्बतको राजधानी ल्हासामा गएर २ वर्षमै एक सुन्दर भव्य स्वर्ण बौद्ध चैत्य (मन्दिर) बनाए। त्यसपछि विभिन्न गुम्बा मर्मत गरे र अनेकन मूर्तिहरू पनि बनाए। जुन अत्यन्तै राम्रो ठहरिएकाले जताततै कलाकारको प्रशंसा भयो। यसरी प्रसिद्धि कमाएपछि चीनका राजाले नेपाली कालाकारहरूको उक्त टोलीलाई दरबारमा बोलाए। अनि चीनका राजाले अरनिकोलाई भाँचिएर काम नलाग्ने अवस्थामा पुगेका एउटा ढलोट (धातु) को मुर्ति जोड्न दिए। कसैले पनि जोड्न नसकेको उक्त मुर्तिलाई अरनिकोले सजिलै जोडिदिए। त्यसपछि राजाले गराएको एक चित्र प्रतियोगितामा पनि अरनिको प्रथम भए। बेइजिङमा पुगेर उनले त्यहाँ विश्व प्रसिद्ध श्वेत चैत्य निर्माण गरेका थिए। त्यो चैत्य सन् १२७१ देखि सन् १२७९ आठ वर्ष लगाएर बनाएका थिए। त्यो भव्य चैत्यको उचाई करिब १६६ फिट र चौडाई ३० मिटरको छ। यसका साथै अरनिकोले आठ वर्ष चार महिना लगाएर श्वेत चैत्य महाविहारको पनि निर्माण गरे। उनले चिनीयाँ सम्राट र रानीको चित्र रेशमको कपडामा समेत तयार पारेका थिए। उनले सम्राटकै आदेशमा सप्तरत्न जडित अति कलात्मक लौहचक पनि तयार पारेका थिए। त्यसपछि चीनका राजा धेरै खुशी भई अरनिकोलाई चीनमै राखे।    
   तर अरनिको आरुनो देश नेपाल फर्कन चाहन्थे। राजाले सहमति नै दिएनन्। अरनिकोले पनि राजाको मन राख्नका लागि कहिल्यै नेपाल फर्केनन्। त्यसपछि अरनिको चीनका मूर्तिकलाकारहरूको नायक भएर बसे। अरनिकोको अद्भूत कला क्षमता देखेर सम्राटले यिनलाई राजकीय कलागुरु” को पदले विभुषित गरे। साथै सन् १२७४ मा यिनलाई राजकीय शिल्प विभागको अध्यक्ष बनाइयो। पछि क्वाङलु ताफु तास यु” (मन्त्री सरहको पद) प्रदान गरिएको थियो। उनले चीनमै विवाहसमेत गरे। पहिलो विवाह नेपाली केटीसँग भए पनि उनको दोस्रो विवाह भने चिनियाँ केटीसँग भयो। उनका आठ छोरी ६ छोरा भए।  
   कुनै पनि डरधक नमानीकन कुरा गर्ने अरनिकोको स्वभाव देखेर राजाले– "कलाकार भएर पनि तिमी बादशाहसँग कसरी निर्धक्कसँग कुरा गर्न सक्दछौ?" भन्दा जवाफमा अरनिकोले "हाम्रो देशमा राजासँग प्रजा डराउने बानी छैन। हाम्रा निम्ति राजा त पिता समान हुन्" भनेपछि चीनका बादशाहको पनि आँखा खुलेको थियो। त्यसपछि उनले पनि आरुना प्रजाहरूसँग सुमधुर सम्बन्ध कायम गर्न थाले। यसरी जन्मथलो नेपाल भएपनि कर्मथलो चीनलाई बनाएका बलबाहुको मृत्यु वि.सं. १३६३ मा पेकिङमा भयो। उनले चीनसँगको नेपालको सम्बन्धलाई सुमधुर बनाए। यस्ता व्यक्तित्वलाई नेपालले पनि राष्ट्रिय विभूतिको सम्मान प्रदान गरेको छ।  


राम शाह
गोरखाका गौरवशाली निसाफी राजा     जन्मः वि.सं. १६१४ 
                                 मृत्युः वि.सं. १६९३ 
                                                              पिताः पुरन्दर शाह

प्राचिन समयमा नेपाल अहिलेको जस्तो सिङ्गो थिएन। त्यतिबेला अहिलेको नेपाल विभिन्ा ससाना बाइसीचौबिसी राज्यहरुमा विभक्त थिए। तिनै टुक्रे राज्यहरूमध्ये गोरखा राज्य पनि एक थियो। यही गोरखा राज्यबाट नै पछि पृथ्वीनारायण शाहले नेपाल एकीकरणको थालनी गरेका हुन्। राम शाह पनि त्यही गोरखा राज्यमा राज गर्ने राजा हुन्। उनी द्रव्य शाहका नाति तथा पुरन्दार शाहका छोरा थिए। निकै न्यायीदयालु र धर्मात्माको रुपमा चिनिएका यिनको जन्म वि.सं. १६१४ मा गोरखामा नै भएको थियो। छत्र शाहको मृत्युपछि यिनले गोरखामा वि.सं. १६६६ मा राज्यारोहण गरी वि.सं. १६९३ सम्म २७ वर्ष शासन गरेका थिए। यिनको शासनकालमा गोरखामा निकै राम्रा सुधारका कामहरू भएका थिए। गोरखाका राजा भएपछि यिनले शासनव्यवस्थालाई जनअनुकूल बनाएर राज्यलाई निकै बलियो पनि बनाएका थिए। त्यसबेला अन्य राज्यहरूमा शासन व्यवस्थ्ा राम्रो थिएन। यसै स्थितिलाई हेरेर उनले आरुनो राज्य समयानुकूल चलाएका थिए। आरुनो राज्यमा उत्तम रीतिस्थिति र सामाजिक परिपाटी बसालेकाले उनी गोरखाका गौरवशाली राजा बन्न पुगेका हुन्।  
   नेपालका विभिन्न भूभागभित्रका राजहरूमध्ये राज्यको रीतिस्थिति राम्रो बनाउने प्रथम राजा राम शाह नै हुन्। उनले तत्कालिन समाजमा प्रचलित नापतौल प्रणालीमा सुधार गरी मानापाथीमुरीढकतराजुको चलन आरम्भ गरे। त्यसैगरी मासातोलापलबोडीबिसौली र धार्नीको पनि विकास गरे। जसअनुसार १० लालको १ मासा१० मासाको १ तोला१८ तोलाको १ पल२७ तोलाको १ बोडी४ बोडीको १ बिसौली२ बिसौलीको १ धार्नी१० मुठीको १ माना८ मानाको १ पाथी र २० पाथीको १ मुरी हुने व्यवस्था मिलाए। समाजमा प्रचलित ब्यादरमा पनि परिवर्तन गरी नगदमा सयकडा १० का दरले र अन्नमा वार्षिक चर्तुथांश ऋणीले साहुलाई तिर्नुपर्ने व्यवस्था कायम गरे। त्यसैगरी ऋण लिएको १० वर्षपछि नगदको दोब्बर र अन्नको तेब्बरभन्दा बढी लिन नपाइने नियम पनि लागू गरे। उनले जनताहरूका लागि कुलोपैनी र पानीको समुचित व्यवस्था मिलाए। कुलाको पानी मिलेर पालैपालो प्रयोग गर्ने यदि यसमा झगडा उत्पन्न भएमा स्थानीय जनप्रतिनिधिहरूले छलफल गरी मिलाउने नियम बसाले। समाजमा हुने सानातिना झैझगडालाई पनि स्थानीय जनप्रतिनिधिहरूले नै टुङ्गो लगाउने गरी राज्यसत्ताको निकायमा जनताहरू आफैँ रहेको अनुभूति गराए। त्यसैगरी गौचरणका लागि ठाउँठाउँमा पर्ती जग्गा छाड्नुपर्ने नियम बनाए। बटुवाहरूको सुविधाका लागि बाटामा दायाँबायाँ रुखबिरुवा रोप्न लगाए। रुख काट्नेलाई पाँच रुपैयाँ जरिवना गर्ने र वनको संरक्षण गर्नेलाई प्रोत्साहनस्वरुप पुरस्कारको व्यवस्था गरे। व्यापारको लागि ललितपुरबाट सीप भएका सक्षम चौबिस कोठी महाजन झकाई गोरखाको व्यापारको अभिवृद्धि गरे। उनले जग्गावालालाई "तलसिङ" र जोत्नेलाई "मोही" भन्ने नियम बनाए। गोरखाली जनतालाई सात हराम र सात बिराम माफीको व्यवस्था गरे। उनले गहना लगाउने अधिकारलाई पनि व्यवस्थित गरे। जसअनुसार राज परिवारले पाउसम्म लगाउन पाउनेब्रा222मण र काजी खलकले पाउसम्म सुन लाउन नपाउने तर चौतरियाहरूले चाहिँ राजाज्ञा लिएर मात्र पाउसम्म लगाउन पाउने नियम बसाले। खेतको चार किल्ला पञ्चायतले बाँधिदिनेझगडाको सत्यतथ्य बु137न शालिग्राम छोई किरिया (कसम) खानुपर्नेचौतरियाका दाजुभाइहरूले ज्यानकसुरसम्बन्धी अपराध गरेमा देशनिकाला गरिदिने134 ब्रा222मणसन्यासी र बैरागीले ज्यानसम्बन्धी कसुर गरेमा चारपाटा मुडेर देश निकाल गरिदिने अनि क्षत्रियलाई मृत्युद48ड दिने नियम बनाए।  
   राम शाह असाध्यै राम्रा निसाफी राजा थिए। उनले आरुनो राज्यमा न्यायको राम्रो परिपाटी बनाएका थिए। त्यसैले न्याय नपाए गोरखा जानु” भन्ने कथन नै थियो। उनले दूधको दूधपानीको पानी छुट्टिने गरी न्यायनिसाफ गर्थे। त्यसैले राम शाहको छिमेकी राज्यका राजाहरूले समेत प्रशंसा गर्थे। उनीहरूले आफूले छिनोफानो गर्न नसकेका मुद्दा मामिला राम शाह कहाँ पठाउँथे। जनताको हितमा काम गर्ने राम शाह पटाङ्गिनीमा गएर जनताका घरको चुलोमा आगो बलेनबलेको हेरी कुनै घरबाट धुवाँ निस्केको रहेनछ भने त्यो घरमा बुझ्न तुरुन्तै मानिस पठाउँथे र त्यस घरलाई चाहिने खाना र पैसा पनि दिन्थे। उनी जनतालाई खुशी राख्न चाहन्थे। गोरखामा जताततै सुखशान्ति थियो। उनी विद्वान्ऋषिमुनि र योगीको अत्यन्तै कदर गर्थे। त्यसैले उनको दरबारमा त्यस्ता मानिसको निकै आवतजावत हुन्थ्यो। प्रजाको भलोमा नै आरुनो भलो देख्ने यस्ता व्यक्तित्वको मृत्यु वि.सं. १६९३ मा भए पनि उनले गरेका अनुकरणीय कार्यले गर्दा उनी नेपालको इतिहासमा राष्ट्रिय विभूतिको रुपमा चिनिन्छन्।  


पृथ्वीनारायण शाह

राष्ट्रनिर्माता                   जन्मः वि.सं. १७७९ पुस २७ गते
बडामहाराजाधिराज              मृत्युः वि.सं. १८३१ माघ १  गते
नेपाल एकीकरणका प्रर्वतक       पिताः नरभूपाल शाह
                             माताः कौशल्यावती शाह

छरिएका मोतीका दानाहरूलाई एउटै धागोमा गाँसेर सुन्दर माला बनाएजस्तै टुक्राटुक्रा भएर छरिएका ससाना टुक्रे राज्य रजौटाहरूलाई एउटै विशाल राष्ट्रमा परिणत गर्ने सर्वाधिक महत्वपूर्ण ऐतिहासिक महारथी हुन्– पृथ्वीनारायण शाह। सबै जातको साझा जातीय एवम् सांकृतिक फूलबारी वर्तमान नेपाल सिर्जना गर्ने महान् र वीर शासक पृथ्वीनारायण शाह आज सम्पूर्ण नेपालीका एकताका केन्द्रबिन्दु बनेका छन्। आरुनो हत्केला आफूतिर फर्काएर दाहिने हातको चोर औँलो नाकभन्दा केही माथि उठाई हामी एक हौँ र यो देश सबै नेपालीको साझा फूलबारी हो” भन्ने सन्देश दिने पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ साल पौष २७ गतेका दिन गोरखा दरबारमा भएको थियो। पिता नरभूपाल शाह र माता कौशल्यावतीका कोखबाट सात महिनाको गर्भपछि नै जन्मेका उनी "हुने बिरुवाका चिल्लो पात" भनेझैँ सानैदेखि चतुरहोनहारप्रतिभाशाली र दूरदर्शी व्यक्ति थिए। नरभूपाल शाहकी जेठी रानी चन्द्रप्रभावती निःसन्तान थिइन्। त्यसैले आरुनी जेठी आमा चन्द्रप्रभावतीको वात्सत्यप्रेमले भरिएको ममतामयी काखमा हुर्किएका यिनमा सानैदेखि राजकाजसम्बन्धी विशेष ज्ञान प्राप्त भएको थियो। सुरुदेखि नै उनलाई रामायणमहाभारत र पछि गएर शुक्रनीतिको पनि ज्ञान दिइएको थियो। 
   भारादारहरूका उमेर मिल्दा केटाहरूसँग पृथ्वीनारायण शाह द48डीबियोहाडेओखरभकु48डो र कुश्ती जस्ता खेल खेल्थे। पोखरीथोकको मैदानमा घोडा चढेर पोख्त घोडसवार भइसकेका थिए। खुकुरीतरवारभालाबर्छागतका र फरी चलाउनमा यिनले नियमित तालिम पाएका थिए। दरौंदी नदीमा पौडी खेल्ने गर्थे र सेराबेसीमा गएर उखुका लाँक्रा चुस्थे। एकपल्ट उखु भाँचेको देखेर केशव द्वारेले राजदरबारमा रानी चन्द्रप्रभालाई कुरा लगाइदिएछन्। त्यसपछि रानीले पृथ्वीनारायण शाहलाई यसरी गाली गरिन्– “तिमी त राजा हौ। रैतीलाई राजी राखेर रजाइँ गर्नुपर्नेमा यसो किन गर्‍यौ?146146 यिनलाई बाल्यवास्थामा मनकामना माईले विजयको वरदान दिएकी थिइन्। बाबा गोरखानाथले पनि आशीर्वाद दिएका थिए। राजनीतिमा कुशल पृथ्वीनारायण शाहमा सानैदेखि धर्मप्रति अटुट आस्थाअदम्य साहस एवम् राजामा हुनुपर्ने अनेकौँ गुणहरू थियो।  
   त्यसबेला सानैमा विवाह गर्ने परम्परा थियो। जसअनुसार पृथ्वीनारायण शाहको विवाह १५ वर्षको उमेरमा वि.सं. १७४९ मा मकवानपुरका राजा हेमकर्ण सेनकी आयुष्मती सुपुत्री चन्द्रप्रभावतीसँग भएको थियो। तर हेमकर्ण सेनले आरुनी कन्या पठाउन आनाकानी गरेपछि ससुरालीमा गडबढी भएका कारण उनले पुनः दोस्रो विवाह वि.सं. १७९६ मा बनारसका राजपूत अभिमानसिंहकी छोरी नरेन्द्रल73मीसँग गरेको थिए। उनै नरेन्द्र ल73मीको गर्भबाट प्रतापसिंह शाहबहादुर शाह र छोरी विलासकुमारीको जन्म भयो।  
   पृथ्वीनाराण शाह युवराज छँदा भक्तपुरे राजा रणजित मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी लगाएका थिए। त्यसैले उनी भक्तपुरमा तीन वर्ष जति बसेपछि गोरखा फर्कदा कान्तिपुरमा पनि केही दिन बसेका थिए। उनले कान्तिपुरीका राजा जयप्रकाश मल्लसँग पनि मितेरी साइनो गाँसे। यसै समयमा उनले विशाल नेपालको राजा बन्ने मह140वकाङ्क्षा राखेका थिए। पृथ्वीनारायण शाह सातौँ महिनामा जन्मिएका र उनकी साहिली आमातर्फबाट वृन्दकेशर नौ महिनाको गर्भपश्चात् जन्मेका हुँदा गर्भको जेठो कि जन्मको जेठो भन्ने विषयमा पनि दरबारमा विवाद भएको पाइन्छ। तर वृन्दकेशरको सानै उमेरमा मृत्यु भएकाले उक्त विवाद त्यत्तिकै टरेको थियो।  
   पिता नरभूपाल शाहको वि.सं. १७९९ मा स्वर्गारोहण भएपछि २० वर्षको कलिलो उमेरमा उनी गोरखाको राजगद्दीमा बसे। राजा हुनासाथ उनको ध्यान मोजमस्ती र भोगविलासतिर तानिएन। उनको ध्यान त स्वार्थी शासकहरूद्वारा भागब48डा गरिएको र कुटिल साम्राज्यवादी शासकद्वारा तीखा आँखा गाडिएको तत्कालिन नेपालको दयनिय अवस्थातर्फ एकोहोरियो। त्यतिबेला नेपाल आजको जस्तो ठूलो थिएन। त्यसबेला धेरै ससाना राज्यहरू थिए। ती ससाना राज्यका राजारजौटाहरू आपसमा लड्थेकाटाकाट र मारामार गर्थे। पश्चिममा बाईसे र चौबीसे राज्यहरू थिएकाठमाडांै उपत्यकामा काठमाडौंभादगाउँकीर्तिपुर र पाटनजस्ता नगरराज्यहरू थिए र पूर्वमा पनि माझ किराँतविजयपुरजस्ता बेग्लाबेग्लै राज्यहरू छरिएका थिए। राजा पृथ्वीनारायण शाहले पश्चिमतर्फ छरिएका बाईसी र चौबीसी राज्यहरूउपत्यका भित्र भकुराभकुर गरिरहेका चार नगर राज्यहरू अनि दक्षिण तराई र पूर्वका किराँत राज्यहरूलाई जितेर विशाल नेपालको निर्माण गर्ने अनौठो सपनालाई आरुनो जीवनको अभिष्ट बनाए। यसै अनुरुप उनले आरुना भारदार र प्रजाहरूसँग पनि सल्लाह माग्न थाले। यसै क्रममा उनले बिसे नगर्चीको सल्लाहलाई पनि आत्मसाथ गरी गोरखा राज्यका घरैपिच्छे एकएक रुपैयाँ उठाएर युद्धका लागि हतियार र खर्च जुटाएका थिए। जनताको इच्छा के रहेछ भनी बुझेर मात्र उनी कुनै निर्णय गर्दथे। जनताले कालु पा48डेलाई चाहेकाले आफू विराज बखतीलाई काजी बनाउन चाहे पनि कालु पा48डेलाई नै बनाएका थिए। त्यसपछि उनले आरुना सैनिकलाई प्रशिक्षण प्रदान गरे।  
   पश्चिमतिरका ससाना राज्य जितेर उत्साह बटुलेका पृथ्वीनारायण शाहले वि.सं. १८०० नुवाकोटको युद्धमा पहिलो पटक हार बेहोर्नुपर्‍यो। दोस्रो पटकको आक्रमण वि.सं. १८०१ पछि मात्र उनले नुवाकोट हत्याए। नुवाकोट हातपारेपछि पृथ्वीनारायण शाहलाई अरु ठाउँमा आक्रमण गर्न सजिलो भयो। उनले तुरुन्तै बेलकोट हाने। काजी कालु पाँडेको आरुनो अद्भूत पराक्रमले गर्दा उनले बेलकोट जिते। यहीँ जयन्त राना पक्राउ परे र छाला काढेर मारिए। त्यसपछि उनले काठमाडौं उपत्यका माथि आक्रमण गर्ने सुर कसे। उपत्यकाको केन्द्र काठमाडौंमा हमला गर्न गाह्रो हुने भएकाले गोरखाली फौज काठमार्डौंको दक्षिणी स्थान कीर्तिपुरमा वि.सं. १८१४ मा आक्रमण गर्न पुग्यो। तर वीर कीर्तिपुरका अगाडि गोरखालीले हार मात्र खानु परेर वीर योद्धा कालु पा48डेलाई समेत गुमाउनुपर्‍यो। त्यसपछि गोरखाली फौजले उपत्यकाको वरपरका ठाउँमा आक्रमण गरी झ48डा गाड्न सफल भयो। मकवानपुरका राजा हेमकर्ण सेन आरुनै ज्वाइँ पृथ्वीनारायणको उदय र उन्नतिले गर्दा तर्सिएका थिए। मकवानपुर काठमाडौंको व्यापारको नाका भएकाले पृथ्वीनारायण शाहले त्यसलाई हात पार्नुपर्ने थियो। त्यसैले गोरखाली फौजले मकवानपुरमाथि आक्रमण गरी आरुनो आधिपत्य जमायो। पृथ्वीनारायण शाहलाई लडाइँका बेला युरोपले सामरिक स्रोत साधन दिएर सहयोग गरेको थियो। ब्रिटिस कम्पनी सरकारले गोरखाका राजालाई अनुशासनको मह140व सिकाएर युरोपेली व्यापारी मार्फत हातहतियार दिएर सहयोग गरेका थिए।   
   त्यसपछि प्रारम्भमै नराम्रो पराजय भोग्नुपरेको कीर्तिपुरमाथि गोरखाली फौजले दोस्रो पटक आक्रमण गर्‍यो तर त्यसपछि पनि पनि गोरखालीको हार मात्र भएन पृथ्वीनारायण शाहका आरुनै भाइ शूरप्रताप शाहले आँखा गुमाउनुपर्‍यो। त्यसपछि पृथ्वीनारायण शाहमा क्रोधको सीमा रहेन। निकै महङ्गो साबित भएको कीर्तिपुर विजय युद्ध नै नगरी कूटनीतिक चालद्वारा तेस्रो पटक पूरा भयो। कीर्तिपुर कब्जामा पर्नासाथ धेरैको नाक र ओठ काटे। जनकारहरू केवल गाउने र बजाउने मात्र बाँचे भन्छन्। यसरी काटिएको नाक र ओठको ओजन मात्र १७ धार्नी पुगेको थियो रे 164 अन्तमा वि.सं. १८२५ मा इन्द्रजात्राको चाड मनाइरहेका बेला तीन तिरबाट आक्रमण गरी काठमाडौंमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाह सफल भए। त्यसै साँझ उनले काठमाडौंको राजसिंहासनमा बसेर कुमारीको पूजा गरी प्रसाद ग्रहण गरे। काठमाडौंका राजा जयप्रकाश मल्ल भने केही दिन पाटनमा बसे। पछि पाटनका राजा तेजनरसिंह मल्लका साथ उनी भादगाउँ (भक्तपुर) गए। भक्तपुरका राजाले तिनलाई शरण दिए। भक्तपुरका राजा रणजित मल्ल पृथ्वीनारायण शाहका मीतबाबु भपनि पृथ्वीनारायण शाहले भक्तपुरमा हमला गरी जित हात पारे। रणजित मल्लले काशीबास गर्ने इच्छा र जयप्रकाशले बाँचुञ्जेल पशुपतिका शरणमा बस्ने इच्छा व्यक्त गरेकाले पृथ्वीनारायण शाहले आवश्यक खर्च दिई यी इच्छा पूरा गरिदिए। पाटनका राजाले भने कुनै इच्छा बताएनन् र कैदमै मरे।  
   त्यसपछि उनले पूर्वमा विजय गरी किराँत प्रदेशलाई पनि एउटै मालामा गाँस्ने काम गरे। ग48डकी प्रदेशका चौबीसी राज्य जित्ने योजनामा लागे। यिनको अधिकांश समय लडाइँमै बितेकाले समाजसुधारका काम गर्न पाएनन्। उनी व्यापारमा वृद्धि गर्न चाहन्थे। भारतर्फबाट फिरङ्गीहरू नेपाल प्रवेश गरी देशलाई कङ्गाल बनाउलान् कि भन्ने डर उनमा भएकाले विदेशी कपडा झकाउन बन्द गरिदिएका थिए। विदेशी बटुवापादरीव्यापारी आदिलाई देश छाड्न लगाएका पनि थिए। प्रजा बलिया भए मात्र देश बलियो हुन्छ भन्ने उनको मान्यता थियो। उनले नेपाललाई 145मेरा साना दुःखले आर्ज्याको मुलुक होइनयो चार वर्ण छत्तीस जातको साझा फूलबारी होसबैलाई चेतना भया146 भनेका थिए। त्यसैले उनी भौगोलिक एकीकरणपछि भावनात्मक एकीकरणमा गम्भीर भएको देखिन्छ। भावनात्मक एकीकरणका निम्ति उनले प्रस्तुत गरेका कुराहरू दिव्योपदेशभित्र समेटिएका छन्। राजाको आधार जनता हुन् र जनताको सुखसुविधामा राजाले ध्यान दिनुपर्छ भन्ने जनकल्याणकारी उपदेश पनि त्यहीँ छ। नेपाली कलासंस्कृतिसभ्यता र सम्पदाको सुरक्षार्थ नेपालले अपनाउनुपर्ने हृदयस्पर्शी एवम् व्यवहारिसक सन्देशहरूको पुञ्ज नै दिव्योपदेश हो।  
   राष्ट्रिय एकताका मर्मज्ञ एवम् ऐतिहासिक युग पुरुष पृथ्वीनारायण शाह नेपालको कार्यापलट गर्ने राष्ट्रभक्ति र एकताका विराट व्यक्तित्व हुन्। आफू निहुँ नखोज्ने तर कसैले हाँक दिएपछि नहट्ने साहसी पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतीक मानिन्छन्। नेपालका भाग्य विधाता एवम् राष्ट्रिय विभूति श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको देहान्त वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन देवीघाटमा भएको थियो।  


बलभद्र कुँवर

वीर योद्धा                जन्मः वि.सं. १८४५/इ.सं. १७८८
                       मृत्युः वि.सं. १८७९/इ.सं. १८२३
                       पिताः चन्द्रवीर कुँवर 
                       माताः अम्बिकादेवी कुँवर

नेपाल एकीकरणको नेतृत्व गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाह र उनको एकीकरण अभियानमा साथ दिने वीर गोर्खाली सेनापतिहरूमा काजी भीमसेन थापाअमरसिंह थापाकालु पा48डे लगायत धेरै वीर योद्धाहरूको अति नै मह140वपूर्णउल्लेखनीय एवम् प्रशंसनीय योगदान रहेको छ। यिनै वीर गोर्खालीहरूको योगदान बेलायत सम्म गोर्खाली वीरताको गाथाका रुपमा गाइन्छ। जसले आज पनि नेपाल र नेपालीको गरिमालाई उच्च बनाइको छ। तिनै वीर गोर्खाली पुरुषहरूमध्येका एक हुन्– बलभद्र कुँवर। उनी जयकृष्ण कुँवरका नाति तथा चन्द्रवीर कुँवरका छोरा हुन्। उनको जन्म वि.सं. १८४५ साल माघ २७ गते स्वयम्भूभन्दा माथिपट्टिको डाँडो हलचोकभन्दा माथिको पुस्तैनी घरमा भएको अनुमान गरिन्छ। इ.सं. १८१४ देखि १८१६/वि.सं. १८७१ देखि १८७३ मा नेपालको इस्ट इन्डिया कम्पनीसँग भएको युद्धमा यिनको महत्वपूर्ण भूमिका रहेको छ। इस्ट इन्डिया कम्पनीका लर्ड हेस्टिंग्सले नेपालसँग युद्धको घोषणा गरेपछि काजी अमरसिंह थापाले आआरुनो भूभागको रक्षाको जिम्मेवारी कप्तान बलभद्र कुँवरलाई सुम्पेका थिए। त्यसबेला वीर बलभद्र देहरादुनमा थिए। त्यहाँ बसेर लड्ने नेपाली फौजलाई गाह्रो पर्ने भएकाले उनी र उनका सहयोगी योद्धाहरू देहरादुन छाडी करिब पाँच माइल टाढाको नालापानी आए। नालापानीको थुम्कामा निर्मित 145खलङ्गा146 किल्लामा बालबच्चाआइमाई र सिपाही गरी ६०० मानिस बसेका थिए। अङ्ग्रेजहरूको फौज भने बलभद्रको भन्दा निकै ठूलो (झन्डै आठ गुणा) थियो। उनीहरूसँग भौतिक सुविधा पनि प्रशस्त थियो। तैपनि बलभद्र हिम्मत नहारीकन शत्रुको विरुद्ध आरुनो बुद्धि र बर्कतले भ्याएसम्म लड्ने योजनामा थिए।  
   अङ्ग्रेजहरूले बलभद्र र उनका सहयोगीहरूलाई लोभलालच र डरत्रास देखाई आरुनो अधिनमा लिन चाहेका थिए। तर त्यस कार्यमा सफल नभएपछि ठूलो फौजका साथ २४ अक्टोवर १८१४ को मिर्मिरे बिहानीमा नालापानीलाई चौतर्फी घेरा हाले। त्यसपछि बलभद्रलाई आत्मसमर्पणको दबाब दिए। बलभद्रले रिसाउँदै "आत्मसमर्पण गर्नुभन्दा मर्नु बेस" ठानी शरीरमा एक थोपा रगत रहेसम्म लडिरहने सन्देश दिए। आरुनो किल्लाको ढोका बलियो गरी बन्द गराएर त्यहाँभित्र ढुङ्गाको बलियो पर्खाल लगाए। पर्खालभित्र एउटा मात्र तोप थियो।  
   अङ्ग्रेजहरूले कलङ्गलाई घेरा हालेको एक महिनापछि लडाइँ सुरु भयो। किल्लामा भएका बलभद्रका सबै फौजले गोला बर्साउन थाले। अङ्ग्रेजहरू किल्ला प्रवेश गर्न खोजे पनि नेपाली फौजका अगाडि उनीहरूको केही लागेन। उक्त किल्ला कुरुक्षेत्रमा रुपान्तरित भयो। रगतको खोलो बग्यो। किल्लाभित्र प्रवेश गर्ने अङ्ग्रेजी फौज मूला काटिएझैँ काटिए। अङ्ग्रेजतर्फका लेक्टिनेन्ट एलिसमेत मारिए। त्यो प्रयास विफल बनेपछि जिलेस्पी एक कम्पनी गोरा पल्टनका साथ अघि बढे। तर किल्लाको फाटकसम्म पनि पुग्न नपाउँदै जिलेस्पी सहित ३१ जना अफिसर र ७१८ जना सेनाको पनि मृत्यु भयो। त्यसपछि कर्नेल मा.वि. त्यस पल्टनका कप्तान भए। त्यतिबेलासम्म अङ्ग्रेजहरू पछि हटिसकेका थिए। उनीहरू किल्ला विजय गर्ने आशा त्यागी देहरादुन फर्कने सोचमा थिए। यसै बीच दिल्लीबाट १८ पौन्डका गोला रुयाँक्न सक्ने ठूलो तोपसहित सहयोग आएपछि तेस्रो पटक कलङ्गामाथि आक्रमण भयो। तोपको तीन दिनसम्मको लगातार प्रहारा अगाडि पूरानो किल्ला टिक्न गाह्रो भयो। तर पनि अङ्ग्रेजहरू किल्लाभित्र पस्न सकेनन्। अन्तमा केही सिप नलागी अङ्ग्रेजहरूले किल्लाभित्र जाने पानीको मुहान नै बन्द गरिदिए। त्यसपछि पानीको प्यासले लाचार भई बाँकी ७० जना सेना महिला र बालबालिका हातमा नाङ्गो तरबार र खुकुरी लिएर किल्ला बाहिर निस्के। अनि सरासर खोलातिर गएर पेटभरि पानी खाए र तिम्रा लागि किल्ला विजय गर्नु असम्भव थियोतर अब हामी स्वयं त्याग्दै छौँ” भन्दै जितगढको रक्षार्थ हिँडे। त्यसपछि मात्रै अङ्ग्रेजहरू किल्लाभित्र पसे। वीर बलभद्रको बहादुरीबाट अङ्ग्रेजहरू प्रसन्न हुँदै हाम्रा वीर शत्रु बलभद्रसिंह र उनका वीर गोरखाली साथीहरूको स्मृतिमा सम्मानोपर” भन्ने शिलालेख स्थापित गरि प्रत्येक नेपालीको शवलाई दोसल्ला ओढाई सम्मान गरेका थिए।  
   यसरी वीर बलभद्रले शत्रुपक्ष आफूभन्दा ज्यादै बलियो छ भन्ने जान्दाजान्दै पनि आत्मसमर्पण नगरेर आरुनो वीरताको परिचय दिएका थिए। शत्रुले समेत सम्मान गरेका यस्ता महान् देशभक्तपराक्रमी व्यक्तिको पन्जाब सेनाको तर्फबाट अफगानविरोधी लडाइँमा लड्दालड्दै वि.सं. १८७९ चैत ३ गते ३५ वर्षको उमेरमा वीरगति प्राप्त भयो।  


अमरसिंह थापा

महान् वीर योद्धा                 जन्मः वि.सं. १८०८
                              मृत्युः वि.सं. १८७३ 
                                                         पिताः भीमसिंह थापा 

अमरसिंह थापाको जन्म वि.सं. १८०८ मा गोरखाको सिरानचोकमा भएको थियो। उनका पिता भीमसिंह थापा (बाघ भीमसेन थापा) हुन्। आरुना बाबुझैँ वीर अमरसिंह थापा सानैदेखि रणकौशलमा निपुण थिए। उनले ११ वर्षकै उमेरमा मकवानपुरको युद्धमा भाग लिएका थिए। उनको वीरता र रणकौशलताले गर्दा १७ वर्षकै उमेरमा उनले सरदार” पद प्राप्त गरेका थिए।  नेपाल अङ्ग्रेज युद्ध हुँदा अमरसिंह थापाको उमेर ६३ वर्षको थियो। तर त्यस बखत यिनमा १६ वर्षको युवाको जस्तो जोश र जाँगर थिया उनकै पराक्रमका कारण नेपाल एकीकरणको अभियान सतलज र गढवालसम्म पुगेको थियो।  
   सत्र वर्षकै कलिलो उमेर सरदारजस्तो गरिमामय पदमासिन थापालाई राजा रणबहादुर शाहको शासनकालमा राज्यबिस्तारको गहन अभिभारा सुम्पिएको थियो। त्यस अभिभारालाई उनले इमान्दार र देशभक्तिपूर्ण भावनाबाट पूरा गर्ने काम गरे। देशप्रतिको आरुनो दायित्व निर्वाह गर्ने क्रममा उनले पश्चिम नेपालको सिमाना फैलाउँदै गए। त्यस क्रममा देहरादुनलाई आरुनो हातमा लिई अघि बढ्दै जाँदा उनी किल्ला काँगडासम्म पुगेका थिए। त्यसैबेला सन् १८१४ मा अङ्ग्रेजहरूले नेपाललाई ५ तिरबाट घेरी आक्रमण गरे। अङ्ग्रेजहरू नेपालीभन्दा धेरै शक्तिशाली थिए। उनीहरू चलाखजालझेल र षड्यन्त्रमा पनि सिपालु थिए। यी सबै तथ्यहरूसँग परिचित अमरसिंह थापा जितेका राज्यहरूको राम्रोसँग बन्दोबस्त गर्नपट्टि लागेका थिए। उनीसँग ४ हजारभन्दा बढी सैनिक थिएनन् तर अङ्ग्रेजहरूसँग भने ७ हजार सैनिक थिए। अङ्ग्रेज सेनापति जनरल अक्टरलोनीले हरेक किसिमका लोभ लालच देखाएर सतलजको आसपासमा रहेका ससाना राज्यलाई आरुनो बनाई सकेका थिए। तर पनि नेपाली सेना हिम्मत नहारीकन लडिरह्यो। लडाइँको मैदान काठमाडौंबाट निकै टाढा भएकाले नेपालीको लागि थप सैनिकको सम्भावना थिएन। उता अङ्ग्रेजले भने आवश्यकतानुसार फौज थप्दै जान्थ्यो। अमरसिंह र उनका साथी भक्ति थापाले अङ्ग्रेज फौजलाई रोक्न निकै ठूलो प्रयत्न गरे तर सकेनन्। बरु भक्ति थापाले वीरगति प्राप्त गरे। त्यसपछि अमरसिंहले देउगढको किल्लालाई छोड्नुपर्‍यो। उनी अन्त्यमा मलाउँको किल्लामा थिए। त्यसलाई पनि उनले छोड्नुपर्‍यो। त्यसैबेला किल्लामा रसद पानी समाप्त भयो। किल्लामा रहेका सबै थकित भए। अन्तमा अमरसिंह थापाले आत्मसमर्पण गरे। 
   अङ्ग्रेज फौजका कमान्डर अक्टरलोनी थापाको बुद्धिमत्तापूर्ण व्यवहार र बहादुरीबाट प्रभावित हुनुका साथै डराएका पनि थिए। उनी अमरसिंहलाई राष्ट्रघात गराई आरुनो पक्षमा मिलाउन चाहन्थे। त्यसपछि थापा काठमाडौं फर्के। त्यतिबेला नेपाल र अङ्ग्रेज बीच सन्धि हुने कुरा भइरहेको थियो। तर अमरसिंह थापालाई उक्त सन्धि गर्न लागेको कुरा पटक्कै मन परेको थिएन। किनकि सन्धिअनुसार नेपालले आफूले जितेका सबै राज्य अर्थात् एक तिहाइ भूभाग पुनः अङ्ग्रेजहरूलाई नै बुझाउनु पर्ने थियो। त्यसैले वीर अमरसिंहले सन्धि नगरी पुनः युद्ध गर्नुपर्छ भन्ने कुरा राजा र भारदार सामु राखे। दरबारमा अमरसिंहको राम्रो पकड भएकाले उनको कुरालाई राजा र भारदारले पनि स्वीकार गरे। त्यसपछि सन्धिमा हस्ताक्षर नगरी अङ्ग्रेज फौजसँग पुनः भिषण भिडन्त भयो। शस्त्रअस्त्रका अगाडि नेपाली फौजको केही लागेन। नेपालले हार खानुपर्‍यो र सन्धि पनि गर्नुपर्‍यो। जसअनुसार नेपालले पहिला जितेका सम्पूर्ण राज्यहरू अङ्ग्रेजहरूलाई नै सुम्पनु पर्‍यो। यसबाट अत्यन्तै दुःखी भएका अमरसिंह राष्ट्रिय पीडा खप्न नसकी तपस्या गरी प्रण त्याग्ने विचार लिई काठमाडौं नआई उतैतिरबाट गोसाइँकु48डतिर लागे। आरुनो असफलताको जिम्मेवारी लिन कति पनि नहिच्किचाउने थापा वि.सं. १८७३ साउन १२ गते जनैपूर्णिमाका दिन सदाका लािग यस संसारबाट विदा भए। आरुनो देशलाई प्राणभन्दा प्यारो ठान्ने अमरसिंह थापा आज नेपाली इतिहासमा राष्ट्रिय विभूतिको रुपमा रहेका छन्।  


भीमसेन थापा

काजी एवम् जनरल             जन्मः वि.सं. १८३२ साउन ९ गते
मुख्तियार                     मृत्युः वि.सं. १८९६ साउन १६ गते
                                                       पिताः अमर सिंह थापा
                             माताः सत्यरुपामाया थापा

नेपालको स्वाभिमानलाई उच्च राख्ने राष्ट्रिय प्रतिभा भीमसेन थापाको जन्म वि.सं. १८३२ साउन ९ गतेका दिन गोरखाको बोर्लाङ गाउँमा भएको थियो। उनी वीरभद्रका नाति र काजी अमर सिंह थापा (नेपाल अङ्ग्रेज युद्धका नायक होइन) एवम्  सत्यरुपामायाका जेष्ठ सुपुत्र थिए। वीरसाहसीचतुर र दूरदर्शी राष्ट्रभक्त भीमसेन थापाका पिता दरबारका विश्वासपात्र भएकाले सानैदेखि नै उनको दरबारसँग हिमचिम बढेको थियो। सर्वप्रथम ब्रतबन्धको क्रममा उनको भेट रणबहादुर शाहसँग भएको थियो। १० वर्षका भीमसेन थापा र सोही उमेरका शाहबीच मित्रताको आधार त्यसैबेला नै तयार भएको थियो। उनको शिक्षादीक्षाको प्रबन्ध त्यतिबेलाको समायानुसार घरैमा मिलाइएको थियो। जे होस् उनको बाल्यकाल गोरखामा नै सुखमय रुपमा बितेको थियो। 
   बलियाहृष्टपुष्ट र इमान्दार देशभक्त भएको र दरबारसँग पनि काजी पिताको कारणले सुमधुर सम्बन्ध भएकाले उनलाई सैन्यसेवामा भर्ती गरिएको थियो। उनी वि.सं. १८४४ मा सेनाका सुबेदार बनेका थिए। त्यसपछि दरबारसँगको निकटम् सम्बन्धले गर्दा चौबिस वर्षको उमेरमा नै उनी रणबहादुर शाहका हजुरिया (अङ्गरक्षक) बन्न पुगे। त्यसै बेलादेखि नजिकबाट दरबारको क्रियाकलापलाई अध्ययन गर्ने मौका पाएका भीमसेन थापा वि.सं. १८५७ मा रणबहादुर शाह बनारस जाँदा उनी पनि सँगै गएका थिए। बनारसमा उनले भारतको आन्तरिक अवस्थात्यहाँ अङ्ग्रेजहरूले प्रवेश गर्नुको कारण र तिनीहरूको बिस्तारवादी एवम् साम्राज्यवादी नीतिलाई पनि राम्रोसँग बुझ्ने मौका पाए। उनले नेपालको शक्ति हात पार्न राष्ट्रियता एवम् अख48डताप्रति नै आँखा चिम्लने भारदारहरूको स्वार्थी प्रवृत्तिलाई पनि राम्रोसँग बुझेका थिए। जसको कारण भारदारहरूबीच आपसी फुट र आन्तरिक कलहले विश्वासको सङ्कट पैदा भएको थियो। उक्त अवस्थालाई छोपी अङ्ग्रेजहरूले पनि नेपालका केही भारदारहरूसँग मिली देशको हित र नीति विपरितको राष्ट्रघाती सन्धि गरे। यो सन्धि भीमसेन थापालाई पटक्कै मन नपरेकाले भङ्ग गराउनका लागि राजालाई सक्रिय हुन अनुरोध गरेका थिए। उनी आफैँले पनि काठमाडौंका केही आरुना पक्षधरलाई यससम्बन्धी पत्र लेखेका थिए।  
   बनारसबाट फर्कदा दामोदर पा48डेले भीमसेन थापा र रणबहादुर शाहलाई बन्दी बनाउने दुस्प्रयास गरेका थिए। भीमसेन थापाले उक्त दुष्प्रयासलाई विफल पारी आफू र रणबहादुर शाह काठमाडौं फर्किन सफल भएका थिए। त्यसपछि भीमसेन थापाले बन्दी बनाउन दुष्प्रयास गर्ने दामोदर पा48डेलाई मारिदिए। अनि देशको स्थिति बदलिन पुग्यो। त्यही समयमा थापा राजनीतिमा क्रियाशील बनी काजी पदमा नियुक्त भए। त्यसबेला रणबहादुर शाह मुख्यितार (प्रधानमन्त्री) रहेपनि सञ्चालन गर्ने काम भीमसेन थापाकै राय परामर्शअनुसार हुने गर्थ्यो। 
   रणबहादुर शाह काठमाडौं फर्किएको र भीमसेन थापा दरबार नजिक पुगेको देखेर चौतरिया शेरबहादुर शाहले दाजु रणबहादुर शाहको हत्या गरे। त्यसबेला देशमा शान्ति र सुव्यवस्था कायम गर्न भीमसेन थापाको उल्लेखनीय योगदान रह्यो। यसैबाट उनी पदोन्नतिमा पर्दै मुख्तियारसम्म भए। त्यसपछि राष्ट्रिय सुरक्षा र शासनको बागडोर उनकै हातमा आयो। राजामा रहेका यी अधिकार एउटा सर्वसाधारण नागरिकका छोराले प्राप्त गरेको यो एक ऐतिहासिक घटना हुनपुग्यो।  
   वि.सं. १८६३ मा मुख्यितार भई १८९४ सम्म जम्मा एकतीस वर्ष शासन गर्ने थापा अङ्ग्रेजहरूका कठोर विरोधी थिए। नेपाललाई अङ्ग्रेजको उपनिवेश हुनबाट यिनले बचाए। उनले अङ्ग्रेजहरूको कूटनीतिलाई सफल हुन दिएनन्। मुलुकलाई प्राणभन्दा प्यारो ठान्ने थापाले रणबहादुर शाहगीर्वाणयुद्धविक्रम शाह र राजेन्द्रविक्रम शाह गरी तीन पुस्तासम्म देशमा शासनको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। नेपालको पश्चिममा देशको सिमाना बिस्तार गर्ने क्रममा सानो फौज र कमसल हातहतियारका कारण अङ्ग्रेजहरूसँग पराजित भई सुगौली सन्धि स्वीकार्नु पर्‍यो। उनकै पालामा सुगौली सन्धि भए पनि देशको सर्वाभौमसत्ता र राष्ट्रिय अख48डतामा कुनै असर परेन। तर नेपालले धेरै भूभाग भने गुमाउनु परेको थियो। त्यो पनि धेरैजसो भूभाग उनकै नेतृत्वमा फिर्ता भयो। उनी कुशल शासक भएकाले मित्रराष्ट्रहरूसँग पनि कूटनीतिक सम्बन्ध कायम गर्न सफल भए। तिब्बतसँग उत्पन्न भएको कटुतालाई अन्त्य गरी कूटनीतिक सम्बन्धको बिस्तार गरेका थिए। साथै अन्य मित्रराष्ट्रहरूसँग पनि सुमधुर सम्बन्ध कायम गर्न सक्षम भएका थिए।  
   भीमसेन थापाको शासन काललाई सैनिक सुदृढीकरणको स्वर्णयुग भनिन्छ। शौर्यसाहस र पराक्रमले युक्त वरिष्ठ सैनिक अधिकृत भीमसेन थापा जनरल र कमान्डर इन चीफजस्ता सेनाका उच्चतम दर्जा हासिल गर्न सक्षम बनेका थिए। उनले स्वाधीनता र राष्ट्रिय अख48डताको रक्षाको लागि सैन्य बललाई मजबुत पार्ने काम गरे। उनले सेनालाई आधुनिक तालिमआवश्यक गोलाबारुद र हातहतियारको व्यवस्था गरिदिए। सेनाको सुविधातबलभत्ता वृद्धि गर्ने काम गरे। यसै गरी इतिहासमै पहिलो पल्ट सेनाको विभिन्न मानसम्मानछाउनीपदपोशाक आदिको पनि व्यवस्था मिलाएका थिए।  
भीमसेन थापा देशको भलो र शान्तिलाई सर्वोपरी ठान्थे। उनले आरुनो शासन अवधिमा धेरै विकास निर्माणका कामहरू पनि गरेका थिउ। काठमाडौंमा धरहरासुन्धाराबागमती पुलभक्तपुरमा सिद्धपोखरीविभिन्न ठाउँमा मन्दिरको निर्माणगुठीको व्यवस्था गरी विकास निर्माणका कामहरू गरेका थापाले जनतामा धार्मिक र सामाजिक अवस्था अभिवृद्धि गरेका थिए। उनले कृषिउत्पादनमा सुधार ल्याउन कुलो र नहरको पनि व्यवस्था गरेका थिउ। यति मात्र नभएर उनले सामाजिक कुसंस्कारका रुपमा रहेका दासप्रथा लगायतका विकृतिलाई निरुत्साहित गर्ने काम गरे।   
   भीमसेन थापा यसरी लामो समयसम्म राष्ट्रको उच्चत्तम पदमा रहेको देखिनसहने पा48डे पक्षले अनेक तानाबाना बुनी १८९४ साल असार ११ गतेदेखि नै उनको हातबाट आधारभूत शक्ति च्युत गरेका थिए। राजा राजेन्द्रकी जेठी महारानी साम्राज्यल73मीका ६ महिनाका साहिँला पुत्र देवेन्द्रको झाडापखालाबाट कालगतिले मृत्यु भएकोमा भीमसेन थापाद्वारा विष प्रयोग गरी मारिएको हो भन्ने षड्यन्त्रकारी आरोप उनीमाथि लगाइयो। आठ महिनासम्म सत्यतथ्य पत्ता लगाउन उनलाई थुनामा राखियो। तर पा48डे पक्षले आवश्यक प्रमाण जुटाउन नसकेपछि उनी निर्दोष साबित भई थुनामुक्त भए। त्यसपछि भीमसेन थापा आरुनै घर गोरखा– बोर्लाङ फर्के। त्यसपछि मुख्यमन्त्री भएका रणजङ्ग पा48डेले राजा राजेन्द्रको आदेश लिएर पुनः विषमुद्दा उल्टाए। अनि नक्कली कागजात तयार पारी आजीवन कैद सजाय सुनाइयो। उनलाई जेलभित्र अनेकौँ यातना दिइयो। यतिले नपुगेर उनलाई मराउनका लागि तिम्री स्वास्नीलाई नाङ्गै शहर डुलाइनेछ र त्यो दृश्य चाहिँ तिमीले चर्पीमा गाडिएर हेर्नुपर्नेछ” भन्ने स्वाभिमानमा चोट पुग्ने खालका झुट्टा र लज्जास्पद कुराहरू सुनाइए। यसैलाई उनले सहन नसकी वि.सं. १८९६ साउन १६ गते चौसट्ठी वर्षको उमेरमा धारिलो हतियारले आरुनो घाँटी आफैँ सेरेर सख्त घाइते भई नौ दिनपछि मर्न पुगे। त्यसपछि उनको लासलाई टुक्राटुक्रा पारी काटियो र कुकरस्याल र गिद्धको आहार बनाइयो। उनको अन्त्येष्टि काजक्रिया गर्न पनि दिइएन। उनको खलकको जनै झकियो र जातिच्युत समेत गरिएको थियो। पछि वि.सं. १८९८ भाद्र १० गते दरबारबाट भीमसेनको काजकिरिया गर्नु भन्ने आदेश भएपछि धर्मपुत्र शेरजङ्गबाट आर्यघाटमा काजकिरिया गरियो।  
   राजा रणबहादुर शाहले म मर्‍या मुलुक डुब्न्या छैन तर भीमसेन मरे मुलुक डुब्न्या छ” भनेका थिए। नभन्दै भीमसेनको मृत्युपछि मुलुक १०४ वर्षे राणाहरूको अँध्यारोमा डुब्यो। आज उनको गौरवपूर्ण व्यक्तित्वलाई देशविदेशका शासकविद्वान् एवम् विचारकले प्रशंसा गरेका छन्। पन्जाबका शासक रणजीत सिंहबेलायती इतिहासकारद्धय डा. हेनरी ओल्डफिल्ड र पर्सिबल ल्यान्डनमहान् विचारक कार्ल मार्क्सले समेत उनको व्यक्तित्वको राम्रै गुणगान गाएका छन्। 





आदिकवि भानुभक्त आचार्य


आदिकवि                 जन्मः वि.सं. १८७१ असार २९ गते
भाषिक एकताका प्रतीक     मृत्युः वि.सं. १९२५ असोज ६ गते
                                             पिताः धनञ्जय आचार्य

नेपाली साहित्याकाशमा भानुका रुपमा उदाएका आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ असार २९ गतेका दिन श्रीकृष्ण आचार्यका नातिधनञ्जय आचार्यको सुपुत्रको रुपमा तनहुँको चुँदीरम्घामा भएको थियो। उनका बाबुबाजे सबै पण्डित थिए। त्यसैले उनी पनि संस्कृतका विद्वान् भए। नेपाली वाङ्मयका ज्योति भानुभक्त आचार्य राणकालीन संकटपूर्ण अस्थिर वातावरणभित्र मर्यादा पुरुषोत्तम रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका खातिर जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श भानुभक्तले प्रचार गरे। नेपाली जगत्मा एकैपल्ट भाषासाहित्यसंस्कृतिधर्मदर्शनपरम्पराचरित्रमर्यादापितृप्रेमभ्रातृत्वदाम्पत्यकर्तव्यदेशप्रेम र जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवम् समष्टिभाव प्रदान गर्ने भानुभक्त साँच्चिकै नेपाली साहित्यमा भानु भएर भक्तिरुपी काव्यको आलोक छर्ने राष्ट्रिय विभूति एवम् चम्किला नक्षत्र हुन्। नेपाली नपढे पनि नेपालीमा चाख राख्ने भानुभक्तले पछि गएर रामायणबधूशिक्षा तथा अन्य थुप्रै कविताहरू नेपाली भाषामा लेखे। यसरी नेपाली भाषामा कलम चलाउने प्राथमिक कालका महान् कवि भएकाले उनलाई "आदिकवि" भनिएको हो। उनलाई नेपाली साहित्यकै अर्का युवाकवि मोतीराम भट्टले सर्वप्रथम आदिकवि उपाधि प्रदान गरेका हुन्। मोतीरामकै कलमबाट समाजमा मुखरित भानुभक्त आज प्रत्येक लेखकको कलमको टुप्पोमा अडिएका छन् जता घुमाए पनि हुनेजे जस्तो उपाधि दिए पनि हुने।     
   भानुभक्त आचार्य धनी परिवारमा जन्मिएका थिए। उनी बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा हुर्के र यिनैबाट शिक्षादीक्षा प्राप्त गरेका थिए। उनले परम्परित संस्कृत र सामान्य ज्योतिषको अध्ययन गरेका थिए। 
   कुनै पनि महान् व्यक्तिले कहीँ न कहीँ कतै न कतै केही न केही कुराबाट महान् बन्ने प्रेरणा पाएकै हुन्छ। त्यस्तै भानुभक्तले पनि घाँसीको प्रेरणाबाट नेपाली भाषा र साहित्यको सेवा गरी लोकहित गर्ने प्रेरणा पाएका थिए। घाँसीले घाँस बेचेर प्राप्त पैसाले जहानकेटाकेटी र आफूलाई पाल्छु र अलिअलि बचत गर्दै गएर मरेपछि नाम रहोस् भन्नका लागि एउटा कुवा खनाउँछु भन्ने कुरा गरेपछि भानुभक्तलाई काम गरेर नाम कमाउने भित्री ज्ञान प्राप्त भयो। आरुनो कीर्तित्व फिँजाउन खोज्ने घाँसीका अर्तीबाट धिक्कार होस् मकन बस्नु नराखी कीर्ति” भन्दै भनुभक्तले आफूलाई धिक्कारे। घाँसीकै अर्तीले उनलाई लोकको गरुँ हित भनी लोकहितको बाटोमा डोहोर्‍यो। त्यसैले उनले "घाँसी दरिद्र घरको तर बुद्धि कस्तो" भनेर घाँसी कवितामा लेखेका छन्। भानुभक्तले आरुनो जीवन कहिले बनारसकहिले काठमाडौं र कहिले तनहूँ गरेर बिताएका थिए। बाजे श्रीकृष्णसँग बनारसमा रहँदा उनलाई नेपाली कवि र साहित्यसँग परिचित हुने मौका मिलेको थियो। त्यहीँबाट उनलाई नेपाली भाषा र साहित्यको सेवा गर्ने इच्छा जागेको हो। त्यसताका नेपाली भाषामा किताबहरू पाइन्नथेँ। शुद्ध नेपाली भाषा पनि थिएन। यसर्थः सबैले बुझ्ने गरी सरल भाषामा उनले नेपालीमा रामायण अनुवाद गरे। जुन आज सम्पूर्ण नेपालीका माझ अत्यन्तै लोकप्रिय छ। उनले आध्यात्मिक जागरण फैलाउने साहित्यिक कृतिहरूबाहेक मानवजीवनोपयोगी नैतिक र चारित्रिक सन्देशहरू पनि दिएका छन्। "बधूशिक्षा"(वि.सं. १९१०)"प्रश्नोत्तर"(वि.सं. १९१०) र "भक्तमाला"(वि.सं. १९१९) उनका अन्य प्रसिद्ध कृतिहरू हुन्। जागिर खाँदा कुमारीचोकको हिसाब किताब मिलाउन नसकेपछि उनले जेल जीवन बिताउनु परेको थियो। त्यही जेलमा उनले अयोध्याअर48किष्किन्धा र सुन्दर का48डहरू रचेका थिए। भानुभक्त नेपाली साहित्यका प्राथमिक कालको रामभक्ति भाव धाराका महान् कवि थिए। उनको जीवनदर्शन भनेको अध्यात्मवाद हेा। आध्यात्मिक भावनाईश्वरीय दृष्टिकोणधार्मिक आस्था उनका काव्यात्मक विचार हुन्। उनी खाँदाबस्दाहिँड्दा र अन्य व्यवहार गर्दा समेत कवितात्मक शैलीमा प्रस्तुत हुन्थे।  
   पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रुपमा एउटै बनाएजस्तै भानुभक्तले पनि विभिन्न भाषाभाषी र जातजातिहरूलाई एउटै नेपाली जाति र एउटै नेपाली भाषीको मालामा उन्ने काम गरे। उनले रामायण जस्तो पवित्र महाकाव्य रची सर्वसाधारणको मौखिक भ48डारबाट नेपाली भाषाका झर्रा शब्दहरू टपक्क टिपी प्रचलनमा ल्याए र त्यसलाई साहित्यिक स्वरुप प्रदान गरे। उनले रचेको रामायणले जातिहरूमा भावनात्मक एकता कायम गर्न सफल भयो। यसमा पाइने भाषिक सरलतामिठासले नेपालीपनमा आत्मीयताको गौरव बढाउने काम गर्‍यो। त्यसैले उनी नेपाली साहित्यका एक दरिला स्तम्भजातीय एकताका सूत्रधारराष्ट्रिय संस्कृतिका संवाहक र भाषिक एकताका प्रतीकका रुपमा रहेका छन्। 
   भानुभक्तमा केवल साहित्यिक ज्ञान मात्र थिएनउनमा ज्योतिषशात्र सम्बन्धी ज्ञान पनि थियो। उनका सुन्दर फुटकर कवितामा लेखिएको जन्मकु48डलीस्थित लग्नग्रहस्थानभावनवांशस्वगृहीग्रह तथा घटी पला विपलाको प्रदर्शनले यस कुरालाई पुष्टि गर्छ। फुटकर कवितामा लेखिएको पाशाको दाउ र पाशा खेलको प्रसङ्गले उनमा द्युतक्रीडाको पनि ज्ञान थियो भन्ने अनुमान गर्न सकिन्छ। त्यस्तै गरी हालसम्म पनि उत्कृष्ट उपचार पद्धतिका रुपमा परिचित आयुर्वेद उपचारविधि र औषधिनिर्माण प्रक्रियाका सम्बन्धमा उनका विभिन्न रचना पढ्दा उनी एक कुशल वैद्य भएको ठहर्छ। 
नेपाली साहित्य सागरका आधारस्तम्भप्रथमपृष्ठ भानुभक्तलाई देशविदेशका अध्येतासमालोचक एवम् अनुसन्धानकर्ताले विभिन्न दृष्टिले हेरेका छन्। महाकवि ल73मीप्रसाद देवकोटाको शब्दमा नेपाली साहित्यको सर्वश्रेष्ठ पुरुष” को संज्ञा पाएका भानुभक्त जीवन र जगतका विविध पक्षमाथि यथोचित प्रकाश पार्दै समाजमा नैतिक चेतना जागृत गराउने शसक्त कवि हुन्। प्रकृतिप्रेमका साथै समाजका विभिन्न विकृति र विसङ्गतिप्रति व्यङ्ग्यको तीखो झटारो हान्ने भानुभक्त नेपाली सााहित्यका केन्द्रिय प्रतिभा हुन्। धर्मईश्वर र अध्यात्म नै हाम्रो संस्कृति होहामीलाई चिनाउने आधार होहाम्रो सही परिचय हो। यदि हामीले यस किसिमको आरुनो परिचय र आधारलाई बिर्सिन गयौँ भने हाम्रो परिचय नै गुम्छ भन्ने उनका आदर्श जताततै छरपष्टिएका छन्। 
   राष्ट्र र राष्ट्रियताप्रति गहिरो माया गर्ने भानु भक्तले बालाजु वर्णन” र कान्तिपुरी नगरी” कवितामा राष्ट्रको यथेष्ट गुणगान गाएका छन्। राष्ट्रलाई स्वर्गको रुपमा चित्रण गर्दै नेपाली वीरहरूको प्रशंसा समेत गरेका छन्। त्यसैगरी उनले 145भोलिभोलि हुँदैमा सबघर बितिगो बक्सियोस् आज झोली146 भन्दै कुमारीचोकमा थुनामा परी मुद्दा लड्दा व्यङ्ग्यात्मक रुपमा अड्डा अदालतको ढिलासुस्तीको विरोध गरेका थिए। उनका अनेकौँ फुटकर रचनाहरूमध्ये बधूशिक्षा” एक सुन्दर कृति हो। जसमा तत्कालिन सामाजिक यथार्थ स्थितिलाई झल्क्याइएको छ। जुन विवाह गरेर जाने चेलीहरूले पढ्नै पर्ने ग्रन्थ पनि हो। नेपाली साहित्यका माध्यमबाट राष्ट्रिय एकता सुदृढ पार्न महानतम् योगदान दिने भानुको मृत्यु वि.सं. १९२५ असोज ६ गते भयो। उनी नेपालको इतिहासमा एक राष्ट्रिय विभूतिको रुपमा चम्किरहेका छन्। 


मोतीराम भट्ट
                                          
    युवाकवि             जन्मः वि.सं. १९२३ भाद्र कृष्ण औँसी
                       मृत्युः वि.सं. १९५३ भाद्र केष्ण औँसी
                       पिताः दयाराम भट्ट 
                       माताः रिपुमर्दिनी भट्ट

नेपाली साहित्यका अग्रज व्यक्तित्व एवम् नेपाली साहित्यको माध्यमिक कालका मेरुद48निर्मातापथप्रर्दशक मोतीराम भट्टको जन्म वि.सं. १९२३ साल भाद्र कृष्ण औँसीका दिनमा काठमाडौंको भोसिको टोलमा भएको थियो। यिनका बाबुको नाम दयाराम भट्ट र आमाको नाम रिपुमर्दिनी भट्ट थियो। अत्यन्तै सुखमय ढङ्गले बाल्यकाल बिताएका मोतीराम भट्ट नेपाली भायाासाहित्यकलासमाजसंस्कृति र देशप्रेमको गौरवमय छविलाई जीवन्तता प्रदान गर्ने एक दरिला स्तम्भ र त्यस युगका बौद्धिक नायकराष्ट्रका अमूल्य निधि तथा सांस्कृतिक योद्धा हुन्। 
    यिनले काठमाडौंको दरबार हाइस्कूल र बनारसबाट शिक्षादीक्षा प्राप्त गरेका थिए। आरुना पिता बनारसमै रहेकाले यिनी ५ वर्षको कलिलो उमेरमा नै बनारस गएक थिए। उनले त्यहीँको फारसी स्कूलमा पढेका थिए। उनले त्यहाँ फारसी र उर्दू भाषा सिके। त्यसपछि वि.सं. १९४४ मा नेपाल आएर पुनः भाषा साहित्यको सेवा गर्नुका साथै दरबार हाइस्कूलमा भर्ना भएर संस्कृत र अङ्ग्रेजी भाषा सिके। वि.सं. १९४८ मा मोतीराम भट्टले कलकत्ताबाट इन्ट्रन्स (हालको एस्.एल्.सी.) समुत्तीर्ण गरे भने १९५२ सालतिरै कलकत्ताको रिपन कलेजबाट एफ.ए. (हालको प्रवीणता प्रमाणपत्र तह) उत्तीर्ण गरेका थिए। साहिँला सन्तानको रुपमा जन्मेका मोतीराम भट्टको आठ वर्षको उमेरमा ब्रतबन्ध र १४ वर्षको उमेरमा वि.सं. १९३७ सालमा विवाह भएको थियो। मोतीराम भट्ट बनारस र काठमाडौं गरिरहन्थे। काठमाडौंमा आएका बेला उनले नेपाली भाषा र साहित्यप्रति चासो राख्न थाले। वि.सं. १९३८ मा पुनः बनारस गएर बसेका मोतीरामले पठनपाठनका अतिरिक्त नेपाली भाषा र साहित्यको क्षेत्रमा पनि समर्पित भए। नेपाली भाषा र साहित्यको उत्थानमा केही गरेर देखाउने भावना उनको मनमा पलाएपछि उनले काशीमा 145भारत जीवन146 भन्ने पत्रिका प्रकाशित भएको देखेपछि "भारत जीवन" भन्ने छापाखाना नै खोले। पछि "गोर्खा भारत जीवन" भन्ने पत्रिकाको प्रकाशन र सम्पादन गरे। यिनले बनारसमै आफैँले खोलेको उक्त छापाखानामा भानुभक्तको रामायणको "बालका48" छापेका पनि थिए। बनारसमै "कविम48डली" र "समस्यापूर्ति" जस्ता गतिविधि सञ्चालन गरेका थिए।       
   नेपाली साहित्यका अग्रज मोतीराम भट्टले अँध्यारोभित्र लुकेका भानुभक्त आचार्यलाई उनका कृति सङ्कलन गरी सबैका सामु परिचित गराए। उनी आफू कवि मात्र भएनन्आरुना समकालीन साथीहरूलाई साहित्यलेखनतर्फ प्रेरणाको स्रोत बनी झक्झकाउने काम गरे। नेपाली साहित्यमा कविता सङ्ग्रहकाव्यनाटकगजल सङ्ग्रहजीवनचरित्रका बारेमा कलम चलाएका भट्ट नेपाली पत्रपत्रिकाका पत्रकारसम्पादकप्रकाशकगजलकारजीवनीकारसमालोचकअन्वेषकपत्रिका तथा छापाखानामा प्रबन्धक र पुस्तकालयमा संस्थापक थिए। उनले काठमाडौँको ठहिटिमा प्रेसका रुपमा "पाशवत प्रेस" छापाखाना खोलेका थिए। जहाँबाट नेपाली साहित्यको मुद्रण र प्रकाशनमा ठूलो सहयोग मिलेको थियो। 
सानैदेखि नेपाली भाषाको भाषिक उत्थानमा लागका मोतीरामले बीसासयु आयु लिएर आउनेहरूले गर्न नसकेको काम उनले तीसै वर्षमा गरेर देखाए। उनलेे नेपाली साहित्यमा धेरै कृतिहरूको रचना गरेका छन्। "गजेन्द्र मोक्ष""प्रल्हादभक्ति कथा""उषाचरित्र""पिकदूत""नीतिदर्पण" जस्ता फुटकर कविता र गजलहरू उनले लेखेका छन्। राष्ट्र र समाजको मर्म बुझ्न सक्ने लाखौँ पारखीमध्ये मोतीराम पनि एक थिए। राष्ट्रप्रेमप्रति उन्मुख मोतीरामले नेपाली भाषासाहित्यको भ48डारलाई समृद्ध बनाउन उनले जेजति गरे त्यो असाधारण छ। नेपाली साहित्यमा एउटा सिङ्गो युग बोकेर आउने मोतीराम भट्टले त्यस युगको सम्बर्द्धन र प्रबर्द्धनमा महत्वपूर्ण योगदान दिएका थिए। गद्य र पद्य फाँटका विभिन्न विधामा कलम चलाउने मोतीराम नेपाली साहित्यका श्रृङ्गारिक धाराका जन्मदाता त्यसैगरी अगुवा साहित्यकारको रुपमा ख्याति प्राप्त भए। 
   यस्ता महान् साहित्यिक विभूतिको मृत्यु वि.सं. १९५३ साल भाद्र कुसे औँसीका दिन भएको थियो।  


त्रिभुवन वीर विक्रम शाह

राष्ट्रपिता              जन्मः वि.सं. १९६३ आषाढ १७ गते
                     मृत्युः वि.सं. २०११ फागुन ३० गते
                                     पिताः पृथ्वी वीर विक्रम शाह
                     माताः ल73मीदिव्येश्वरी शाह 

जहानियाँ राणाशासनबाट नेपाली जनतालाई मुक्ति दिलाउन गाथ र गद्दीको समेत कुनै पर्वाह नगरी भारत निर्वासित भएर राणाविरोधी आन्दोलनमा नेपाली जनतालाई साथ दिने श्री ५ त्रिभुवन वीरविक्रम शाहको जन्म वि.सं. १९६३ साल आषाढ १७ गते भएको थियो। उनी श्री ५ पृथ्वी वीरविक्रम शाह र साहिँली महारानी ल73मीदिव्येश्वरी शाहका जेष्ठ सुपुत्र थिए। श्री ५ पृथ्वी वीरविक्रम शाहको स्वर्गारोहण भएपछि यिनी ५ वर्षको उमेरमा नै वि.सं. १९६८ साल पुस २६ मा राजा भएका थिए। उनको राज्याभिषेक वि.सं. १९६९ फागुन महिनाको ९ गते सम्पन्न भएको थियो। त्यतिबेला नेपालमा राणाहरूको जहानियाँ शासन थियो। शाहहरू राजा भएपनि उनीहरू स्वतन्त्र थिएनन्। उनीहरूलाई राणाशासकहरूले विलासितामा झुलाई १०४ वर्षसम्म शासनको बागडोर आरुनो हातमा लिए। राणा शासकहरूले त्यतिबेला राजखलकलाई समेत लेखपढ गर्न दिएका थिएनन्। त्यसकारण त्रिभुवनलाई पनि पढ्नको लागि कुनै वातावरण उपलब्ध थिएन। तैपनि उनी लुकीछिपी पढेर लेखपढ गर्न सक्नेसम्म भएका थिए।  
   राजा त्रिभुवनको विवाह वि.सं. १९७५ फागुन ८ र ९ गते ल73मीका साथ सुसम्पन्न भएको थियो। जेठी महारानी कान्तिराज्यल73मीको गर्भबाट महेन्द्र वीरविक्रम शाह र हिमालय वीरविक्रम शाहको जन्म भयो भने कान्छी रानीको कोखबाट चाहिँ बसुन्धरा वीरविक्रम शाहको जन्म भयो। श्री ५ त्रिभुवनकी एउटी ल्याइते रानी सरला पनि थिइन्। सानू रानीसाहेबका नामले बढी चिनिने सरला नेवार समुदायकी कन्या थिइन्। वि.सं. २०५८ जेठ १९ को नारायणहिटी दरबार हत्याका48डमा उनी उपस्थित भएपनि उनलाई भने केही भएको थिएन। त्यस घटनामा उनी जीवितै रहन सफल भएकी थिइन्। राजा त्रिभुवनका चार जना छोरीहरू पनि थिए तर उनीहरू कुनकुन रानीबाट जन्मिएका हुन् भन्नेबारे केही थाहा हुन सकेको छैन। 
   भयङ्कर डरलाग्दो नरसंहारकारी कोतपर्वका नायक जङ्गबहादुर राणाको नेपालको शासकमा उदय भएपछि त्यसले १०४ वर्षसम्म निरन्तरता पायो। त्यस समयावधिमा नेपालका श्री ५ हरू कठपुतलीका रुपमा रहन गए। त्यस बखत जनताले मात्र नभई राजाहरूले समेत स्वतन्त्ररुपले बोल्नलेख्न र हिँड्डुल गर्न पाउँदैन थिए। देशको शासन राणाहरूले नै गर्थे। राजाका सम्पूर्ण मौलिक हकअधिकार खोसिएका थिए। राणाहरू जनता र राजाका बीचमा कुनै पनि सम्बन्ध स्थापित हुनै दिँदैनन्थे। राणाहरूले राजाहरूलाई अँध्यारोमा राखेर खोपीका देवता बनाएका थिए। राजाहरूलाई मोजमस्तीऐसआरामसुखसुन्दरीमा भने प्रशस्त छुट थियो। अन्यथा राणाहरूले राजखलकलाई सधैँ डरत्रासमा राखेका थिए।  
   राणाहरू अत्यन्तै स्वार्थी प्रवृत्तिका थिए। जनतालाई दुःखपीडा एवम् सास्ती दिएर उनीहरू मोजमस्ती लुट्थे। राणाहरूले गरेका विकासे कामहरू पनि जनताका हितमा हुँदैनथ्यो। उनीहरूको आर्थिक प्रणाली आरुनै परिवारको हित अनुकूल थियो। राष्ट्रिय सम्पत्तिलाई समेत उनीहरूले भागबन्डा गरेर लिने गर्थे। स्वदेशी तथा विदेशी बैंकहरूमा राष्ट्रको सम्पत्ति जम्मा गर्नु राणा शासकहरूको आर्थिक नीति थियो। उनीहरूले दिने न्याय पनि अत्यन्तै खराब थियो। मान्छेको अनुहार हेरेर न्याय निसाफ गरिन्थ्यो। उनीहरू एउटै कसुरमा पनि कसैलाई कडा र कसैलाई हलुका सजाय दिन्थे। यस्तो किसिमको परिपाटीले गर्दा पनि विकासका काममा अप्ठ्यारो पारेको थियो। उनीहरू आफूलाई अभिजातखानदानीसम्भ्रान्त कूलको ठान्थे। त्यसबेला जनताका बीचमा वर्गीय शोषणउत्पीडनअत्याचारको कुनै सीमा थिएन। उच्च वर्गका ठूलाठालुहरूको हैकमवादी चरित्रले गर्दा तल्लो वर्ग र जातका मानिसहरूको अस्तित्व नै समाप्त गराइएको थियो। यसकै कारणले जनताजनताबीचको मानवीय सम्बन्धमा नै खतरा आइलागेको थियो। उनीहरू राष्ट्रिय हित तथा जनताको भलाइमा भन्दा आरुनो हितअनुकूल नीतिनियम बनाउँथे। सन्धिसम्झौता गर्थे। अङ्ग्रेजहरूलाई खुशी राख्न सकियो भने आरुनो हैकम टिकाइराख्न सकिन्छ भन्ने उनीहरूको सङ्कीर्ण विचार थियो। त्यसैले राज्यको सर्वाभौमसत्ता र भौगोलिक सिमालाई पनि अङ्ग्रेजहरूका पाउमा चढाउन चाहन्थे । उनीहरूका यस्तै किसिमका कार्यले गर्दा स्वयम् उनीहरूकै पतन नजिकिँदै गइरहेको थियो।   
   नेपाल र नेपालीको उन्नतिमा चिन्तनशील राजा त्रिभुवन जनताको मलिन अनुहार र फाटेको कपडा देखेर दुःखी हुन्थे। उनमा दयाको भावना जागेर आउँथ्यो। त्यसैले उनले जनताका लागि केही गर्नुपर्छ भन्ने अठोट गरे। अनि जनताको सहयोगमा राजगद्दी र ज्यानको समेत बाजी राखेर निरङ्कुश राणाशासनका विरुद्धमा कदम चाले। त्यतिबेला नेपालको प्रमुख राजनीतिक दलले राणाासनकै विरुद्धमा वीरगञ्जबाट वि.सं. २००४ सालमा सशस्त्र सङ्घर्ष शुरु गरेको थियो। वि.सं.२००७ साल कार्तिक २१ गते राणाहरूसँग नागार्जुन वा गोकर्णमा पिकनिक जाने भनी अनुमति लिएर अथवा उनीहरूलाई झुक्याएर भालेको डाँकसँगै त्रिभुवनको सपरिवार नारायणहिटी दरबार त्यागी भारतीय राजदूतावासमा शरण लिन पुग्यो। त्यसपछि भारतीय दूतावासको सहयोगमा वि.सं. २००७ साल कार्त्तिक २५ गते विशेष विमानद्वारा भारत सवार भयो। त्यसपछि त्रिभुवनलाई दरबारमा फिर्ता बोलाउन राणाशासकहरूले निकै प्रयास गरे तर उनीहरूको केही लागेन। त्रिभुवनलाई दरबारमा ल्याउने प्रयास विफल भएपछि मावलीमा रहेका अढाई वर्षे बालक ज्ञानेन्द्रलाई राणाहरूले नेपालका महाराजधिराज घोषणा गरे। ज्ञानेन्द्रले नाममा मुद्रा पनि छापियो। त्रिभुवनलाई विदेशी राजदूतावासमा शरण लिन गएको भन्दै सोही आरोपमा सत्तात्युत गरे। त्यस्तो अवस्थामा भारत सरकारले राजा ज्ञानेन्द्रलाई राजाको मान्यता नदिने घोषणा गर्‍यो। राणाहरूले त्यसपछि भारतलगायत विश्वका कैयन् देशहरूको दबाब झेल्नुपर्‍यो। उता क्रान्ति चर्किँदै थियो। मुक्तिसेनाले ठाउँठाउँमा विजय प्राप्त गर्दै गयो। त्यसपछि मात्र मोहन शमशेरले नेपालमा नयाँ सुधार गर्ने आश्वासन दिल्लीलाई दिएर वार्ताका लागि एक प्रतिनिधि म48डल दिल्ली पठाए। त्यही दिल्ली सम्झौतानुसार त्रिभुवन सहित उनको परिवार वि.सं. २००७ साल फागुन ७ गते नेपाल आए र प्रजातन्त्रको घोषणा गरे। सोही ७ गते बनेको नयाँ मन्त्रीम48डलले जतिसक्दो चाँडो चुनाव सम्पन्न गराई लोकप्रिय सरकारको स्थापना गर्नेविधान परिषद्द्वारा निर्मित विधानका आधारमा मुलुकका शासन व्यवस्था गर्नेसमाजका सामान्तीप्रथा र बिर्ताप्रथा उन्मूलन गर्ने नीतिलाई स्वीकार गरियो। यसरी वि.सं. १९६८ देखि २०११ सम्म त्रिचालीस वर्ष राज्य गर्ने त्रिभुवनको स्वगर्ाारोहण वि.सं. २०११ साल फागुन ३० गते स्वीजरल्या48डको ज्यूरिज क्यान्टन अस्पतालमा भयो। 



पासाङ ल्हामु शेर्पा
प्रथम नेपाली              जन्मः वि.सं. २०१८ मंसिर २८ गत
महिला सगरमाथा आरोही    मृत्युः वि.सं. २०५० वैशाख १० गते
                        पिताः फुर्बाकितार शेर्पा
                        माताः आङ्दाकी शेर्पा
राष्ट्रिय विभूति घोषणाः वि.सं. २०५९ वैशाख १० गते  

नेपाली माटामा जन्मेर नेपालकै उच्च शिर सगरमाथामा चम्केकी वीराङ्गाना पासाङ ल्हामु शेर्पा सगरमाथामै हराए पनि आरुनो अदम्य साहस र बहादुरीले गर्दा आज पनि नेपाली माटोमा हर्हराएकी छिन्। विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने प्रथम नेपाली महिला एवम् विश्वकी १६ औँ महिला पासाङको जन्म सोलुखुम्बु जिल्लाको चौंरीखर्क गा.वि.स.स्थित प्राकृतिक हराभराले भरिपूर्ण सानो तर सुरम्य सुर्के गाउँमा वि.सं. २०१८ साल मंसिर २८ गतेका दिन भएको थियो। उनी पिता फुर्बाकितार शेर्पा र माता आङ्दाकी शेर्पाको एकमात्र सुपुत्रीको रुपमा जन्मिएकी थिइन्। उनका दुईदुई जना दाजु र भाइहरू पनि छन्। उनका पिता फुर्बाकितार शेर्पा पर्वातारोहण क्रियाकलापमा सम्बद्ध भएकाले पासाङमा सानै उमेरदेखि पर्वतारोहण गर्ने अभिरुचि जागेको थियो।
   पासाङ ल्हामुको विवाह पर्वतारोहण व्यवसायसँग आबद्ध लक्पा शेर्पासँग भएको थियो। जसले गर्दा उनको सगरमाथा आरोहण गर्ने चाहना पूरा गर्न सजिलो भयो। उनका दुई छोरी र एक छोरा थिए। उनी एक कुशल गुहिणी पनि थिइन्। उनले आरुनो पारिवारिक रथलाई पनि कुशलतापूर्वक हाँक्ने काम गरिन्।  
   “मलाई आरुनो परिवार र ज्यानको भन्दा पनि देशप्रतिको माया गाढा छनेपाली महिलाहरूको तर्फबाट नेपालको नाम राख्ने मेरो एउटै इच्छा छ ” भन्ने पासाङ ल्हामु शेर्पालाई कमजोर मनस्थितिले ग्रस्त समस्त नेपाली नारीहरूको मनोबललाई उच्च बनाई सगरमाथाभन्दा पनि माथि उठाउने उनको अत्यन्तै तीब्र चाहना थियो। उनलाई नेपाली जातिको महिमा र प्रतिष्ठालाई विश्वभर चम्काएरै छाड्ने ठूलो धोको थियो। मनका यिनै आकाङ्क्षाहरूलाई पूरा गर्नका खातिर पासाङले सगरमाथाको शिखरमा पाइला राख्ने क्रममा बाटामा अनेकौँ बिध्नबाधाहरूसँग सङ्घर्ष गर्नुपरेको थियो। तीनतीन पटकसम्म 145सान मिगेल सगरमाथा अभियान दल146 की टिम लिडर भएर सगरमाथा चढेकी थिइन्। पटकपटक सगरमाथाको पहिलो आधार शिविरसम्म पुगेकी पासाङले याल्पिक र लाङटाङ हिमालको पनि सफल आरोहण गरिसकेकी थिइन्। १४ वर्षको उमेरदेखि पथप्रदर्शकको रुपमा तिनै पहाड पर्वतहरूमा घुम्दै आएकी पासाङले तीन पटकसम्म सगरमाथा चढ्ने प्रयास गरेकी थिइन्। 
   उनले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुअघि सन् १९९० मा फ्रान्सेली पर्वतारोहण दलको नेतृत्वमा सगरमाथाको आरोहण सुरुवात गरी पिसाङ पिकमा पुगेकी थिइन्। सन् १९९० मा ८००० मिटरभन्दा माथि जाने उनको चाहना हुँदाहुँदै पनि सोही दलकी फ्रान्सेली महिला बिरामी परेकाले उनलाई माथि जान दिइएको थिएन। त्यसपछि दुई पटकसम्म आरुनै खर्चमा वि.सं. २०५० साल वैशाख ८ गते ८००० मिटरको चौथो शिविरसम्म निर्वाध रुपमा आरोहणको प्रयास गरे पनि उनी सफल भने हुन सकिनन्।  शिखरकै नजिक पुग्दा मौसम प्रतिकूल भइदिएपछि सोही आरोहण दलमा रहेका आरुना पति लाक्पा सोनाम शेर्पालाई आरुना तीनवटा चिचिला सन्तानको भविष्यबारे सोच्नुपर्ने कुरा गर्दै निराश भएर फर्किनु परेको थियो। 
    प्रबल इच्छाशक्ति एवम् अदम्य साहस र दृढ अठोट भएकी पासाङले अन्ततः २६ वर्षको उमेरमा वि.सं. २०५० वैशाख १० गते दिउँसो २ः५० बजे सगरमाथाको चुचुरोमा पुगेरै छाडिन्। चौथो पटकको सगरमाथाको सफल आरोहण पछि तल झर्दा बाटामा (८,७५९० मिटरको उचाइमा)  हिउँ पहिरो र हिम आँधीको सामना उनले गर्नुपर्‍यो। उनको त्यस टोलीमा पाँच पटक सगरमाथा आरोहण गरिसकेका हिमसरदार सोनाम छिरिङ पनि गएका थिए। जसलाई बचाउने क्रममा पासाङ स्वयम् पनि वीरगति प्राप्त गर्नुपर्‍यो। त्यसपछि उनको शवलाई हेलिकोप्टरबाट काठमाडौं ल्याई वि.सं. २०५० साल जेठ ७ गते मात्र दाहसंस्कार गरियो। उनलाई मृत्यु पर्यन्त राष्ट्रिय सम्मानका साथ 145नेपाल तारा146 नामक पदवीले विभूषित गरिएको थियो। तत्कालिन श्री ५को सरकारबाट पनि उनको चित्र अंकित हुलाक टिकट प्रकाशन गरिएको थियो। त्रिशूलीधुन्चे राजमार्ग र जासम्बा हिमाललाई पासाङ ल्हामुको नाममा नामकरण गरियो। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा वि.सं. २०५२ सालमा नगद रु. ५०,०००/– राशी रहेको पासाङ ल्हामु प्रज्ञापुरस्कारको स्थापना गरियो। त्यसै गरी राष्ट्रिय बीउबिजन  समितिले गहुँको एउटा जातलाई नै पासाङ नामकरण गरेको छ। उनको नाम र कथामा आधारित रहेर एक लेखकले एउटा महाकाव्य समेत तयार पारेका छन्। तत्कालिन सरकारले पनि नवौँ पु48य स्मृति दिवसको अवसर पारेर वि.सं. २०५९ वैशाख १० मा पासाङ ल्हामुलाई राष्ट्रिय विभूति घोषणा गर्‍यो। 




शङ्खधर साख्वाः

नेपाल सम्वत्का प्रवर्तक    जन्मः करिब ११०० वर्षअघि
                       मृत्युः ११०० – १२०० वर्षका बीच 
राष्ट्रिय विभूति घोषणाः वि.सं. २०५६ मंसिर २ गते

शङ्खधर साख्वाःको जीवनकाल सम्बन्धी वास्तविक तिथिमिति नभए पनि उनको जन्म करिब ११०० वर्षअघि काठमाडौंको इलाछेमा भएको अनुमान गरिन्छ। उनी कान्तिपुरको मरुटोलको मरु सत्तलको इलाछेमा बस्ने शूद्रवर्णका व्यापारी परिवारमा जन्मेका थिए। उनी नेपालको आदिवासी नेवार समुदायसमाज र सङ्गतमा हुर्केका थिए। उनले उपत्यकाका तीनै सहरका सकल जनताको ऋण तिरिदिएर आरुनै मातृभूमिको नाममा एक नयाँ संवत् नेपाल सम्वत्” चलाएका थिए। यो सम्वत् आजभन्दा वि.सं. ९६८ वर्ष अगाडि कार्तिक शुक्ल प्रतिपदा (म्हः पूजा) का दिनदेखि सुरु भएको हो। नेपाल सम्वत् सुरु हुनु अगाडि त्यसबेला राजाले चलाउने राजकीय सम्वत् पनि कार्तिक कृष्ण औँसी अर्थात् ल73मी पूजाका दिन पूरा भई कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि नयाँ सम्वत् थालनी हुने परम्परा थियो। सोही परम्परा अनुसार नेपाल सम्वत् पनि कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको हो। त्यतिबेला परोपकारी व्यक्तिले नयाँ सम्वत् चलाउन पाइन्थ्यो। शङ्खधर साख्वाःले पनि उपत्यका निवासी जनताका सबै ऋण तिरिदिएका थिए। त्यही जनहितकारी एवं परोपकारी कार्यले गर्दा शङ्खधर साख्वाः नेपाल सम्वत्का प्रवर्तक भएका हुन्। जुन अहिले प्रचलनमै छ।  
   शङ्खधर साख्वाः शूद्र जातिको व्यापारी भए पनि जनताको ऋण तिर्ने महान् कार्य गरेकाले राजा राघदेवले उनलाई पशुपतिमा प्रवेश गर्न दिनुका साथै दक्षिणी ढोकामा आरुनो शिलामूर्ति स्थापना गर्न पनि दिएका थिए। किम्वदन्ती अनुसार तत्कालिन भक्तपुरका राजा आनन्द मल्लले ज्योतिषिद्वारा निकालिएको शुभ साइतमा भद्रमती र विष्णुमती नदीको दोभानबाट बालुवा झकेर ल्याए सुन हुन्छ भनेकाले झक्न लगाई काठमाडौं ल्याउँदै गरेको यिनले देखेछन्। ज्ञानी र खुबी भएका चलाख शङ्खधरले यसमा कुनै रहस्य छ भन्ने ठानी भरियालाई लोभ देखाइ फकाइ मान गरी खानपिन गराइ भनेजतिको पैसा दिएर उक्त खेप बालुवा आरुनो घरमा खन्याउन लगाएछन्। त्यो बालुवा बिसाएको लुकु फल्चा” भनिने पारी अहिले पनि भग्नावशेषका रुपमा छँदै छ। त्यही बालुवा चार दिनपछि चट्टानको धूलो सहित मिसिएको सुनमा परिणत भएछ। शङ्खधर साख्वाःले यस्तो देखेर साह्रै खुसी भई उक्त चट्टानको धूलो प्रसोधन गरी सुन जति सबै जम्मा गरे। तर राजा कहाँ पुर्‍याइएको अर्को खेप बालुवा चाहिँ बालुवा नै रहन गएछ। यसरी अपार धनी भएपछि त्यस सम्पत्तिबाट देश र जनताको कल्याण गर्ने भावना उनको मनमा आएछ। त्यसबेलाको प्रचलित नियमानुसार आफूसँग भएको सम्पत्तिको एक तिहाइ (ति ख48डको एक ख48ड) राजस्व बुझाउनु पर्ने रहेछ।  त्यसपछि उनले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर सोही राजस्व तिरी बाँकी रहेको सुनबाट सबै जनताको ऋण मोचन गरेका रहेछन्। 
   सुरुमा नयाँ सम्वत्को नाम 145पशुपति भट्टारक146 थियो। करिब १२५ वर्षपछि मात्र शङ्खधरले चलाएको संवत्को नाम नेपाल सम्वत्” रहन गयो। त्यसपछिका अभिलेखहरूमा नेपाल सम्वत्  नै प्रयोग भएको पाइन्छ।  
   वि.सं. २०१९ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित एक पुस्तकमा नेपाल सम्वत् र त्यसका प्रवर्द्धनबारे विस्तृत रुपमा अनुसन्धान गरिएको छैन। नेपाल भाषा मङ्का खलनेपाल भाषा अकादमी र नेवा देह दबुजस्ता नेपाल भाषा र संस्कृतिको उत्थानका लागि आज थुप्र्रै संघसंस्थाहरू स्थापित भएका छन्। तिनीहरूले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता प्रदान गरिनुपर्दछ भन्ने नाराका साथ म्हः पूजाका दिन जुलुस र सांस्कृतिक र्‍यालीको आयोजना गर्ने र नेपाल सम्वत् भएकाले यसलाई सरकारी मान्यता दिनुपर्नेमा विभिन्न बहसहरू पनि हुने गरेका छन्।  
   नेपाल सम्वत् कहिलेदेखि प्रारम्भ भयो भन्ने सन्दर्भमा इतिहासकारहरूले नेपाल उपत्यकाको मध्यकालीन इतिहासमा उल्लेख गरे अनुसार वि.सं. ९३६ कार्तिक शुक्ल प्रतिपदादेखि भएको बताएका छन्। शङ्खधर साख्वाः पशुपतिका भक्त थिए। उनले आफूले चलाएको सम्वत् पशुपतिका चरणमा अर्पण गरेका थिए। शङ्खधर साख्वाः को मृत्यु कहिले भयो भनेर यकिन गर्न नसकिए पनि उनको मृत्यु करिब ११०० देखि १३०० वर्षअघि भएको अनुमान गरिन्छ। उनलाई त्यतिबेलाको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई रहेको श्री ५ को सरकारले वि.सं. २०५६ मंसिर २ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो। 


फाल्गुनन्द लिङ्देल

प्राचिन किराँती संकृतिका उन्नायक       जन्मः वि.सं. १९४२
किराँत धर्म गुरु                      मृत्युः वि.सं. २००५
                                  पिताः जगनबाज लिङ्देल
                                   माताः हंसमती लिङ्देल 
राष्ट्रिय विभूति घोषणाः वि.सं. २०६६ मंसिर १६ गते 

हाम्रो देश नेपाल विभिन्न जातिधर्मसंस्कृतिपरम्परा लगायत भौगोलिक अवस्थितिले भरिपूर्ण छ। नेपाल धार्मिकसांस्कृतिक र जातीय एकता तथा समन्वयको सुन्दर देश पनि हो। आरुनो संस्कृतिको पालना गर्दै अरुको संस्कृतिको पनि सम्मान गर्ने नेपालीहरूको अनुकरणीय विशेषता पहिलेदेखि नै रहिआएको छ। यस देशका विभिन्न जातजातिहरूले आआरुना भाषाधर्मसंस्कृतिको संरक्षण गरी अन्ततः राष्ट्रिय एकताको भावनालाई जीवन्त पारेका छन्। यस्तै आरुनो जातिभाषाधर्मसंस्कृति र परम्पराको उत्थान एवम् संरक्षणमा लाग्ने प्राचिन किराँती संकृति र सभ्यताका उन्नायकसूधारकनारी समानताका पक्षधरअहिंसाका परम् अनुयायीसीप र शिक्षाका प्रचारक एवम् किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देलको जन्म पूर्वी नेपालको इलामको चुक्चिनाम्बा इभाङ्क आगोटे डाँडामा वि.सं. १९४२ साल कार्त्तिक २५ गते एक गरिब लिम्बु परिवारमा भएको थियो। उनका पिता जगनबाज लिङ्देल र माता हंसमती लिङ्देल हुन्। फाल्गुनन्दको बाल्यकालको नाम नरध्वज लिङ्देल थियो। जुन नाम ज्योतिषीले राखेका थिए। तर उनलाई चिनाउने नाम भने फाल्गुनन्द हो। यस फाल्गुनन्द नाम चाहिँ कसरी रहन गयो भने– बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लगाइदिए रोग ठिक हुन्छ भन्ने परम्परावादी अन्धविश्वासका कारण उनको हातमा फलामका चुरा लगाइएको थियो। त्यही हातमा बाँधिएका चुराकै भरमा उनको नाम फलामसिंह रहन गएको थियो। समयकालसँगसँगै गाउँका युवाहरू जस्तै उनी पनि बेलायती फौजमा भर्ती भएपछि फलामसिंहबाट उनको नाम फाल्गुनन्द रहन गएको हो। साहिँला सुपुत्रको रुपमा जन्मिएका फाल्गुनन्दले बाल्यकालमा स्याहारसम्भार पाएका थिएनन्। उनी जन्मनासाथ उनकी आमा बिरामी परकाले उनलाई बाख्रीको दूध खुवाएर हुर्काइएको थियो। त्यसको केही समयपछि उनकी आमाको निधन हुन पुग्यो अनि उनी सानी आमाको पालनपोषणमा हुर्किए।  
   घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले सानै उमेरमा दुई पैसा कमाउनका लागि विदेशीएका फाल्गुनन्द वि.सं. १९६० मा नाथुङ धावा (भारत र तिब्बतको सिमाना) मा पुगेर कुल्ली काम गर्न थाले। त्यसको केही समयपछि प्रथम विश्वयुद्धताका ब्रिटिस सेनामा भर्ती भई आठ वर्ष काम गरे। सेनामा रहँदा पनि साँझ बिहान पूजापाठमा लीन रहने गरेको हुनाले उनलाई ध्यानी”, “योगी”, “तपस्वी” जस्ता उपनामहरूले पुकार्ने गरिन्थ्यो। धार्मिक प्रवृत्तिका सिपाही फाल्गुनन्दले लडाइँबाट विश्वशान्ति स्थापना हुन नसक्ने ठानी प्रथम विश्वयुद्ध पश्चात् सेनाको जागिरबाट राजीनामा दिएर आरुनो ज्ञान र समस्त किराँती जातिका मौलिक धर्म संस्कृतिको प्रचारप्रसार गर्दै भुटान हुँदै भारत आए। उनले भारतका चारधाम घुमे र इलाम फर्किए। त्यसपछि धार्मिक कार्यमा प्रवेश गरेका फाल्गुनन्द आरुनो गाउँठाउँजात तथा विशेष गरी किराँती जातिका लिम्बू समुदायमा रहेको सामाजिक विसंगति र विकृतिले गाँजेको भयावह स्थितिलाई देखेर आरुनो जातिको धार्मिकसामाजिक र आर्थिक सुधारमा लाग्दै लिम्बुवान क्षेत्रमा उपदेश प्रचारप्रसार गर्न थाले। वि.सं. १९८८ वैशाख २४ गते तत्कालिन दश लिम्बूवान सत्रथुम” का समाजका वरिष्ठ व्यक्तिहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजिक लेब्रे कुटीमा हामी आरुनो वास्तविक धर्मबाट अञ्जान रहेकोजाँड रक्सी धेरै सेवनबाट हामी मतिभ्रष्ट भएको आदि विषयमा छलफल गरे। उक्त छलफलमा उनले लिम्बू जातिमा चलेको "सुनैलीरुपौली" प्रथा छोरीचेलीबाट लिइने सोतरित भात तुरुन्त बन्द गर्नुकाजकिरिया गर्दा राँगाकुखुराखसि काटि रक्सिको भतेर चलाउने चलन तुरुन्त बन्द गर्नुदेवीदेवताको नाममा निर्दोष प्राणीहरूको हत्या गरी बलि चढाउने प्रथा रोकी फूल या नैबेद्यबाट चलाउनुछोराछोरीलाई बराबर व्यवहार गर्नु भन्ने सन्देशहरू पनि दिएका थिए। यसलाई दुसबुँदे सत्य धर्म मुचुल्का” को रुपमा स्थापित गरेका थिए। यस कार्यलाई सबैभन्दा ठूलो सामाजिक एवम् सांस्कृतिक क्रान्तिका रुपमा लिइन्छ।  
   फाल्गुनन्दले धर्म प्रचारप्रसार वा साँझ बिहान आआरुनो घरमा युमा साम्माङको माङसेवा” गर्न र सामुहीकरणमा पनि माङसेवा” गर्नको लागि मेची र कोशी अञ्चलका विभिन्न स्थानमा ७ वटा माङहिम (मन्दिर) बनाएका थिए। उनले कुम्भकर्ण हिमाललाई किराँतीहरूका पवित्र धार्मिक तिर्थस्थल मान्दै त्यहाँ पनि एक माङहिम बनाए। फाल्गुनन्द समय समयमा लिम्बूवान क्षेत्रका हरेका गाउँगाउँमा आफैँ निरिक्षण पनि गर्दै हिड्थे। त्यसै क्रममा उनी पटकपटक आरुना चेलाहरूसँग कुम्भकर्ण हिमालको फेदीमा पनि पुग्थे। जहाँ महिनौँ दिनसम्म पनि ध्यान तपस्यामा लीन रहन्थे। फाल्गुनन्दले धर्म प्रचारको क्रममा भारतको आसमदेखि भुटानसम्म पुगी त्यहाँको धार्मिक तथा सामाजिक अवस्थालाई सुधार्ने काम गरे। वि.सं. १९९३ तिर झन्डै ६०० लिम्बुहरूले उनको धर्म प्रचारको विरुद्धमा राणा प्रधानमन्त्री समक्ष उजुरी दिएका थिए। त्यसैले उनलाई काठमाडौं बोलाइएको पनि थियो। तर निर्दोष ठहरिएपछि उनलाई मुक्ति गरिएको थियो।   
   उनले किराँत भाषा र लिपिबाट पढाइने विद्यालय खोल्नुका साथै पर्वहरूमा मात्रै जाँडरक्सीसुँगुरकुखुरा खाने नियम बसाले। उनले सत्य बोल्नुपर्छसत्कर्म गर्नुपर्छभक्तिभजन र ध्यान गर्नुपर्छमौलिकतालाई बिर्सिएर पथभ्रष्ट हुनु हुँदैनमदिरा सेवन गरी अपराधिक क्रियाकलाप गरी मतिभ्रष्ट हुनु हुँदैनविवाहमा आरुनो आर्थिक गच्छेभन्दा बढी खर्च गरी उक्सनै नसक्ने आर्थिक दलदलमा फस्नु हुन्नसमाजका जननी 145युमा साम्माङ146 नै नारी भएका हुनाले समाजमा नारीलाई उच्च स्थान वा सम्मान दिनुपर्छ  भन्ने उपदेश दिएका थिए। यसका साथै किराँत धर्मग्रन्थ मुन्धुमको प्रचार गर्नेब्र222मचार्यसन्यासश्रम आदिको पालना गर्नेजस्ता उपदेश दिएका थिए। उनलाई किराँत भाषामा मुहिगुम आङसिमाङ” भनिन्छ। आजीवन ब्र222मचार्यमा रहेका लिम्बुहरूका महागुरु फाल्गुनन्दको मृत्यु वि.सं. २००५ चैत २२ मा ६३ वर्षको उमेरमा आफैँले निर्माण गरेको मन्दिर माङ्कहमि सिलौटीमा तीन पटक ओमकार गरी भएको थियो।  उनी आज नेपालका राष्ट्रिय विभूतिको रुपमा इतिहासमा अमर छन्। उनलाई वि.सं. २०६६ मंसिर १६ गते  राष्ट्रिय विभूति घोषणा गरिएको थियो।