मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
             स्टिफेन हकिङ
    “यदि तपाई ब्रह्माण्ड कसरी चल्छ भन्ने कुराको भेउ पाउनुहुन्छ भने एक अर्थमा तपाई यसलाई नियन्त्रण गर्न सक्नुहुन्छ।” यो भनाइ विश्व विख्यात भौतिकशास्त्री स्टिफेन हकिङको हो। उनले ब्रह्माण्ड सम्बन्धी नयाँ अद्वितीय अवधारण अघि सारेका छन्, ईश्वरको अस्तित्व नरहेको भन्ने आफ्नो भनाइको व्याख्या गरेका छन्। ईश्वरको अस्तिव नै नरहेकाले मानिसहरूले यस पृथ्वीमा नै सक्दो राम्रो जीवन बाँच्ने प्रयास गर्नुपर्ने हकिङको सुझाव छ। मृत्युसँग डर लाग्छ कि लाग्दैन भन्ने प्रश्नको उत्तरमा आफू विगत वर्षदेखि नै मृत्युको नजिक रहेकाले कुनै डर नलाग्ने बताएका थिए।
    “प्रकृतिको नियमलाई ईश्वरीय शक्तिको रूपमा बुझ्न सकिन्छ। तर मानिसहरूले भन्ने गरेको ईश्वर त्यस्तो होइन,” हकिङले भने। उनी मानिसहरूले व्यक्तिगत सम्बन्ध राख्न सकिने एक व्यक्तिका रूपमा ईश्वरलाई हेर्ने गर्छन्। ब्रह्माण्डको व्यापकता र मानव जीवनको क्षणभङ्गुर र आकस्मिकतालाई हेर्दा त्यस्तो व्यक्तिगत ईश्वरको कल्पना असम्भव रहेको हकिङको दाबी छ।
    वैज्ञानिक सेलिब्रिटी स्टिफन हकिङको जन्म सन् १९४२ जनवरी ८ मा बेलायतको अक्सफोर्ड सहरमा भएको थियो। उनका पिता फ्राङक हकिङ र माता इसोबेल हकिङ हुन्। उनका दुई बहिनी मेरी र फिलिया छन्। उमेर समीपताले मेरी र स्टिफनको बीचमा पहिला प्राकृतिक द्वन्द्व थियो। तर स्टिफन वैज्ञानिक र मेरी डाक्टर बनेपछि यी दुई बीचको द्वन्द्व समाप्त भएको थियो। स्टिफन ८ वर्षको नहुन्जेलसम्म पढ्न जान्दैन थिए। त्यसपछि मात्र उनले पढ्न जानेका थिए। उनी स्कुलमा सिकाइने अभ्यास एवं स्मरण पद्धति जटिल भएको गुनासो पोख्थे।
    उनले लन्डनको सेन्ट अल्बान्स स्कुलमा प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए। स्कुलमा स्टिफेन असाधारण थिएनन्, केवल राम्रा विद्यार्थी मात्र थिए। स्टिफेन उच्च शिक्षा हासिल गर्न अक्सफोर्ड विश्वविद्यालयको युनिभर्सिटी कलेजमा भर्ना भएका थिए। उनले आफ्नै पिताबाट पनि अनुसन्धान गर्ने पद्धति र खगोल शास्त्रको सामान्य ज्ञान पाएका थिए। स्कुलमा छँदा स्टिफेनलाई विज्ञान विषय मनपर्थ्यो र गणितको शिक्षकबाट प्रभावित भएकाले स्टिफेन गणित पढ्न चाहन्थे। तर त्यतिबेला युनिभर्सिटी कलेजमा गणित विषयको पढाइ हुँदैनथ्यो। त्यसैले स्टिफेनले त्यहाँ भौतिक विज्ञान लिएर आफ्नो अध्ययन सुरु गरे। त्यहाँ रसायन विज्ञानको पनि पढाइ हुन्थ्यो, गणितको चाही थोरै मात्र पढाइ हुन्थ्यो।त्यसैले गणितको अभावलाई आफैँले पढेर पूरा गरी भौतिकशास्त्रका विशेषज्ञाता भए। सन् १९६२ मा हकिङले अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरे। त्यसपछि सैद्धान्तिक खगोलविज्ञान र  ब्रह्माण्डशास्त्र (कस्मोलजी) सम्बन्धी अध्ययन173अनुसन्धानका लागि उनी टि्रनिटी कलेज, क्याम्ब्रिजमा भर्ना भए।
    उनी ६/७ जना साथीहरुको बीचमा घेरिएर बस्थे। आफूलाई चाख भएका सम्पूर्ण विषयको छलफल गर्थे। उनले जोनसँग मिलेर नमूना डुङ्गा र हवाइजहाज पनि बनाएका थिए। उनले सन् १९५८ मा एउटा आधारभूत कम्प्युटर पनि बनाएका थिए। जब उनले विद्यावारिधी शरु गरे तब खगोलको अनुसन्धान गर्न थाले।
    भनिन्छ, स्वस्थ शरीरमा मात्र स्वस्थ मनको बास हुन्छ र त्यसबाट मात्र स्वस्थ विचार जन्मन्छ। तर विश्वकै महान् जीवित वैज्ञानिक र आइन्स्टाइनपछिका सबैभन्दा ठूला भौतिकशास्त्री बोल्न, लेख्न र हलचल गर्न नसक्ने व्यक्ति हुन् भन्दा धेरैलाई आश्चर्य लाग्ला। एक्काईस वर्षको उमेरदेखि निको नहुने स्नायुरोग न्युरो मस्कुलर डिस्ट्ररोफीबाट पीडित हकिङको शरीरका सम्पूर्ण भाग पक्षाघातबाट प्रभावित छन् र उनी २४ सै घ48टा नर्सहरूको रेखदेखमा हि्वलचेयरमा बिताउन बाध्य छन्। चिकित्सकहरूले उनलाई एक दुई वर्षमात्र बाँच्ने बताएका थिए। पहिलोपल्ट स्नायुरोगको लक्षण देखा पर्दा हकिङले आफ्नो विद्ययावारिधिको अनुसन्धान सुरुमात्र गरेका थिए। लगभग दुई वर्षसम्म उनले अनुसन्धानमा खासै प्रगति गर्न सकेनन्। विध्यावारिधि पूरा गर्नुअघि नै आफ्नो निधन हुने सोचका कारण उनलाई त्यसको खासै चिन्ता पनि थिएन। तर चिकित्सकहरूको अनुमानविपरीत उनको रोग निको नभए पनि स्थिर हुन थाल्यो। उनको अशक्तताले उनलाई मन लागेको काम गर्न रोक्न सकेन।
    सन् १९६५ जुलाई १४ मा स्टिफनले जेनसँग भव्यताका साथ विवाह गरे। उनीबाट सन् १९६७ मे २८ मा छोरो रोबर्ट जर्ज हकिङको जन्म भयो। सन् १९७० नेभेम्बर २ मा फेरि जेनले छोरी लुसी जन्माइन्।
    सन् १९६६ मा विद्यावारिधिको उपाधि हासिल गरेपछि हकिङलाई न्युरो मस्कुलर डिस्ट्रोेफीले झन्झन् च्याप्दै ल्यायो। सन् १९८५ उनलाई न्युमोनियाको सङ्क्रमण भयो। उनको बाँच्ने सम्भावना कम थियो। उनलाई बचाउन चिकित्सकहरूले उनको श्वासनलीलाई शल्यवि्र्कयामार्फत् काटेर फाल्नु पर्यो। हकिङको प्राण त बच्यो तर रोगका कारण उनले आफ्नो बोल्ने शक्ति पनि गुमाएका थिए। उनी हिँडडुल गर्न पनि सक्दैन थिए। पछि उनी ह्वील चेयरमा बसेर हिँडडुल गर्न थाले।
    बोल्न र लेख्न नसक्ने भएपछि हकिङका लागि सम्वाद र आफ्ना विचारहरूको सम्प्रेषण सम्भव भएन। यस समस्याको समाधान गर्न क्याम्ब्रिज र क्यालिफोर्नियाका कम्प्युटर विशेषज्ञहरूले हकिङका लागि एक विशेष कम्प्युटर सिस्टम निर्माण गरी दिए। उक्त सिस्टमको मद्दतले हकिङको चश्मामा जडान गरिएको एक विशेष प्रकारको विद्युतीय उपकरण मार्फत् उनी टाउको र आँखाको सङ्केतले आफूले भन्न खोजेको शब्द ह्वीलचेयरमा जडान गरिएको कम्प्युटरमा लेख्न सक्ने भए। यसरी लेखिएको शब्दलाई प्रिन्टरका सहयोगले प्रिन्ट गर्न वा कम्प्युटरसँगै जडान गरिएको अर्को उपकरण भ्वाइस सिन्थेसाइजरका सहायताले आवाजमा बदल्न सकिने भयो। प्रतिमिनेट १५ शब्दमात्र लेख्न सकिने यस प्रविधिको प्रयोग गरेर हकिङले दर्जनौ गहकिला वैज्ञानिक शोधपत्र र पुस्तक लेखे। यिनै प्रविधिको प्रयोग गरेर उनी अरूसँग संवाद र पत्राचार गर्ने गर्छन् र ठाउँठाउँमा गएर वैज्ञानिक एवं सार्वजनिक व्याख्यानसमेत दिने गर्छन्।
    सोही उपकरणबाटै उनी क्याम्ब्रिज विश्वविद्यालयमा अनुसन्धान पनि गर्छन्। हकिङ उक्त विश्वविद्यालयका एक उच्च अनुसन्धानकर्ता पनि हुन्। उनी हाल रहेकै पदमा कुनै समय न्यूटन पनि रहेका थिए। हकिङको प्रख्यात सिद्धान्तमध्ये एक ब्ल्याक होलले कसरी विकिरण उत्सर्जन गर्छ भन्ने पनि हो।
    हकिङ आफ्नो अनुसन्धानबारे सर्वसाधारणले पनि थाहा पाउन् भन्ने चाहन्थे। त्यसैले उनले सर्वसाधारणले बुझ्ने सरल भाषामा  ब्रह्माण्ड विज्ञान जस्ता भौतिकशास्त्रका जटिल विषयमा लोकप्रिय पुस्तकहरू लेखे। यी मध्ये सबैभन्दा पहिलो र चर्चित पुस्तक हो सन् १९८८ मा प्रकाशित “अ ब्रिफ हिस्ट्री अफ् टाइम” अर्थात् समयको एक संक्षिप्त इतिहास। उनको यो पुस्तक यति लोकप्रिय भयो कि यसले पुस्तक विक्रीको इतिहासमा यसअघिका कयौं रेकर्ड तोड्यो। जसको बिक्री अमेरिकामा ५३ हप्ता सम्म र बेलायतमा ४ वर्ष सम्म भयो। लगातार सर्वाधिक विक्री हुने पुस्तक (बेस्टसेलर) बनेर अ ब्रिफ हिस्ट्री अफ टाइमले यसअघिको बेस्टसेलर रेकर्ड तोडी 'गिनिज बुक अफ् वलर्ड रेकर्ड' मा नाम दर्ता गर्यो। अ ब्रिफ हिस्ट्री अफ टाइम बीसौँ शताब्दीमा सबैभन्दा बढी विक्री भएका पुस्तकमध्ये एक हो। विज्ञान विषयमा लेखिएका पुस्तकमध्ये यति लोकप्रिय पुस्तक इतिहासमा अरू छैन।
     ब्रह्माण्डको उत्पित्त किन र कसरी भयो? यो कहाँबाट आयो? के यो सधैँ अस्तित्वमय थियो? वा यसका कुनै सृष्टिकर्ता छन्? विश्वमा बुद्धिजीवी मानवको प्रादूर्भाव एक संयोगमात्र हो वा त्यसैका लागि ब्रह्माण्डको रचना भएको हो? ईश्वर के हो? ईश्वर छ कि छैन? छ भने उनको मनमा के छ? के ईश्वरले नै ब्रह्माण्डको सृष्टि गरेका हुन्? हो भने के उनीसँग अरू कुनै विकल्प थियो? के समय सँधै अगाडि बढी रहन्छ? के ब्रह्माण्डको अन्त्य हुँदैछ? के ब्रम्हा48डका सीमा हुन्छन् वा त्यहाँ थप आयाम हुन्छन्? जब ब्रह्माण्डको अन्त्य हुन्छ तब के हुन्छ? आदि धेरै गूढ प्रश्नहरूका बारेमा शास्त्रहरूमा कल्पना र विवेचना पाइन्छ। हाम्रा मनमा जिज्ञासा पनि छन्। अ ब्रिफ हिस्ट्री अफ टाइममा हकिङले यी र यस्तै जटिल, रहस्यमय तथा मानिसमा धेरै समयदेखि जिज्ञासाका रूपमा रहँदै आएका पुराना प्रश्नलाई सर्वसाधारणले बुझ्ने भाषामा व्याख्या गर्ने र तिनको भरपर्दो उत्तर दिने प्रयास गरेका छन्।
    यस पुस्तकमा हकिङले बिग ब्याङ, ब्ल्याक होल स्पेस एन्ड टाइम जस्ता  ब्रह्माण्ड  विज्ञानका थुप्रै चर्चित विषयको पनि सरल भाषामा व्याख्या गरेका छन्। तर यस्ता जटिल वैज्ञानिक विषयवस्तुलाई व्याख्या गर्दा हकिङले पदार्थ र ऊर्जाबीचको सम्बन्ध वर्णन गर्ने आइन्स्टाइनको विश्वविख्यात एउटा समीकरण E = mc2 बाहेक अरू कुनै पनि गणितीय समीकरणको प्रयोग गरेका छैनन्। पुस्तकको यो एउटा विशेषता हो। पुस्तक पढ्दापढ्दै हकिङसँगै हामी ब्रम्हा48डको यात्रा गर्दैगर्दै चमत्कृत हुन्छौँ।
    केही समीक्षकले भनेका छन्, 'हकिङ ग्यालिलियो, न्युटन र आइन्स्टाइनको स्तरका वैज्ञानिक हुन् जसले आफ्नो शारीरिक असशक्तता माथि विजय प्राप्त गरेर  ब्रह्माण्ड  जगतका सुपरनोभा अर्थात् महानायक बन्न सफल भए। आइन्स्टाइनले सामान्य पाठकका लागि  ब्रह्माण्ड विज्ञानबारे कुनै पुस्तक लेख्न चाहेका भए सम्भवतः उनले पनि हकिङको अ ब्रिफ हिस्ट्री अफ् टाइम जस्तै पुस्तक लेख्ने थिए।'
    अ ब्रिफ हिस्टी अफ टाइमलाई समयसापेक्ष बनाउन र आमपाठकका लागि भाषा अझ सरल पार्न हकिङले लिवोनार्ड म्लोडिनोभसँगको सहलेखनमा सन् २११५ अ ब्रिफ हिस्ट्री अफ् टाइम (समयको संक्षिप्ततर इतिहास) प्रकाशित गरे। हकिङले सर्वसाधारणका लागि  ब्रह्माण्ड  विज्ञानसँग सम्बन्धित अरू पनि पुस्तक लेखेका छन्।
हकिङ ब्रम्हा48ड र पृथ्वीमा मानिसको भविष्यबारे चिन्तन173मनन गर्न सदा व्यस्त रहन्छन्। मौसम परिवर्तन, परमाणु हतियार र आनुवंशिक परिवर्तनद्वारा निर्मित जीवाणुलाई पनि मानिसको अस्तित्वका लागि ठूलो खतरा ठान्छन्। कुनै दिन सौर शक्तिको अन्त्य हुने र मानिस पृथ्वीमा बाँच्न नसक्ने अवस्था उत्पन्न हुने भएकोले त्यस्तो स्थिति उत्पन्न हुनुअघि नै मानिसले अर्को ग्रहमा बसाँइ सर्नुपर्ने हकिङ तर्क गर्छन्। मानिसको दिमाग कम्प्युटरजस्तै भएकाले पार्टपुर्जाले काम गर्न छोडेपछि कम्प्युटरजस्तै मानिसको दिमागको अस्तित्व पनि सकिने हकिङको भनाइ छ।
    आफ्नो पछिल्लो पुस्तक 'द ग्राण्ड डिजाइन' मा हकिङले न्यूटनलाई चुनौती दिएका छन्। ईश्वरविना यस्तो सौर्य प्रणालीको निर्माण हुनै नसक्ने न्यूटनको दाबी थियो। तर गुरुत्वाकर्षण शक्तिमार्फत शून्यबाट पनि ब्रह्माण्डको निर्माण हुन सक्ने भएकाले ईश्वर नरहेको हकिङ दाबी गर्छन्। त्यसैगरी, ब्रह्माण्ड कसरी चल्छ भन्ने बुझ्न ईश्वरको मान्यता स्थापित गरिराख्नु नपर्ने हकिङले आफ्नो पुस्तकमा लेखेका छन्। 'द ग्रान्ड डिजाइन' स्टिफन हकिङको सन् १९८८ मा प्रकाशित विश्वचर्चित पुस्तक 'अ ब्रिफ हिस्ट्री अफ टाइम'पछि ब्रह्माण्डको निर्माणबारे लेखिएको दोस्रो महत्वपूर्ण पुस्तक हो। यस पुस्तकमा लेखकद्वयले ब्रह्माण्डसम्बन्धी महत्वपूर्ण केही प्रश्नको जबाफ दिने प्रयास गरेका छन्।
    मानिसको बौद्धिक वि्र्कयाकलाप भौतिक शरीरभन्दा पनि बढी मन र मस्तिष्कबाट निर्देशित हुन्छ। स्वस्थ्य विचार र सिर्जनशील कार्यका लागि स्वस्थ्य शरीरभन्दा पनि स्वस्थ्य मानसिक स्थिति र चेतनाको निर्णायक भूमिका हुन्छ भन्ने हकिङ्को भनाइको आशय हो। मेरा निम्ति यी तीनै व्यक्ति उच्चतम अन्तर्प्रेरणा, चेतना, संवेदना, उत्साह, आत्म र इच्छाशक्तिका प्रतीक हुन्।